REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Kali Baba

हिन्दूराष्ट्र बनाउन नेपाल आएँ : कालीबाबा कालीदास बाबा नेपाल आउनुभएको छ। नेपाली सिद्ध महात्मा श्रीकृष्णानन्द परम्हंस श्री १००८ स्वामी श्री कालीदास बाबाका रूपमा परिचित उहाँ चार वर्षपछि नेपाल आउनुभएको हो। नेपालमा आउँदा तत्कालीन राजा ज्ञानेन्द्रदेखि राजनीतिक दलका शीर्ष नेताहरूको ओइरो लाग्ने गर्दथ्यो। यसपटक विश्व शान्ति रुद्र चण्डी अखण्ड वार्षिक महायज्ञका लागि आउनुभएको हो। पशुपति क्षेत्रको वनकालीमा बसिरहनुभएका उहाँ कट्टर हिन्दूवादी हुनुहुन्छ। उहाँले नेपाल हिन्दू अधिराज्य हुनुपर्छ भन्नुभयो। वनकालीमै पुगेर ऋषि धमलाले बाबासँग गर्नुभएको कुराकानी :
Q.
धर्मनिरपेक्ष राष्ट्र कसरी हिन्दू राष्ट्र हुनसक्छ?
A.
फैसला जनताको हातमा छ। जनताले धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेका होइनन्। निर्वाचनबाट हिन्दू राष्ट्र बनाउने या धर्मनिरपेक्ष बनाउने भन्ने टुङ्गो लगाउनुपर्छ। जनताले फैसला गरे सबैले सम्मान गर्नैपर्छ। संविधानसभाको चुनाव भएको छ। जनताले मत दिएका छन्। अब फैसला जनताबाटै हुनुपर्छ।   ―संविधानसभाबाट के आशा राख्नुभएको छ? – संविधानसभाबाट हिन्दू राष्ट्र लेखिनुपर्छ। नयाँ संविधानमा स्पष्ट हिन्दू अधिराज्य लेखिनुपर्छ। अहिलेको काम चलाऊ संविधान छ। ६०१ जना सभासद्ले धर्मनिरपेक्ष घोषणा गर्नुभयो। ६०१ जनाले गरेको निर्णयलाई हामीले मान्यता दिन सक्दैनौं। ―अब नेपाललाई हिन्दूराष्ट्र बनाउन सकिँदैन भनिन्छ नि? – नेपाल सगरमाथाले चिनिन्छ। सगरमाथा भनेको कैलाश पर्वत हो। कैलाश पर्वत शिवजीको वासस्थान हो। त्यो क्षेत्र कैलाश पर्वतको क्षेत्र हो। त्यसैले छिटोभन्दा छिटो यो क्षेत्रलाई नेपाली जनता, हिन्दू सनातन धर्मावलम्बीले हिन्दू राष्ट्र अवश्य ल्याउनेछन्। ―हिन्दूराष्ट्र घोषणा कसरी हुन्छ? – हिन्दूराष्ट्र घोषणा हुन्छ र हुनैपर्छ। यो पशुपतिको क्षेत्र हो। यहाँ हिन्दूराष्ट्र हुनबाट कसैले छेक्न सक्दैन। ―नेताहरूले तपाईंको कुरा मान्लान्? – जनताले गरेको फैसलालाई कसैले अस्वीकार गर्न सक्दैनन्। गणतन्त्र पनि जनताकै आवाजबाट आयो। ―६०१ जना सभासद्ले हिन्दू अधिराज्य बनाउन मान्लान्? – पक्का हिन्दू अधिराज्य हुन्छ। मलाई शतप्रतिशत विश्वास छ। बरु शतप्रतिशतमा अझै १० बढाइदिनुहोस्। यो देश हिन्दू राष्ट्र बन्छ, बन्छ, बन्छ। ―हिन्दू अधिराज्यबाट धर्मनिरपेक्ष हुनुमा पूर्वराजा ज्ञानेन्द्र शाह कारण हुन्? – राजा र धर्मको बारेमा नजोडौं। ―राजा र धर्मको अन्योन्याश्रित सम्बन्ध थिएन र? – हिन्दू सम्राट भनेर सधंै मानिन्छ। त्यो हिजो, आज र भोलि पनि मानिन्छ। राजालाई विष्णु अवतार भनेर शास्त्रले बताएको छ। राजाको गद्दीमा बसुञ्जेल विष्णुका रूपमा पूजा गरिएको हो। ―एउटा नागरिकलाई कसरी विष्णु अवतार भन्ने? – विष्णु अवतार नभईकन गद्दी पाइँदैन भन्ने शास्त्रमा लेखिएको छ। ―अहिले त राजा नागरिक भएका छन् नि? – अहिले कसैले राजतन्त्र सिध्याइदियो भने अर्को पक्ष हो। तर यो देश हिन्दूराष्ट्र हुनुपर्योह। ―तपाईंले व्याख्या गर्नुभएको हिन्दू राष्ट्रमा राजा रहने कि नरहने? – त्यो जनताले फैसला गर्ने विषय हो। राजा रहने–नरहने जनताको आवाजले बताउँछ। तर, हिन्दूराष्ट्र हुनुपर्योि। ―तपाईंको ज्ञानेन्द्र शाहसँग राम्रो सम्बन्ध छ नि? – सम्बन्ध जो जसको पनि हुनसक्छ। मेरो मात्र होइन अरूको पनि हुनसक्छ। मेरो सम्बन्ध अरूसँग पनि राम्रो हुनसक्छ। यी कुरा र हिन्दूराष्ट्र बेग्लै कुरा हो। ―राजतन्त्र जोगाउनका लागि के सल्लाह दिनुभयो? – म जोगीको हिसाबले जो कसैलाई सल्लाह दिन्छु। कसैले केही सोधे भने धर्मको हिसाबले आफ्नो कुरा भन्छु। ―ज्ञानेन्द्र शाहलाई के सल्लाह दिनुभएको थियो? – मैले राजगद्दी छाड र देऊ भनिनँ। जोगीको हिसाबले कसैले केही बोल्न चाहन्छन् भने अधिकार रहन्छ। अधिकारको हिसाबले सबै बोल्छन्। ―तपाईंको ज्ञानेन्द्र शाहसँग कस्तो सम्बन्ध छ? – म नेपाली नागरिक हुँ। उहाँ पनि नेपाली नागरिक हुनुहुन्छ। नागरिकका नाताले सम्बन्ध सदासर्वदा रहिरहन्छ। ―तपाईंको ज्ञानेन्द्र शाहसँग भेटघाट छ? रण् मेरो भेटघाट छ। नागरिकको हिसाबले अर्को नागरिकसँग भेटघाट नहुने कुरै भएन। मेरो सबैसँग भेटघाट छ। ―ज्ञानेन्द्र शाहसँग के–के कुरा हुन्थ्यो? – उहाँ राजा हुनुहुन्थ्यो। राजाका रूपमा भेट हुन्थ्यो। पशुपतिको दर्शनमा आउने क्रममा उहाँसँग भेट हुन्थ्यो। आज मात्र नभएर तेस्रो पिँढी अगाडिदेखि राजाहरूसँग भेटघाट हुन्थ्यो। म पनि त्यसरी नै भेट्थेँ। ―तपाईंलाई मनपर्ने राजा को? – मेरो महेन्द्र, वीरेन्द्रसँग पनि भेटघाट हुन्थ्यो। जहिलेसम्म गद्दी हुन्छ तबसम्म साधुका लागि गद्दी पूजनीय हुन्छ। मेरा लागि गद्दी पूजनीय भएकाले राजाहरू सबै एकै हुन्। ―कुनचाहिँ राजाले गर्दा राजतन्त्र समाप्त भयो? – परम्पिता परमेश्वरको हात छ। कर्मको फलले पनि त्यस्तो हुन्छ। जति कर्ममा लेखेको हुन्छ त्यति हुन्छ। जति दिन लेखेको थियो त्यति दिन हुनुहुन्थ्यो। त्यति दिन पाउनुभयो। जनताले चाहेनन् छाड्नुभयो। जनताले चाहे भने फेरि आउनुहुन्छ। ―तपाई जनताले फालेको राजसंस्था बहाली गर्न आउनुभएको भनिन्छ नि? – जनताले चाहेमा राजसंस्था फेरि आउन सक्छ। ब्रिटेनमा राजा भगाएका थिए। जापानमा पनि राजा भगाएका थिए। थाइल्यान्डमा पनि भगाएका थिए। जनताले चाहेमा फेरि राखे। पुनर्वहाली हुने सम्भावना छ। ―राजसंस्था कहिलेसम्ममा पुनर्वहाली हुन्छ? – सारा नेपाली जनताको हातमा छ। अढाई करोड जनताले चाहे पुनर्वहाली भइहाल्छ। ―६०१ सभासद् राजसंस्था पक्षमा छैनन् नि? – गणतन्त्र आउँछ भन्ने कसले विश्वास गरेको थियो होला, आइहाल्यो। त्यस्तै राजसंस्था पनि आउन सक्छ। ―यत्रो जनआन्दोलनबाट हटेको राजसंस्था कसरी फर्कन्छ? – आन्दोलन त पहिला पनि नभएको होइन, तर ६२ सालको आन्दोलनले नै किन राजतन्त्र समाप्त गर्योद भन्ने मुख्य विषय हो। राजगद्दी छाडे पनि नागरिकको हिसाबले देश छाड्दिनँ भनेर बसिरहनुभएको छ। देशको माया नलाग्दो हो त छाडेर गइहाल्नुहुन्थ्यो। कति देशका राजा छाडेर गएका थिए। ―ज्ञानेन्द्र शाहलाई अझै राजा हुन्छु भन्ने आशा होला? – आशा कसलाई हुँदैन? विजको कर्तव्य उम्रने हो, नेताको कर्तव्य मन्त्री, प्रधानमन्त्री बन्ने हो। राजाको कर्तव्य राजगद्दी सम्हाल्ने हो। राजा फर्कन–नफर्कन सक्लान्। बट आइ डन्ट नो। ―ज्ञानेन्द्र शाह फेरि राजा हुने सम्भावना छ र? –जनताले चाहेको खण्डमा पुनः राजा हुने सम्भावना छ। ―जनताले ज्ञानेन्द्र शाहलाई किन नचाहेको त? – किन नचाहने। अहिले जताततै आक्रोश अनि तवाह तवाह, हायराम हायराम छ। कहीँ कतै सुरक्षा छैन। म चार वर्षअघि आउँदा के थियो आज के भइरहेको छ। एयरपोर्टबाट पशुपति आउन दुई घन्टा लाग्यो। जताततै जाम छ अनि मुलुक अस्तव्यस्त छ। एकजना नायक भएको भए देश चल्थ्यो। तर, यहाँ बहुजन नायक हुन खोजे। सबैलाई कुर्सीको माया छ, देशको माया कसैलाई छैन। ―ज्ञानेन्द्र शाहलाईचाहिँ देश र मुलुकको माया होला र? – अवश्य होला। कोही राजा हुन्छन् भने देशको माया हुन्छ। गद्दीको मायाका लागि पनि देशको माया छिपेको हुन्छ। ―नेपाल कसका कारण अस्तव्यस्त भएको हो? – देशमा गणतन्त्रले जनतालाई रुवाएको छ। कसैको सुरक्षा छैन। बाहिर निस्केका मान्छे घर फर्केर आउँछन् कि आउँदैनन् जस्तो भइसकेको छ। जनता घुम्सिएका छन्, वाफिएका छन्। कहाँबाट कसरी निस्कनेजस्तो भएको छ। शान्ति दिनका लागि मिडियाको भूमिका हुन्छ। देशलाई शिखरमा पुर्यायउने कि पातालमा भस्याउने मिडियाको हातमा छ। ―संघिय लोकतान्त्रिक गणतन्त्र संस्थागत नयाँ संविधान लेखिँदै छ नि? – ठीक छ लेखियोस्। जनताले एक दिन त अवश्य फैसला दिनेछन्। संविधानसभामा त कसैले आमाको दूध खाएकै होलान्। कोही निस्किएर राजसंस्था बहाली गर्ने प्रक्रिया सुरु होला। २४० वर्षको राजतन्त्र उखेलिएला भन्ने कसले सोचेको थियो र? ―प्रचण्डले त राजतन्त्र अन्त गर्छु भन्नुभएको थियो नि? – उहाँले राजतन्त्र उखेलिएला भन्ने सोच्नुभयो अनि गर्नुभयो। धर्मलाई प्रचण्डले हात लाउनुभयो। धर्मलाई हात लगाउँदा उहाँको प्रधानमन्त्री पदै गयो। ―पशुपति प्रकरणले प्रचण्डको पद गएको हो? – हो। उहाँले पशुपतिमा आक्रमण गर्नुभयो। धर्मलाई निन्दा गरेर हदभन्दा बढी नाघ्न खोज्नुभयो। दुनियाँका सामु जगजाहेर छ कि उहाँले पशुपतिलाई चलाउन खोज्दा पद गयो। ―उहाँले के गर्नुपर्छ? – अझै पनि केही बिग्रिएको छैन। धर्म र परमात्मालाई सम्भि्कए उदय हुनसक्छ। ―बाबाकहाँ नेताहरूले भेटेर के गर्नुहुन्छ? – दर्शन गरेर जानुहुन्छ। शान्तिका साथ नेपाली जनता बाँच्न पाऊन् भन्नुहुन्छ। नेपाली जनता एक मुठी खाएर एक घुट्को पानी पिएर कसरी बाँच्न पाउने भन्नुहुन्छ। कृपा गरिबक्सियोस् भन्नुहुन्छ। ―नेपालमा शान्ति कसरी आउला? – नेपाल हिन्दू मुलुक हुनुपर्यो । धर्म र परमात्माप्रति आस्था राख्नुपर्योन। सत्य, धर्म, संकल्प त्याग र निष्ठाका साथ मर्छु भने देशका लागि मर्छु, बाँच्छु भने देशलाई बचाउँछु भनेमा अवश्य पनि शान्ति आउँछ। ―प्रचण्डलाई के सुझाब दिनुहुन्छ? – म अरूलाई जे दिन्छु उहाँलाई त्यस्तै दिन्छु। ―माओवादीको भविष्य कस्तो छ? – राम्रो काम गरे राम्रै हुन्छ, नराम्रो काम गरे नराम्रै हुन्छ। ―माओवादीका बारे के सुन्नुभएको छ? – उहाँहरूले जनतालाई शान्ति दिनुभएको छैन। ―गिरिजाप्रसाद कोइरालासँग भेट हुन्छ? – विगतमा भएको थियो, अहिले भएको छैन। ―गिरिजाप्रसाद कोइरालाको भविष्य कस्तो छ? – उहाँले देशलाई राम्रो सन्देश दिने बेला आएको छ। अब अभिभावक भएर बस्ने हो। नेतृत्वक्षमता भएकालाई प्रधानमन्त्री बनाउने हो। यो देशलाई परिपक्प राजनेता चाहिएको छ, त्यो गिरिजाप्रसाद कोइरालाले दिनसक्नुपर्छ। ―गिरिजाप्रसाद कोइरालाकी सुपुत्री सुजाता कोइरालाको प्रधानमन्त्री बन्ने योग छ? – मैले उहाँलाई देखेको र भेटेको छैन। त्यसबारे कसरी भन्न सक्छु? ―माधवकुमार नेपालको भविष्य कस्तो छ? – उहाँको इच्छा पहिलेदेखि थियो। भगवान्को कृपाले प्रधानमन्त्री बन्नुभयो। उहाँको योग राम्रो छ। माधवकुमार नेपालसँग मेरो पहिल्यै भेट भइसकेको छ। ―भारतले नेपालमा राजा फाल्नका लागि सघाउ पुर्यारएको हो? – गणतन्त्रात्मक देशले राजा फाल्न सघाउ पुर्यापएको होला। ―नेपालको भविष्य कस्तो देख्नुहुन्छ? – शान्ति र क्रान्ति युवाले ल्याउनेछन्। परमात्माको आश्रय लिएर हिन्दूराज्य बनाउन लागेमा भविष्य उज्ज्वल हुन्छ। ―हिन्दूराज्यको विकल्प देख्नुहुन्न तपाईं? – हो, हिन्दूराज्य हुनुको विकल्प छैन। हिन्दूराज्य नभए भविष्य अन्धकार हुन्छ। अन्धकारको युग आउन नदिन हिन्दूराज्यको पुनर्वहाली हुनैपर्छ। ―हिन्दूराष्ट्र पुनर्वहालीका लागि के होला? – हिन्दूराज्य पुनर्वहाली हुनैपर्छ। त्यसका लागि आन्दोलन हुन्छ। प्रक्रिया जारी छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जागृति भइरहेको छ। ―कसले आन्दोलन गर्छ? – धर्मप्रेमीहरूले आन्दोलन गर्नेछन्। ―नेपाल धर्मनिरपेक्ष रहन्न? – न नेपाल धर्मनिरपेक्ष थियो न हुन्छ नै। ―नेपालमा के भइरहेछ? – नेपालमा आगो बलेको छ। आगोमा पानी हाल्नुपर्योद।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.