REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Matrika Yadav

प्रचण्डले क्रान्तिको नेतृत्व गर्नसक्नुहुन्न पुनःगठित नेकपा माओवादीका संयोजक मातृका यादव नयाँ जनवादी क्रान्तिको तयारीमा हुनुहुन्छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको कट्टर आलोचक बन्नुभएका उहाँ विगतमा प्रचण्डको निकट मानिनुहुन्थ्यो । दुइ पटक मन्त्री भएर चर्चा र विवादमा पर्नुभएका उहाँले सरकार छाडेर माओवादीभित्रै व्रि्रोह गरी नयाँ धारको नेतृत्व गर्नुभएको छ । परिआए सशस्त्र जनयुद्ध गर्नेसम्मको कार्यनीति लिएर अगाडि बढ्नुभएका यादवसँग रिपोर्र्टर्स नेपाल डट कमका लागि ऋषि धमलाले गर्नुभएको कुराकानीको प्रमुख अंशः
Q.
पुनःगठित नेकपा माओवादीको राष्ट्रिय भेलाको मुख्य उद्ये्रश्य के हो ?
A.
राष्ट्रिय भेलाले केन्द्रीय तदर्थ समिनि बनाउने र राजनीतिक प्रतिवेदन पारित गर्ने उद्देश्य राखेको हो । प्रतिवेदन लागू गर्न नेतृत्व निर्माण गर्ने थियो त्यो पूरा भयो ।
Q.
माओवादी कसरी अगाडि बढ्छ ?
A.
माओवादी क्रान्तिकारी ढंगले संगठित र सशक्त रुपमा अगाडि बढ्छ । मुख्य माओवादी पार्टर्ीींशोधनवादी भयो । अब हामीले क्रान्तिकारी पार्टी निर्माणको उद्देश्य राखेका छौं । संशोधनवादविरुद्ध क्रान्तिलाई निरन्तरता दिन्छौं । हिजो कमरेड प्रचण्डले भन्नुभएको क्रान्तिकारी पार्टर्ीीनेजस्तो हुन्छ । मार्क्स र लेलिनका भनाईहरु भनेर हामीलाई सिकाउनुहुन्थ्यो । हामी त्यही क्रान्तिकारी पार्टर्ीीनर्माणमा छौं ।
Q.
तपाईं र प्रचण्डको पार्टीमा फरक के ?
A.
उहाँ मास बेसको पार्टर्ीीनाउदैहुनुहुन्छ । हाम्रो पार्टी क्यार्र्डर्स वेस पार्टी बन्छ । क्रान्तिको नेतृत्व हामी गछौं । प्रचण्डले संशोधनवादीको नेतृत्व गर्नुहुन्छ । अहिले कमरेड प्रचण्ड परिवर्तन हुनुभएको छ । उहाँको पार्टर्ीी क्रान्ति छाडेको छ । हाम्रो पार्टी क्रान्तिकारीहरुको पार्टी हो । यसले क्रान्तिलाई मुख्य लक्ष्य बनाएर अगाडि बढ्छ ।
Q.
प्रचण्डले किन क्रान्तिको नेतृत्व लिन सक्नुहुन्न ?
A.
हिजो उहाँ आफै क्रान्तिको कुरा गर्नुहुन्थ्यो । आज उहाँले बाटो बिराउनुभएको छ । क्रान्तिको बाटो बिराउनले क्रान्तिको नेतृत्व गर्न सक्दैन ।
Q.
प्रचण्डले त आफूलाई सबैभन्दा क्रान्तिकारी भन्नुभएको छ नि ?
A.
सँसारको सबैभन्दा प्रतिक्रियावादी पार्टर्ीी पनि आफूलाई क्रान्तिकारी पार्टर्ीीन्छ । प्रचण्ड कमरेडले भन्नु कुनै ठूलो कुरा होइन । गिरिजाप्रसाद कोइरालाले पनि आफूलाई क्रान्तिकारी भन्नुहुन्छ । राजालाई कांधमा बोक्ने, दाम चढाउनेहरुले त आफूलाई क्रान्तिकारी भन्छन् भने १० वर्षजनयुद्ध गर्ने दलको नेताले आफूलाई क्रान्तिकारी भन्नु ठूलो कुरा होइन ।
Q.
प्रचण्डसंग कुराकानी हुन्छ ?
A.
अहँ कुरा हुन्न । उहाँले कुराकानीको आवश्यकता ठान्नुभएको छैन । अस्ति विरामी पर्दा अस्पताल जान लागेको थिएँ । उहाँ डिस्चार्ज भएर हिडिसक्नुभएको रहेछ । भेटको संयोग मिलेको छैन । मैंले पनि चासो लिएको छैन । मैंले पनि भेट्ने आवश्यकता ठानेको छैन ।
Q.
तपाईं प्रचण्डको पछि लाग्नुहुन्न ?
A.
म प्रचण्डको भन्दा पनि क्रान्तिको पछि लागेको हो । प्रचण्डको पछि चाहिं थिएँ तर पुष्पकमल दाहालको पछि थिइनँ ।
Q.
प्रचण्ड पुष्पकमल दाहाल हुनुभएको हो ?
A.
हो । प्रचण्ड हुँदा उहाँ क्रान्तिकारी हुनुहुन्थ्यो । आज पुष्पकमल दाहाल हुनुहुन्छ । उहाँले क्रान्तिको बाटो छाड्नुभयो । म उहाँको पक्षमा छैन ।
Q.
क्रान्तिको बाटो किन छाड्नुभयो ?
A.
उहाँ थाक्नुभएको छ । लड्दा लड्दा थाकेपछि यस्तै हो नसकिने भयो भन्ने पर्‍यो होला । गोलचक्कर काट्न थाल्नुभएको छ ।
Q.
प्रचण्ड प्रधानमन्त्री पद किन छाड्नुभयो ?
A.
उहां शुरुमा प्रभुहरुको सेवा गर्न जानुभयो । पछि प्रभुहरुले विश्वास गरेनन् ।
Q.
किन जानुभयो ?
A.
कर्ुर्सर्ीी धेरै समय बस्न पाइन्छ भनेर प्रभुहरुको सेवा गर्न जानुभएको हो । प्रभुहरुले राम्ररी विश्वास गर्दिएन ।
Q.
फेरि विश्वास गर्लान् ?
A.
त्यही प्रवृत्तिमा लागेमा किन नगर्ने । गर्लान् नि ।
Q.
कहिले विश्वास गर्लान् ?
A.
प्रचण्ड पूरै लम्पसार परेमा विश्वास गर्नेछन् । अलिहेसम्म उहाँ पूरै लम्पसार पर्नुभएको छैन । एकपटक विश्वास गरेनन्, पूरै लम्पसार परेपछि विश्वास गर्नुहोला ।
Q.
त्यस्तो गर्नुहोला ?
A.
अब फेरि पूरै लम्पसार पर्नुहुन्छ । प्रचण्ड कमरेड पदको भोको हुनुहुन्छ । दुनियाँले उहाँको भोक देखिसकेको छ ।
Q.
तपाईं सशस्त्र जनयुद्धमा लाग्नुहुन्छ?
A.
कस्तो रणनीति लिने भन्ने सरकारको रवैयामाथि भर पर्छ । सरकारले जसरी दमन गर्छ हामी त्यसरीनै प्रतिरोध गर्र्छौं । सरकारको रणनीतिको प्रतिरोधमा आउछौं ।
Q.
तपाईंको कार्यनीति कस्तेा हुन्छ ?
A.
हामी आन्दोलन गर्र्छौं । जनताको आवाज बुलन्द गछौं । जसले जसरी प्रतिरोध गर्न आउँछ हामी त्यसरी प्रस्तुत हुन्छौं ।
Q.
कसरी जानुहुन्छ ?
A.
जनआन्दोलनमा जनताको विश्वास र सहिदहरुको सपना पूरा भएन । त्यसलाई पूरा गर्न हामी आन्दोलनमा उत्रन्छौं ।
Q.
तपाईं भूमिगत हुनुहुन्छ ?
A.
हामी अहिलेनै भूमिगतमा जादैनौं । आवश्यक परे पछि पर्दैनौं ।
Q.
भूमिगत हुनुपर्ने अवस्था देख्नुहुन्छ ?
A.
त्यो अवस्था पनि आउनसक्छ । त्यसका लागि पनि तयार छौं । जनताले भनेपछि भूमिगत हुन्छौं ।
Q.
एकीकृत नेकपा माओवादी तपाईंहरुविरुद्ध लाग्नुभएको हो ?
A.
त्यो स्वाभाविक हो । एकीकृत माओवादीको वैचारिक विचलनको पराकाष्ट हो । हाम्राविरुद्ध लाग्नु ठूलो कुरा होइन । सरकार लागेको छ, जनविरोधी तत्व लागेका छन् । प्रशासन सिंगै लागेको छ । हाम्रो कार्यकर्तालाई धम्क्याउने फसाउने गरिरहेका छन् ।
Q.
जनसेनाले कस्को निर्देशन मान्लान् ?
A.
मैंले निर्देशन गर्ने होइन । क्रान्तिको पक्षमा आउन आव्हान गरेको छु । क्रान्तिकारी साथीहरु लडेर आउनुभएको छ । व्रि्रोह गरेर आउने क्रम पनि जारी छ । आउनुभएको छ । कम्युनिष्ट पार्टर्ीी निर्देशनको चलन हुदैन । त्यो त प्रतिक्रियावादीहरुको काम हो । हामी त आग्रह गर्ने हो ।
Q.
अधिकांश जनसेना तपाईंको पक्षमा आउछन् ?
A.
हाम्रो पक्षमा आइरहनुभएको छ । कमरेड शिशिरको नेतृत्वमा ५० जनाले व्रि्रोह गरेर आउनुभएको छ । अरु पनि आउने क्रम जारी छ । छिट्टै जनसेनाको ठूलो हिस्सा पुनःगठित माओवादीमा प्रवेश गर्नुहुन्छ । इच्छा भएमा आउने हो हामीले आव्हान गर्ने हो । क्रान्तिकारीहरु सबै हाम्रो पार्टीमा आउनुको विकल्प छैन ।
Q.
जनसेना सबै तपाईंको साथमा आउछन् ?
A.
क्रान्ति र मुक्ति चाहनेहरु र हामीप्रति विश्वास गर्नेहरु पुनःगठित नेकपा माओवादीमा आउँछन् ।
Q.
माओवादी पार्टीबाट को को आउँछन ?
A.
एकीकृत माओवादीबाट नै त आउदैहुनुहुन्छ । साथीहरु अरुपनि आउदैहुनुहुन्छ । जति विचारमा कन्भिसन गर्दै जान्छौं, संघर्षमा होमिदै र नेतृत्व गर्दै जानुहुन्छ साथीहरु त्यति त्यति प्रष्ट हुदै आउनुहुन्छ ।
Q.
प्रचण्डले के गर्नुहुन्छ ?
A.
प्रचण्ड कमरेडले महिनौंसम्म केन्द्रीय बैठक गर्नसक्नुहुन्न । एकथरी महाधिवेशन सम्म तान्ने, अर्कोथरी वामपन्थी राष्ट्रवादीको संयुक्त सरकार बन्छ भनेर अलमलाइरहनुभएको छ । प्रचण्ड कमरेड गिरिजाबाबुको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने अनि उहाँलाइनै महान नेता बनाएर आफू उत्तराधिकारी बन्ने तयारीमा हुनुहुन्छ । गिरिजाबाबुले भन्नुभएको छ कि म बूढो भएँ तपाईंहरु चलाउनुहोला । राजनीतिक संयन्त्रमा बसेर प्रचण्डले आफूलाई गिरिजाबाबुको उत्तराधिकारी बनाउदैहुनुहुन्छ । गिरिजाबाबुको उत्तराधिकारी पुष्पकलम दाहाल बन्दैहुनुहुन्छ ।
Q.
प्रचण्डलाई ठाउँ दिनुहुन्छ ?
A.
उहाँ आउनुहुन्न । क्रान्तिमा समर्पित भएर प्रचण्ड भएर आएका त नेता बन्नुहुन्छ । उहाँले सत्ताको के के सपना देख्नुभएको छ क्रान्तिमा किन आउनुहुन्छ ।
Q.
एकीकृत माओवादी कस्तो पार्टर्ीीन्छ ?
A.
यही प्रक्रियामा गएमा क्रान्तिविरोधी पार्टी बन्छ अनि संशोधनवादी पार्टर्ीीन्छ । अझै रुपान्तरणको समय छ ।
Q.
जनव्रि्रोह कहिले देखि शुरु गर्नुहुन्छ ?
A.
जनतालाई जुटाउँदै सचेत र सजग बनाएर जान्छौं । जनव्रि्रोहको प्रकृति आफै सृजना हुन्छ ।
Q.
क्रान्ति कहिले हुन्छ ?
A.
क्रान्ति छिट्टै हुन्छ । त्यो पूरा गर्ने अभियानमा लागेका छौं । नेपालमा क्रान्ति आवश्यक छ । नेतृत्वहरु गद्दार भइदिए ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.