Rishi Dhamala with Ramchandra Poudel
नेपाली कांग्रेस संसदीय दलका नेता एवं पार्टीका वरिष्ठ उपसभापति रामचन्द्र पौडेलले कुनैपनि हालतमा माधवकुमार नेपाल नेतृत्वको सरकार नढल्ने ठोकुवा गर्नुभएको छ । बारम्बार सरकार परिवर्तन गरेर मुलुकमा अस्थिरता सृजना गर्ने काम कसैले गर्नुहुंदैन यो सरकारले आफ्नो जिम्मेवारी पुरा गरेर मात्रै अर्को सरकारलाई सत्ता हस्तान्तरण गर्छ । कांग्रेस भित्रका बौद्धिक चिन्तकका हिमायती पौडेल शालीन शिष्ट र क्षमतावान नेताका रुपमा परिचित हुनुहन्छ । पार्टीको आगामी १२ औ महाधिबेशनको तयारीमा जुटेको कांग्रेसका शक्तिशाली नेता पौडेलसंग रिपोर्टस्र नेपाल डट कमका लागि ऋषि धमलाले गर्नुभएको कुराकानीका मुख्य अंश ।
Q.
गठबन्धन दलहरुबीच त तिब्र विवाद देखियो नी ?
A.
गठबन्धन दलहरुबीच कुनै विवाद छैन । हामी एक ढिक्का भएर मुलुकमा सहमती र हकार्यको राजनीतिलाई अगाढि बढाउन प्रयत्नशिल छौं । सरकार आफ्नो गन्तव्यमा अबिरल रुपमा अघि बढिरहको छ । बाहिर प्रचार गरीएजस्तो विवाद केही छैन । हामीहरुको बीचमा पूर्ण रुपमा एकता र सुमधुर सम्बन्ध छ ।
Q.
प्रधानमन्त्री र गिरिजाप्रसाद कोइरालाबीच सम्बन्ध चिसिएको छ भनिन्छ नि ?
A.
मलाई त्यस्तो लाग्दैन । हाम्रो पार्टीका सभापति र प्रधानमन्त्रीबीच एकदम सुमधुर सम्बन्ध छ । उहांहरुबीच तिक्तता र मनमुटाब छैन । बाहिर जेसुकै हल्ला भएपिन उहांहरु सहमतीकै साथ अगाढि बढिरहनुभएको छ ।
Q.
पार्टी सभापति कोइरालाले त प्रधानमन्त्रीलाई भेट दिनुभएन रे नि ?
A.
त्यो हल्ला मात्र हो । अवबाह फैलाउने काम हो । उहांहरुबीच सोमबार सौहार्दपूर्ण रुपमा कुराकानी भएको छ । प्रधानमन्त्री गिरिजाबाबुको स्वास्थ्यस्थिती बुझ्न जानुभएको थियो र स्वास्थ्यको बारेमा प्रधानमन्त्रीले जानकारी पनि लिनुभयो । उहांहरुबीच कुराकानी पनि भएको थियो ।
Q.
गिरिजाबाबु त सरकार ढाल्न चाहनुहुन्छ भनिन्छ नि ?
A.
त्यसमा पनि कुनै सत्यता छैन । गिरिजाबाबु यहि सरकालाइ टिकाउने पक्षमा हुनुहुन्छ । उहांले हामीलाई भेट्दाखेरी यो सरकारलाई पूर्ण सहयोग र समर्थन रहेको कुरा बताउनुभएको छ । त्यसैले यो सरकारको पक्षमा गिरिजाबाबु दृढतापूर्बक उभिनुभएको छ ।
Q.
भनेपछि यो सरकार ढाल्न को लागेको छ त ?
A.
यो सरकार ढाल्न जो लागेपनि त्यो सफल हुंदैन । त्यो उसको दिवा स्वप्न मात्र हो, त्यो पुरा हुनै सक्दैन ।
Q.
सुजाता कोइरालालाई उपप्रधानमन्त्री नबनाएकोमा गिरिजाबाबु रिसाउनुभएको छैन ?
A.
हामीसंगको भेटमा गिरिजाबाबुले सुजातालाई उपप्रधानमन्त्री बनाउने कुरा गर्नुभएको पनि छैन । त्यसबारेमा हामीसंग भेट्दा कुनै किसिमको कुरा भएको छैन । त्यस्तो प्रस्ताब पार्टी सभापतिबाट आएको छैन ।
Q.
त्यसोभए सुजातालाई उपप्रधानमन्त्री बनाउन पार्टीभित्र छलफल भएको छैन ?
A.
अहं । पार्टीभित्र त्यस्तो कुनै छलफल भएको छैन । यो खाली बजारीया हल्ला मात्र हो ।
Q.
उसोभए यो सरकार छिट्टै ढल्दैन त ?
A.
यो सरकार जुन लक्ष्यको लागि निर्माण भएको छ । त्यो लक्ष्य पुरा नभएसम्म सरकार कसैले ढाल्न सक्दैन । यो सरकारलाइ पूर्ण रुपमा काम गर्न दिनुपर्छ । यो सरकारले आफ्नो मिसन पुरा गर्छ । संविधान तोकिएकै समयमा निर्माण गर्छ शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउंछ र चुनाव गराएर अर्को सरकारलाई सत्ता हस्तान्तरण गर्छ ।
Q.
कांग्रेस सत्ताबाट बाहिरींदैछ रे नि त ?
A.
यो सरकारको निर्माणको सुत्रधार कांग्रेस हो त्यसैले सरकारबाट कांग्रेस बाहिरीने कुरा पनि आउंदैन र बाहिरंदै बाहिरींदैन । झन यो सरकारलाई बलियो र स्थायी बनाउने तर्फ कांग्रेस लाग्छ । कसैले चाहेर पनि कांग्रेस सरकारबाट बाहिरीने वाला छैन ।
Q.
भनेपछि माधब नेपालको बिकल्प छैन ?
A.
अहिलेको अवस्थामा माधव नेपालको विकल्प छैन । उहांको विकल्प खोज्नु भनेको दुर्घटना निम्त्याउनु हो । यस्तो काम कसैबाट हुनु हुंदैन ।
Q.
राष्ट्रपतिको कदमबारे छलफल गर्न एमाले तयार छ रे नि ?
A.
त्यो प्रस्ताब कांग्रेसलाई कदापी स्विकार्य हुंदैन । राष्ट्रपतिको कदम पूर्ण रुपमा संवैधानीक छ यो कदमले नै देशमा लोकतन्त्र बांचेको छ । राष्ट्रपतिले दलहरुकै सहमतीमा यो कदम चालनुभएको हो त्यसैले माओवादीले नागरीक सर्वोच्चताको नाममा आफ्नो अभिष्ट पुरा गर्ने चाल हो । माओवादी नागरीक होइन सैनीक सर्वोच्चता चाहन्छ । त्यसैले माआवादीको यो मुद्यामा कांग्रेसको समर्थन हुनै सक्दैन । लोकतन्त्रमा विश्वास गर्ने शक्तिले अझै माआवादीलाई विश्वास गर्न सक्ने स्थिति छैन ।
Q.
यदि संकल्प प्रस्ताव संसदमा छलफलका लागि गयो भने के हुन्छ ?
A.
राष्ट्रपति डा. रामबरण यादवको विरोधमा कुनैपनि प्रस्ताव सदनमा हामी प्रवेश गर्नै दिदैनौं । राष्ट्रपति डा यादवको कदम संविधान सम्मत कानून सम्मत छ । उहांको कदमको हामी सबैले खुलेर समर्थन गर्नुपर्छ । कार्यव्यवस्था समिति बाटै अस्विकृत प्रश्ताव छलफलमा आउनै सक्दैन । त्यस्तो प्रस्ताव यदि सदनमा आयो भने कांग्रेस सरकारबाट बाहिरीन्छ ।
Q.
माओवादीले संसद चल्नै दिएको छैन गतिरोध त अन्त्य हुनुपर्यो नि, अर्को विकल्प के छ ?
A.
अब माओवदीले संसद चल्न दिनु बाहेक अर्को कुनै विकल्प छैन । संसद सुचारु गर्न दिई माओवादीले लोकतन्त्रप्रतिको आफ्नो निष्ठालाई प्रमाणीत गर्नुपछ । माओवादीले बिना मुद्या संसद अबरुद्ध गरेर मुलुकलाइ बन्धक बनाई राखेको छ ।
Q.
माओवादी सरकारमा नआएसम्म समस्या समाधान हुंदैन भनिन्छ नि ?
A.
माओवादी सरकारमा नआएपनि केहि फरक पर्दैन । उसले प्रमुख प्रतिपक्षिको जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेर देखाउनुपर्छ । माओवादीबिना देशै चल्दैन भन्ने होइन ।