REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Bijaya Kumar Gachhedar

मधेशी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकका केन्द्रीय अध्यक्ष विजयकुमार गच्छेदार माधव कुमार नेपालको नेतृत्वमा बनेको गठबन्धन सरकारको सुत्रधार मानिनुहुन्छ । उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माण मन्त्री गच्छेदार नेपाली राजनीतिका कुशल खेलाडी समेत हुनुहुन्छ । इमान्दार कर्मठ र क्षमतावान नेता गच्छेदार लोकतान्त्रिक गठबन्धनका पक्षधर मानिनुहुन्छ । उपराष्ट्रपति प्रकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका गच्छेदारसंग रिपोर्टस्र नेपाल डट कमका लागि ऋषि धमलाले गर्नुभएको कुराकानीको महत्वपूर्ण अंश ।
Q.
उपराष्ट्रपतिले शपथ पनि खानुभएन राजीनामा पनि दिनुभएन समस्याको समाधान कसरी हुन्छ ?
A.
उपराष्ट्रपति परमानन्द झाको प्रकरणको समाधानका उपायको बारेमा हामीले धेरै गम्भिर छलफल गर्यौ । त्यसका लागि मधेशवादी दलहरु खसगरी हामी सत्तामा रहेका तिन प्रमुख दलहरुले संविधान संशोधन गरी मातृभाषामा सपथ ग्रहण गर्न पाउनुपर्ने प्रावधान राख्नका लागि हामी एकढिक्का भएका छौं । सरकारले पनि त्यहि अनुसार संविधान संशोधनको सातौं संशोधन विधेयक संसदमा दर्ता गराईसकेको छ । संसद सुचारु भएर संविधान संशोधन हुने वित्तिकै समस्याको समाधान हुन्छ । यसलाई हामी दलहरुको सहमतीमा नै टुंग्याउनुपर्छ भन्ने पक्षमा छौं ।
Q.
अव उपराष्ट्रपतिको भूमिका के हुन्छ ?
A.
यो मुद्यालाई द्धन्द्ध सिर्जना गर्नेतिर नभई समाधान गर्नेतिर जानुपर्छ । त्यसैले हामी मधेशवादी दलहरु संविधान संशोधन गरी समस्याको समाधान खोज्नेतिर लागेका छौं । अहिले उहांको भूमिकाको बारेमा म कुरा गरेर यसलाई  आगोमा घिउ थप्नेतिर होइन भाषा विवादको कुरालाई दिर्घकालिन समाधानको पक्षमा छु । अब छिट्टै यसको समाधन हुन्छ ।
Q.
सर्वाच्चको निर्णय नमानेर र सपथ नलिएर उपराष्ट्रपतिले गल्ती गरे भन्नेहरु पनि छन् नी ?
A.
अहिले म कसले कसरी कहां गल्ती गर् यो भन्नेतिर जान चाहन्न । संविधान संशोधन भएपछि समस्याको समाधान हुन्छ । हाम्रो प्रष्ट अडान दृष्टिकोण छ उपराष्ट्रपतिको निर्णयमा हामी विवादीत हुन चाहंदैनौं । यो मुद्यालाई चर्काउनु हुंदैन यो कसैको हितमा छैन ।
Q.
संविधान संशोधनका लागि त संसद चल्नुपर्छ त्यो कसरी अघि बढ्छ ?
A.
हामीले प्रमुख दलका शिर्ष नेताहरुलाई भेटेर संविधान संशोधन गर्न सहमत गराईसकेका छौं । एकिकृत माओवादीका अध्यक्ष प्रचण्डलाई पनि प्रष्ट रुपमा भनेका छौं संसद सुचारु गर्न सहयोग गरीदिनुहोस यसले मात्र मुलुकको हित हुन्छ शान्ति प्रकृया टुंगोमा पुग्छ नयां संविधान बन्छ र उपराष्ट्रपतिको विवाद पनि अन्त्य हुन्छ । र माओवादीले संसदलाई खोलिदिनुपर्छ र मुलुकलाई निकास दिनुपर्छ । मुलुकलाई अन्यौल र अस्थिरता तिर धकेल्नु हुंदैन जिम्मेवार प्रतिपक्षको भूमिकामा रहनुपर्छ  उपराष्ट्रपतिको सम्बन्धमा केहि समयको लागि भएपनि माओवादीले संसद खोल्नैपर्छ ।  
Q.
माओवादीले संसद खोलीदिएन भने के गर्नुहुन्छ ?
A.
मलाई विश्वास छ माओवादी संसद खोल्न तयार हनेछन् । त्यसको विकल्प नै छैन । संसद सुचारु नगर्दा सबभन्दा बढि घाटा कसलाई हुन्छ त्यसलाई माओवादीले बुझ्नुपर्छ । संसदलाई अबरुद्ध गरेर आफ्नो अभिष्ट पूरा गर्न माओवादी लाग्नुहुंदैन ।
Q.
संविधान संशोधन गर्न माओवादी तयार भएको हो ?
A.
ए.माओवादी मात्र होइन संसद खोल्न नेपाली कांग्रेस एमाले लगायतका सबै दल तयार छन् ।  संसद खुल्ने वित्तिकै संविधान संशोधन हुन्छ । र आफ्नो मातृभाषामा सपथ खान पाउने प्रावधान संविधानमा उल्लेख हुन्छ ।
Q.
भनेपछि उपराष्ट्रपति प्रकरणले सत्ता समिकरण टुट्दैन ?
A.
  यो समिकरण कुनैपनि हालतमा टुट्दैन । यो प्रकरणले झन समिकरणलाई बलियो र सशक्त बनाउंछ । हामी यो गठबन्धनमा सहभागि दलहरु सुझबुझपूर्ण र बुद्धिमत्ता पूर्ण निर्णयका साथ अगाढि  बढ्छौं संविधान संशोधन गराएर समस्या समाधान गराई छाढ्छौं । त्यसैले यो सरकार कुनै हालतमा ढल्दैन ।
Q.
माओवादीले तपाईहरुको समिकरणलाई टुटाइदिने रे नि त ?
A.
यो असम्भव कुरा हो । माओवादीले यो सरकारलाई ढाल्न सक्दैन । म माओवादीलाई यो सरकारमा ल्याउनका लागि उपप्रधानमन्त्रीको पद समेत त्याग्न तयार छु । यहि सरकारले संविधान लेख्छ शान्ति प्रकृयालाई निष्कर्षमा पर्याउंछ  चनाव गराउंछ र नयां सरकारलाई सत्ता हस्तान्तरण गर्छ ।
Q.
यो सरकारमा माओवादी आउला त ?
A.
एकदम माओवादी यो सकारमा आउनुपर्छ । त्यसको विकल्प छैन । यो सरकारलाई बलियो बनाएर राजनीतिक स्थायित्व दिनुपर्छ । सरकार ढाल्ने र बनाउने फोहोरी खेलमा हामी लाग्नुहुंदैन ।   
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.