REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Sushil Koirala

प्रहरीले नसके सेना छ : सुशील कोइराला कावा सभापति नेपाली कांग्रेस नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइराला आगामी बाह्रौं महाधिवेशनमा पार्टीका तर्फबाट सभापतिमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ। काङ्ग्रेसको संस्थागत विकास, लोकतान्त्रिक मूल्य–मान्यता र अनुशासनमा अडिग इमान्दार, त्यागी र सङ्घर्षशील नेता सुशील कोइरालाले कहिले पनि सत्ताको राजनीति गर्नुभएन। २०४८ सालमा गिरिजाप्रसाद कोइरालाले आफ्नो नेतृत्वको मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्री बन्न आग्रह गर्दा पनि सरकारमा नगई पार्टीलाई सुदृढ बनाउन सक्रिय हुनुभएका उहाँले प्रधानमन्त्री पदको मौका पनि छाड्नुभएको छ। यसपटकको महाधिवेशनमा उहाँको उम्मेदवारी किन? वर्तमान सरकारले ल्याएको बजेट र सरकारको स्थायित्वबारे कोइराला के भन्नुहुन्छ। ऋषि धमलाले गर्नुभएको कुराकानीको मुख्य अंश :
Q.
सरकारको बजेट कस्तो लाग्यो?
A.
यो बजेट पपुलिस्ट छ। नेपालमा जहिले पनि पपुलिस्ष्ट बजेट आउने गरेको छ। बजेट कस्तो भन्दा पनि कार्यान्वयन मुख्य कुरा हो। व्यावहारिक रूपमा कार्यान्वयन गरेर देखाउनुपर्छ।
Q.
बजेट कार्यान्वयनका लागि सरकारलाई के सुझाब छ?
A.
सरकारले बजेट व्यवहारमा उतारोस्। बजेट समयमै आइसकेको छ। हामीले दिएको सुझाबअनुसार गरिबसँग विश्वेश्वर, गणेशमान शान्ति अभियान, महिला जागृति, युवा स्वरोजगार कार्यान्वयनमा आउनुपर्छ।
Q.
सरकारले दिगो रूपमा शान्तिसुरक्षा कसरी कायम गर्ने?
A.
दण्डहीनता रहनुभएन। सरकार कडाइका साथ प्रस्तुत हुनुपर्छ। जनपथ प्रहरी छँदैछ। त्यसले नपुगे सशस्त्र प्रहरी छ। त्यसले पनि पुगेन भने सेना छ।
Q.
सेनालाई पनि सुरक्षाका लागि खटाउने?
A.
शान्तिसुरक्षा त कायम गर्नैपर्यो्। त्यसका लागि राज्यले आवश्यक पर्दा आफ्नो सबै संयन्त्र परिचालन गर्ने कानुनी व्यवस्था छँदैछ। ठूलो कुरा गर्ने, काम केही नगर्ने परिपाटी अन्त्य गर्नुपर्छ।
Q.
शान्तिसुरक्षाका विषयमा प्रधानमन्त्रीसँग कुरा गर्नुभयो?
A.
उहाँसँग यसबारे कुरा हुन्छ। म शान्तिसुरक्षालाई प्राथमिकतामा राखेर काम गर्न भन्छु। शान्तिसुरक्षाका लागि सबै मिल्नुपर्छ।
Q.
माओवादीलाई कसरी सहमतिमा ल्याउनुहुन्छ?
A.
माओवादी पनि राजनीतिक मूलधारमा आउनुपर्छ। उहाँहरूले नागरिक सर्वोच्चताको कुरा गर्नुभएको छ। नागरिकको हकअधिकार खोसेर नागरिक सर्वोच्चताको कुरा गर्ने? नागरिकको घरजग्गा कब्जा गर्ने अनि सर्वोच्चताको कुरा गर्ने? पत्याउने कुरा हो?
Q.
माओवादीले राष्ट्रपतिको कदमलाई असंवैधानिक भनिरहेको छ नि?
A.
त्यो एकदम गलत हो। राष्ट्रपतिले जुन कदम उठाउनुभयो त्यो देश बचाउन उठाउनुभएको हो। उहाँले कदम नउठाउनुभएको भए देश खाडलमा जान्थ्यो। माओवादीले बुझ पचाइरहेको छ। जो चोर उसकै ठूलो स्वर गरिरहेको छ।
Q.
माओवादीले सदनमा देखाएको गतिविधिलाई कसरी लिनुभएको छ?
A.
माओवादीले सदनमा शान्तिपूर्ण गतिविधि गर्नुभएको छ। त्यो लोकतन्त्रमा हुन्छ। उहाँहरूले सदनबाहिर भने गलत गतिविधि गरिरहनुभएको छ। जग्गाजमिन कब्जा गर्नुभएको छ। तत्काल कब्जा जमिन फिर्ता गर्नुपर्छ। वाईसीएलको गतिविधि तत्काल बन्द गर्नुपर्छ। वाईसीएल अहिले पनि हत्याहिंसामा सक्रिय छ। भिन्न दलका नेता तथा कार्यकर्ताको हत्या गर्नेदेखि कुटपिट गर्ने काम गरिरहेको छ। उहाँहरूको यस्तो गतिविधिका कारण विश्वास गर्ने ठाउँ छैन।
Q.
माओवादीले आफ्नो नेतृत्वमा सरकार बनाउने भनिरहेको छ नि?
A.
सरकार बनाउन कसैले रोकेको छैन। सक्छ भने माधवकुमार नेपाललाई हटाएर देखाए हुन्छ। तर सबै कुरा लोकतान्त्रिक प्रक्रियाबाटै हुन्छ। लोकतान्त्रिक प्रक्रिया, नियम, विधिविधानबाहिर कोही जान सक्दैन क्यार। अविश्वास प्रस्ताव ल्याउने र बहुमत पुर्या्एर हटाउने परिपाटी त छँदैछ नि।
Q.
राष्ट्रिय सहमतिको सरकार बन्ला?
A.
वर्तमान सरकार नै राष्ट्रिय सहमतिको बन्छ। माओवादी यही सरकारमा आउनुपर्छ। सबै सहमति, सहकार्य र एकताबाट अगाडि बढ्नुपर्छ। विश्वासको राजनीति गर्नुपर्छ। जबसम्म विश्वास, सहमति, सहकार्य र एकता हुँदैन तबसम्म केही हुँदैन। गिरिजाबाबुले सबैलाई सहमतिमा लिएर जानुभएको थियो। फेरि सहमतिको विकल्प छैन। राष्ट्रपतिलाई दोष दिनुको कुनै तुक छैन। राष्ट्रपतिले के गर्नुभएको छ? पटक–पटक सम्झाउनुभएको थियो, लिखितपत्र पनि पठाउनुभएको थियो। जबर्जस्ती सेनापति हटाउन खोजेपछि संविधानसभाका १८ दलले आपत्ति जनाएकै हुन्। राष्ट्रपतिले दलहरूको आग्रहमा सेनाको परमाधिपतिका हैसियतले ठीक कदम चाल्नुभएको हो।
Q.
राष्ट्रिय सहमतिको सरकार बन्ला?
A.
वर्तमान सरकार नै राष्ट्रिय सहमतिको बन्छ। माओवादी यही सरकारमा आउनुपर्छ। सबै सहमति, सहकार्य र एकताबाट अगाडि बढ्नुपर्छ। विश्वासको राजनीति गर्नुपर्छ। जबसम्म विश्वास, सहमति, सहकार्य र एकता हुँदैन तबसम्म केही हुँदैन। गिरिजाबाबुले सबैलाई सहमतिमा लिएर जानुभएको थियो। फेरि सहमतिको विकल्प छैन। राष्ट्रपतिलाई दोष दिनुको कुनै तुक छैन। राष्ट्रपतिले के गर्नुभएको छ? पटक–पटक सम्झाउनुभएको थियो, लिखितपत्र पनि पठाउनुभएको थियो। जबर्जस्ती सेनापति हटाउन खोजेपछि संविधानसभाका १८ दलले आपत्ति जनाएकै हुन्। राष्ट्रपतिले दलहरूको आग्रहमा सेनाको परमाधिपतिका हैसियतले ठीक कदम चाल्नुभएको हो।
Q.
माओवादीसँग सहमति हुन्छ?
A.
माओवादीसँग सहमति हुन्छ। उहाँहरूले लोकतान्त्रिक आचरण देखाउनुपर्छ। डर देखाउने, धम्क्याउने छाड्नुपर्छ। नेपाली काङ्ग्रेस सहमति, विश्वास, एकता र सहकार्यको राजनीति गर्छ। त्यही आधारमा माओवादी शान्ति–प्रक्रियामा आएको हो।
Q.
काङ्ग्रेसको महाधिवेशन कहिले हुन्छ?
A.
महाधिवेशन तयारीका लागि छलफल अगाडि बढ्दै छ। भदौमा गर्ने भनेको समय पुगेन। कात्तिक मंसिरमा महाधिवेशन हुन्छ। विधान बनाएर, महाधिवेशन तयारी कमिटी बनाउनुपर्छ। युद्धस्तरमा तयारी गरेर अगाडि बढ्नुपर्छ। विभाग गठन गरेर जान्छौँ। अनौपचारिक रूपमा हिजो छलफल भएको छ।
Q.
तपाईं सभापतिको उम्मेदवार हो?
A.
म काङ्ग्रेस सभापतिको उम्मेदवार बन्छु।
Q.
तपाईंको उम्मेदवारी किन?
A.
पार्टीमा रहेको विगतका कमीकमजोरी हटाएर जाने मेरो मूल लक्ष्य हो। पार्टीमा राम्रो संस्कार र प्रणालीको विकास गर्नुपर्छ। मूल्य, मान्यता र अनुशासनको उपेक्षा हँुदै आएको छ। संस्थागत मूल्याङ्कन र अनुशासन हुनुपर्छ। अनुशासन भन्ने कुरा छैन। अनुशासन कायम गर्नुपर्छ। संस्थागत निर्णयबाटै पार्टी सुदृढ भएर जानुपर्छ। गिरिजाबाबु अस्वस्थ हुनुभयो। अब दोस्रो पुस्ता आइसकेको छ। जसअन्तर्गत रामचन्द्र पौडेल संसदीय दलको नेतामा आउनुभयो। सभापतिको चुनावमा पनि दोस्रो पुस्ता नै उम्मेदवार बन्ने पक्का छ। सबैलाई उम्मेदवार बन्ने अधिकार छँदैछ। म विगतका विसङ्गति अन्त्य गर्ने एजेन्डा लिएर जान्छु। म आफैं ६६ वर्ष भइसकेँ। यो उमेरमा आइपुग्दा हाम्रो दशकौंको योगदान छ। अब लोकतान्त्रिक मूल्य–मान्यताका साथ नेतृत्व हस्तान्तरणको प्रणाली विकास गर्छु।
Q.
गिरिजाप्रसाद कोइराला सभापतिको उम्मेदवार बन्नुभयो भने नि?
A.
उहाँले उम्मेदवारी दिन्न भन्नुभएको छ।
Q.
गिरिजाप्रसाद कोइरालाको आगामी भूमिका के हुन्छ?
A.
उहाँले अभिभावकको भूमिका निभाउनुहुन्छ। पार्टी अगाडि बढाउन उहाँको सहयोग, सल्लाह र सुझाब चाहिन्छ। उहाँको अनुभव हाम्रा लागि महत्वपूर्ण रहन्छ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.