REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Jhalanath Khanal

माओवादी नेतृत्वको सरकार असम्भव : झलनाथ खनाल अध्यक्ष नेकपा एमाले नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल राष्ट्रिय सहमतिको सरकारको पक्षमा उभिनुभएको छ। सत्ताको नेतृत्व गरेको पार्टीका शीर्ष नेता खनाल एकीकृत नेकपा माओवादीसहितको राष्ट्रिय सहमतिको सरकारको पक्षमा हुनुहुन्छ। बौद्धिक, जुझारू र क्रान्तिकारी मानिने नेता खनालसँग ऋषि धमलाले गर्नुभएको कुराकानीः
Q.
माओवादीले सडक र सदनबाट सङ्घर्ष गर्ने भनेको छ नि?
A.
माओवादीले सङ्घर्षको कुरा गरेर घुर्की लगाएको हो। यो धम्कीको भाषा हो, केही हुनेवाला छैन। धम्की र घुर्कीबाट कोही डराउनेवाला छैन। अहिले सडक र सदनको सङ्घर्ष गर्नुपर्ने कुनै आवश्यकता छैन।
Q.
तपाईंहरूले माओवादीसँग गरेको सहमति कार्यान्वयन गर्नुभएको छैन रे हो?
A.
माओवादीसँग जे सहमति भएको छ त्यसलाई कार्यान्वयन गराउन हामी प्रतिबद्ध छौँ। तर, माओवादीले आफूलाई सुधार्नुपर्छ। उनीहरूको व्यवहार अझै उद्दण्ड छ। हत्या, हिंसा र आतङ्कमा लागेका छन्। वाईसीएलले अझै आफ्नो व्यवहार सुधारेको छैन।
Q.
माओवादीको सङ्घर्षलाई सामना गर्न सक्नुहुन्छ?
A.
अहिले आन्दोलन गर्ने बेला होइन। लोकतान्त्रिक संविधान लेख्ने र शान्ति–प्रक्रिया निष्कर्षमा पुर्या्उने समय हो। माओवादीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिनुपर्छ। सहमति र सहकार्यमा आउनैपर्छ। अहिलेको अवस्थामा सहमतिको विकल्प छैन। माओवादीले पनि आफूलाई लचिलो बनाउनैपर्छ।
Q.
माओवादीलाई सहमतिमा ल्याउन के गरिरहनुभएको छ?
A.
माओवादी अध्यक्ष प्रचण्डलाई पनि सहमतिका साथ अगाडि बढौँ भन्दै आएको छु। यही सरकारमा सहभागी हुन भनेको छु। यही सरकारलाई राष्ट्रिय सरकार बनाउन आग्रह गरेको छु। राष्ट्रिय सहमतिको सरकारले मात्र देशको समस्या समाधान गर्न सक्छ। त्यसका लागि माओवादीले आफ्नो हठ त्याग्नुपर्छ।
Q.
माओवादीले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने भनेको छ नि?
A.
त्यो असम्भव छ। माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नै सक्दैन। एमालेकै नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ। एमालेको नेतृत्वमा बाहेक कसैको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नसक्ने अवस्था छैन।
Q.
माओवादी समर्थनमा तपाईं प्रधानमन्त्री बन्दै हुनुहुन्छ रे नि?
A.
मलाई सबैभन्दा पहिला काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएको हो। त्यसपछि अरूहरूले पनि यस्तो प्रस्ताव ल्याएका हुन्। ज–जसले जुन बेलामा प्रस्ताव ल्याए मैले प्रधानमन्त्री बन्न चाहिनँ। म प्रमुख पार्टीहरूको एकता र सहमतिको पक्षधर हुँ। विभिन्न ढङ्गले ती शक्तिहरूलाई खण्डित गर्न विभिन्न अफर गर्ने र महत्वाकाङ्क्षा जगाउने काम भइरहेको छ। अहिले मलाई प्रधानमन्त्री बन्न हतार छैन। म प्रधानमन्त्री बन्नका लागि कुनै सम्झौता पनि गर्दिनँ। अहिले माधव नेपालको नेतृत्वमा बनेको सरकारलाई सहयोग र समर्थन गरेर राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ।
Q.
माओवादी यही सरकारमा आउँछ भन्ने केही आधार छन्?
A.
माओवादीले अहिले सङ्घर्ष होइन संविधान निर्माण र राज्य पुनर्संरचना गर्नका लागि पनि काङ्ग्रेस, एमाले र माओवादीबीच भएको सहमति र समझदारी पूरा गराउनका लागि पनि यही सरकारमा आउनुपर्छ। तीनवटा प्रमुख पार्टीबीचको ऐतिहासिक एकता समयको आवश्यकता हो।
Q.
माओवादीले यो सरकारलाई कठपुतली भन्दै ढाल्ने घोषणा गरेको छ नि?
A.
आफ्नो चरित्र जस्तो छ अरूलाई माओवादीले त्यस्तै टिप्पणी गर्न खोज्छन्। आकाशतिर फर्केर थुकेमा आफ्नै मुखमा पर्छ भन्ने माओवादीले जानकारीमा राखे हुन्छ। माओवादीभित्र अझै उग्रवामपन्थी चिन्तनहरू छन्। उनीहरूले त्यसलाई सुधार्नैपर्छ। अहिले म कसैलाई आरोप–प्रत्यारोप गर्नभन्दा पनि माओवादीलाई विनम्र अनुरोध गर्न चाहन्छु कि राष्ट्रिय सहमति निर्माण गरौँ, यही सरकारमा सहभागी होऔँ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थनप्राप्त सरकारकै नेतृत्वमा संविधान बनाऔँ।
Q.
तपाईं माओवादीसँग नजिक हुनुहुन्छ रे नि?
A.
म कसैको नजिक र टाढा होइन, राष्ट्रिय सहमतिको पक्षधर हुँ। एमालेको प्रस्ट मिसन छ कि नयाँ संविधान बनाउने, शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुर्यारएर सबै दललाई मिलाएर एकता र सहमति बनाउने र मुलुकलाई नेतृत्व दिने। एमाले सबैको छहारी हो। एमालेले मात्र सबैको विश्वास आर्जन गरेको छ र सबैको सहयोग लिनसक्छ।
Q.
माधव नेपाललाई ढाल्न तपाईं भित्रभित्रै लाग्नुभएको त होइन?
A.
होइन। त्यो असम्भव हो। मेरो ध्यान सरकार ढाल्नेतिर केन्द्रित छैन। यो सरकारलाई सफल बनाउनेतिर मेरो ध्यान केन्द्रित छ। भन्नेहरूले जे पनि भन्लान्। अब राष्ट्रिय सरकार नबनाई मुलुकले निकास पाउँदैन।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.