REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Lal Krishan Advani

भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणी नेपालको राजनीतिबारे निकै जानकार हुनुहुन्छ । विपक्षी दलका नेता समेत रहनुभएका आडवाणी बौद्धिक र राजनीतिक चिन्तकका रुपमा पनि लिइनुहुन्छ । सादा जीवन उच्च विचारका धनी आडवाणी भारतीय जनताबीच अत्यन्त लोकपि्रय हुनुहुन्छ । प्रधानमन्त्री माधवकुमार नेपालको पांच दिने भारत भ्रमणको पूर्व सन्ध्यामा घटना र विचारका लागि पत्रकार ऋषि धमलाले नयां दिल्लीमा गर्नुभएको कुराकानी ।
Q.
प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणलाई कसरी लिनुभएको छ ?
A.
भारत नेपाल सम्बन्ध बहुआयामिक छ । धार्मिक सामाजिक र जनस्तरमा पनि सुमधुर सम्बन्ध छ । नेपालका प्रधानमन्त्री भारतमा आउनुभएकोमा हामी निकै खुशी छौं । उहांसंग भारतीय जनता पार्टीको पनि राम्रो सम्बन्ध छ । उहांको भ्रमणलाई भारतले उत्सुकताका साथ हेरेको छ । उहांको भ्रमण सफल हुनेमा शुभकामना छ ।
Q.
यो भ्रमणबाट नेपाल भारत सम्बन्धमा के होला ?
A.
यो उहांको सद्भाव भ्रमण हो जस्तो लाग्छ । नेपालमा नयां सरकार बनेको छ । नयां सरकारको नेतृत्व गरेर उहां भारत आउनुभएको छ । दुई देशबीच देखिएका केही समस्या समाधान गर्न भ्रमणले मद्यत पुर् याउंछ । भ्रमणलाई सम्बन्ध विस्तारका रुपमा र आपसी तिक्तता अन्त्य गर्ने अवसरका रुपमा हेरेका छौं । यो भ्रमणले दुई देशको सम्बन्धमा नयां आयाम थपिनेछ । प्रधानमन्त्री माधवकुमार नेपाल आउनुभन्दा पहिले परराष्ट्रमन्त्री सुजाता कोइराला पनि आउनुभएको थियो ।
Q.
सुजाता कोइरालासंग के कुराकानी भयो ?
A.
उहांसंग अत्यन्त राम्रो कुराकानी भयो । दुई देशबीचको सम्बन्ध नेपालको पछिल्लो राजनीतिक घटनाक्रम नयां संविधान निर्माण सरकारले विकास र शान्तिका लागि चालेको कदमका बारेमा खुलेर कुरा भयो ।
Q.
नेपालको शान्ति प्रकि्रया निष्कर्ष पुर् याउन भारतको के सहयोग हुनसक्छ ?
A.
भारत जहिले पनि नेपाललाई सक्दो सहयोग गर्न चाहन्छ । नेपाली जनताप्रति हाम्रो सधै सद्भाव र सम्मान छ । त्यसैले शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुग्नुपर्छ । नेपाललाई मात्र नभई भारतको पनि हित हुन्छ । शान्ति प्रकि्रयामा के के सहयोग चाहिन्छ भनेर नेपाल सरकारले खुलेर विषय उठान गर्नुपर्छ ।
Q.
नेपालको शान्ति प्रकि्रया निष्कर्षमा पुग्ला ?
A.
शान्तिको विकल्प छैन । नेपालीहरुमाझको सद्भाव र शान्ति कायम हुनेमा हामी विश्वस्त छौं । नेपालमा शान्ति स्थापना भएका िसंगो दक्षिण एशियामा नयां सन्देश जानेछ । राजनीतिक दलका नेताहरु आपसी सहमति गरेर अगाडि बढ्नेमा हामी विश्वस्त छौं ।
Q.
नेपालमा नयां संविधान कस्तो बन्नुपर्छ ?
A.
नेपालमा कस्तो संविधान बन्ने भन्ने निर्णय नेपालीहरु आफैले गर्ने निर्णय गर्ने हो । नेपालीहरु कस्तो संविधान बनाउने भन्नेमा आफै सक्षम छन् । नेपालीहरुले धेरै काम गरेर विश्वलाई उदाहरण दिएका छन् । उत्कृष्ट र लोकतान्त्रिक संविधान निर्माण गरेर नयां नेपाल निर्माणको महान अभियानमा सफल हुनेछन् भन्ने मेरो शुभेच्छा छ ।
Q.
माओवादी गतिविधिलाई कसरी हेर्नुभएको छ ?
A.
माओवादीहरुले आफूलाई सुधार्नुपर्छ । प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक व्यवस्थालाई उपयोग गर्ने होइन त्यसप्रति प्रतिवद्ध हुनुपर्छ । बोलीमा होइन व्यवहारमा उतारेर देखाउनुपर्छ । अबको विश्व भनेको बहुलवादी र खुल्ला समाज छ । एकदलीय कम्युनिष्ट वा अरु प्रणाली टिक्न सक्दैन । हामीले माओवादीहरुलाई समय र परिस्थितिलाई सही रुपमा विश्लेष्ण गरेर सहमति कायम गरेर जादा उपयुक्त हुन्छ भनेका छौं ।
Q.
माओवादीले आफ्नो नेतृत्वमा राष्ट्रिय संयुक्त सरकारको परिकल्पना गरेका छन् नि ?
A.
नेपालमा कसले सरकारको नेतृत्व गर्ने भन्ने दलहरुले निर्णय गर्ने हो ।  हामी भन्छौं कि अहिलेको स्थितिमा गठबन्धनलाई बलियो बनाउनुपर्छ । यसमा माओवादीहरुले आफूलाई सहभागी गरेर सहमतिको राजनीति गरेर सांच्चै लोकतन्त्रप्रति प्रतिवद्ध छ भन्ने देखाएर विश्वलाई विश्वासमा लिनुपर्छ । माओवादी प्रतिको शंका मेट्नुपर्छ । माओवादीको भारतप्रतिको दृष्टिकोण स्पष्ट छैन ।
Q.
माओवादीसंग सम्बन्ध सुधार्नुहुन्न ?
A.
भारतीय जनता पार्टी माओवादीहरुप्रति स्पष्ट छ । माओवादीले आफूलाई परिवर्तन गरुन् । पहिले पनि प्रचण्डलाई प्रधानमन्त्री भएर आउदा भेटेकै हुं । उनीहरुसंग हामी सम्बन्धलाई अगाडि बढाउन सक्छौं तर कसरी बढ्ने भन्ने उनीहरुकै हातमा निर्भर छ । माओवादीले लोकतन्त्रप्रतिको निष्ठालाई व्यवहारमा देखाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
Q.
नेपाल कहिले आउनुहुन्छ ?
A.
मलाई नेपाल आउने सार् है इच्छा छ । कुनै बेला नेपाल आउने सोचमा छु । नेपालका धेरै शुभचिन्तकहरुले भ्रमणको आग्रह र निम्तो दिनुभएको छ । अवश्यपनि कुनैबेला नेपाल आउनेछु । 
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.