REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Nirupama Rao

भारतीय विदेश सचिव निरुपमा राव नेपालको दुईदिने भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएको छ । छोटो समयको नेपाल यात्रा निकै फलदायी भएको रावले बताउनुभएको छ । विदेश सचिव भइसकेपछि छिमेकी मुलुकको भ्रमणमा निस्कनुभएकी रावले नेपालको शान्ति प्रकि्रयाबारे निकै चासो राख्नुभएको थियो । सफल कूटनीतिज्ञ शालीन शिष्ट र बौद्धिक विदेशसचिवसँग पत्रकार ऋषि धमलाले गर्नुभएको कुराकानी
Q.
तपाईंको नेपाल यात्रा कस्तो रह्यो ?
A.
मेरो ब्यस्त भेटघाटका बीचमा पनि निकै सफल र उपलब्धिमूलक रहेको छ । यहाँको राजनीतिक नेत्ृत्वसँगको कुराकानी होस् या राष्ट्रपति प्रधानमन्त्री या सरकारी अधिकारीहरुबीचमा होस् भारत नेपाल सम्बन्धमा नयाँ आयाम थपिएको छ ।
Q.
शान्ति प्रकि्रयाका बारेमा के कुराकानी भयो ?
A.
भारतका प्रस्ट अडान छ नेपालको शान्ति प्रकि्रया निष्कर्षमा पुग्नुपर्छ । नयाँ संविधान समयमै लेखिनुपर्छ । सहमति र सहकार्यका साथ नेपालले आर्थिक विकास गर्नुपर्छ । 
Q.
नेपालमा सरकार र माओवादीबीच राजनीतिक द्वन्द्व चर्किरहेको छ यसमा भारतको भनाइ के छ ?
A.
भारत नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न चाहँदैन । नेपालको समस्या यहाँकै दलहरु बसेर समाधान गर्नुपर्छ । माओवादी र सरकारबीच रहेको द्वन्द्वको समाधान आपसी संवाद र सहमतिबाटै निकाल्नुपर्छ ।
Q.
माओवादीलाई तपाईंले के सुझाव दिनुभयो ?
A.
माओवादीको उच्च नेतृत्वसँग हाम्रो कुराकानी भएको छ । माओवादीसँग के कुराकानी भयो भन्ने सार्वजनिक गरिरहने कुरा होइन । माओवादीसँग भएका कुराकानी समसामयिक विषयमा थिए ।
Q.
माओवादीलाई सरकारमा जान दबाब दिनुभएको हो ?
A.
को सरकारमा जाने कस्तो सरकार बनाउने भन्ने कुरा राजनीतिक दलहरुले नै तय गर्ने हो । तर यहाँका दलहरुबीचको सहमति सहकार्यले नै नेपालमा शान्ति प्रकि्रया निष्कर्षमा पुग्ने भारतको ठम्याइ छ ।
Q.
माधवकुमार नेपालको सरकारलाई तपाईंहरुको समर्थन के छ ?
A.
हामी नेपालमा राजनीतिक स्थायित्व भएको हेर्न चाहन्छौ । माधवकुमार नेपाल नेतृत्वको सरकारलाई हाम्रो सहयोग सद्भाव र समर्थन य्थावत् छ ।
Q.
नेपालमा भारतविरोधी गतिविधि भइरहेकेा भारतको ठम्याइ हो ?
A.
नेपालमा भारतविरोधी गतिविधि भइरहेको सूचना हामीसँग छ । त्यसैले त्यस्तो गतिविधि नियन्त्रण गर्न सरकारसँग हाम्रो सहमति भएको छ । नेपाली अधिकारीले त्यस्तो कुनै पनि गतिविधि हुन नदिने भनेर आश्वस्त पार्नुभएको छ ।
Q.
सुरक्षामा भारतको विशेष चासो देखिएको छ नि ?
A.
नेपाल र भारतबीच जनस्तरमा सम्बन्ध छ । जुन सम्बन्धका कारणले पनि सुरक्षाको सरोकार हुने कुरा भयो । सुरक्षाका बारेमा पनि हामीले गृहमन्त्रीलगायतसँग कुराकानी गरेका छौं । दुवै देशको सीमामा हुने आपराधिक गतिविधिका कारण सुरक्षालाई जोड दिएका हौं ।
‹‹ Back
Latest Video
Civil Homes
जिल्ला समाचार
सिराहामा लुट्न वसेका डाँका प्रहरी नियन्त्रणमा
[July 30 2010]
सिराहा १४ साउन । पूर्व पश्चि महेन्द्र राजमार्ग अन्र्तगत सिराहा जिल्लाको असनपुर गाविस वडा नम्वर १ वाट प्रहरीले आधा दर्जन डाका लाई हतियार सहित पक्राउ
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
utl ad
Manakamana Temple
Dabur
NTC
Akhadya
Lumbini
Pyramid
Pentagon
Kist Bank
Reliance Int'l
Baby Care
Texas
New Millennium
Princeton
National Campus
Omega
King's College
Columbus
KnK
Nasa
Rehdon
Prime College
Nepal Food Corporation
Citizens Bank
SM College
Trinity Int'l
St. Lawrence
DAV College
KMC
Global
Lord Buddha
GEMS
Nobel Academy
Aberdeen
Bernhardt
LA
V.S. Niketan
Nightingale College
Donbosco
Triton College
Alliance Academy
southwestern
Jubilant College
Xavier
International School of
CFL Bulb
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.