REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Sitaram Yechuri

माओवादी 'यही' सरकारमा जानु राम्रो : येंचुरी भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादका पोलिटब्युरो सदस्य सीताराम येंचुरी नेपालको लोकतान्त्रिक आन्दोलनका सहयोगी हुनुहुन्छ। बारम्बार नेपाल आइरहने उहाँको नेपालका नेताहरूसँग प्रगाढ सम्बन्ध छ। येंचुरी भारतमा प्रस्ट वक्ताका रूपमा परिचित हुनुहुन्छ। केही समयपछि नेपाल आउने तयारीमा रहनुभएका येंचुरीसँग नयाँदिल्लीमा ऋषि धमलाले गर्नुभएको कुराकानी
Q.
माधवकुमार नेपालको सरकारलाई कसरी लिनुभएको छ?
A.
माधवकुमार नेपालजीको शान्तिप्रक्रियामा महत्वपूर्ण भूमिका छ। उहाँको नेतृत्वमा बनेको सरकारले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्यााउनेमा हामी विश्वस्त छौँ। म माधवकुमार नेपालको सरकारको सफलताको कामना गर्छु। व्यक्तिगत रूपमा उहाँ मेरो परम् मित्र हुनुहुन्छ। उहाँको लामो राजनीतिक अनुभव शान्तिप्रक्रियामा महत्वपूर्ण सावित हुनसक्छ।
Q.
माधव नेपाल नेतृत्वको सरकारलाई तपाईंको कस्तो सहयोग हुन्छ?
A.
नेपाली जनताको चाहनाबमोजिम बन्ने सरकारलाई भारतको सधंै सहयोग रहन्छ। माधवजीको नेतृत्वको सरकार नेपाली जनताको चाहनाअनुसार निर्वाचित हो भन्ने हाम्रो बुझाइ छ। सरकारले सबैलाई मिलाएर लान सकोस् भन्ने शुभेच्छा छ।
Q.
माओवादीले सरकारविरोधी आन्दोलन चलाएका छन् नि?
A.
त्यो उहाँहरूको अधिकारको विषय हो। हामी सबै मिलेर जाने सुझाब दिन्छौँ। शान्तिप्रक्रिया अझै तार्किक निष्कर्षमा पुगेको छैन। त्यसैले सहमतिको आवश्यकता छ। आन्दोलन नहुने वातावरण बनाउन हामी सबै दललाई आग्रह गर्छौं।
Q.
माओवादीले त आन्दोलनबाट पछि हट्दिनँ भनेको छ नि?
A.
दिगो शान्ति स्थापनाका लागि सहमतिको विकल्प छैन। सबै दलले सहमतिको बिन्दु तय गर्नुपर्छ। विगतमा पनि स–साना तिक्तता थिए। तर, नेपालका दल, नेता र जनताको सुझबुझले सबै किसिमका तिक्तता अन्त भएको थियो। शान्तिप्रक्रिया र विकासमा एउटा दलले मात्र केही गर्न सक्दैन। सबै मिलेर जाँदा अति उत्तम हुन्छ।
Q.
दलहरूबीच एकता होला त?
A.
 नेपालका दलहरूबीच एकता हुन्छ। विगतमा पनि एक भएर आन्दोलन सफल गरेका थिए। हामीलाई आशा छ कि छिट्टै सहमति बन्छ। नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण हुन लागेको सुनेको छु। त्यसले सहमतिको बिन्दु पहिल्याउनेमा हामी विश्वस्त छौँ।
Q.
माओवादीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने भनेको छ नि?
A.
राष्ट्रिय सहमतिको सरकार बनाउनु राम्रो हो। त्यसको टुङ्गो नेपाली जनताले लगाउने हो। हामी सबै दल मिलेर जाऊन् भन्ने चाहन्छौँ। माओवादी पनि माधवकुमार नेपालको नेतृत्वको सरकारमा जाँदा राम्रो हुन्छ। राष्ट्रिय सहमतिको सरकार अहिलेको सरकारलाई बनाउँदा उपयुक्त हुनसक्छ।
Q.
शान्तिप्रक्रियामा भारतको के–कस्तो सहयोग रहन्छ?
A.
भारत सधैं नेपालको हित चाहन्छ। शान्तिप्रक्रियामा नेपालले मागेको सहयोग गर्न तयार छ। नेपालमा शान्ति स्थापना भएमा भारतमा पनि त्यसको सकारात्मक प्रभाव पर्छ।
Q.
तपाईं कहिले नेपाल जानुहुन्छ?
A.
म छिट्टै नेपाल जान्छु। प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणपछि म नेपाल जान्छु। गिरिजाप्रसाद कोइराला, प्रचण्डलगायतका नेताहरूसँग कुराकानी गर्छु।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.