REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Jhalnath Khanal

नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल अत्यान्त सफल र प्रभाव शाली व्यक्ति हुनुहुन्छ । उहाले देश र जनताको लागि गर्नुपर्ने कुनै कसुर बँकी राख्नु भएको छैन । देशको समसायीक विषयमा युवा पत्रकार ऋषि धमलाले गर्नु भएको संक्षिप्त कुराकानी -
Q.
ज् राजनीतिक गतिरोधको अन्त्य कसरी हुन सक्छ ?
A.
प्रमुख दलका शीर्ष नेता बसेर अहिलेको राजनीतिक गतिरोधको अन्त्य गर्नैैपर्छ । हामी सबै छलफलमा जुटेका छौं । सहमतिको नजिक पुगेका छौं । सहमति र समझदारी छिटै हुँदैछ । 
Q.
ज् कसरी हुन्छ त सहमति र समझदारी ?
A.
राष्ट्रपतिले चाल्नुभएको कदमलाई लिएर माओवादीले जुन मुद्दा उठाइरहेको छ- त्यसलाई सम्बोधन गर्न दलहरु सहमतिको विन्दुमा पुगेका छन् र सबैले आ-आफ्नो ठाउँबाट आत्मसमीक्षा गरेर मुलुकलाई सहमतिमा अघि बढाउनका लागि केही मात्रामा लचिलो हुनैपर्छ ।
Q.
सहमति भएन भने नि ?
A.
सहमति हुन्छ । मैले काँंग्रेस सभापति सभापति गिरिजाप्रसाद कोइरालासँग पनि कुराकानी गरेको छु । उहाँ पनि सहमतिको पक्षमा अडिग हुनुहुन्छ । प्रचण्डजीसँग पनि कुराकानी भइरहेको छ । प्रधानमन्त्री माधव नेपालसँग पनि मैले हिजो कुरा गरें । सबैजना सहमतिका साथ जान पर्छ र गतिरोध अन्त्य गरेर संविधान लेख्ने र शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याउने कुरालाई नै मुख्य आफ्नो लक्ष्य ठानेर अघि बढ्नुपर्छ भन्नॆ पक्षमा हुनुहुन्छ । त्यसैले सहमति नहुने त प्रश्नै उठ्दैन । 
Q.
राष्ट्रपतिको कदमबारे छलफल गर्न त काँग्रेस र एमाले तयार छैनन्- कसरी सहमति हुन्छ ?
A.
राष्ट्रपतिले जुन कदम चाल्नुभयो- त्यो त्यतिखेरको बाध्यता थियो । १८ दलको आग्रहलाई उहाँले स्वीकार गरेर त्यो कदम चाल्नुभएको हो । अहिले माओवादीले जसरी नागरिक सर्वोच्चताको कुरा उठाइरहेको छ । त्यसमा सबै पार्टी सहमत छैनन् । हामी नागरिक सर्वोच्चताको पक्षमा छौं । तर माओवादीले भनेजस्तो नागरिक सर्वोच्चता हामीलाई स्वीकार्य हुँदैन । तर दलहरुबीच छलफलपछि जुन सहमतिको खाका तयार भएको छ- त्यसलाई परिमार्जित र परिष्कृत गरेर केही कुरा संशोधन गरेर जान सकिन्छ ।
Q.
भनेपछि राष्ट्रपतिको कदमबारे छलफल गर्न तपाईंहरु तयार हुनुहुन्छ ?
A.
हामी राष्ट्रपतिको कदमबारे पनि दलहरुबीच सहमति हुन्छ भने छलफल गर्न केही फरक पर्दैन भन्ने पक्षमा छौं । प्रमुख दलहरु बसेर छलफल गरेर निकास निकाल्नका लागि तम्तयार हुनुपर्छ । जुन किसिमको अहिले सहमतिका लागि बातावरण अगाडि बढिरहेको छ- त्यसलाई अघि बढाउन हामी शीर्ष नेताहरु बसेर छलफल गरेर सहमति निकाल्छौं ।
Q.
माओवादीसँग सहमति हुन सक्छ ?
A.
माओवादीसँग सहमति गर्नुपर्छ । सहमति नगरिकन सुखै छैन । मैले प्रधानमन्त्रीसँग कुरा गर्दा उहाँ पनि सहमतिका साथ जानुपर्छ र संसद्को गतिरोध अन्त्य गर्नका लागि यथाशीघ्र शीर्ष नेताहरु बसेर निकास दिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ । त्यसैले माओवादीहरुले पनि सहमतिका लागि वाधक बन्नुहँदैन । राष्ट्रपतिको कदमलाई ठूलो मुद्दा बनाएर जानुभन्दा पनि सहमतिको बाटोतिर लाग्नु राम्रो हुन्छ ।
Q.
भनेपछि राष्ट्रपतिलाई महाभियोग लगाउन पनि तयार हुनुहुन्छ ?
A.
राष्ट्रपतिलाई महाअभियोग लगाउने कुरै छैन । महाभियोगको पक्षमा हाम्रो पार्टी छैन । हामीले माओवादीले जुन किसिमले नागरिक सर्वोच्चताको कुरा गरिरहेको छ त्यसलाई संसद्मा छलफलको विषय बनाउने हो भने  महाअभियोगको प्रस्ताव ल्याए हुन्छ- हामीलाई आपत्ति छैन ।
Q.
संसद् कहिलेबाट खुल्छ त
A.
अब छिटै संसद् खुल्नुपर्छ । यो गतिरोधलाई लम्ब्याउँदा कसैलाई पनि फाइदा छैन । तोकेकै समयमा संविधान बनाउने काममा हामी सबै अघि बढ्नुपर्छ । सेना समायोजन गरेर मुलुकको शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर् याउनुपर्छ
Q.
उच्चस्तरीय राजनीतिक संयन्त्रचािहं कहिलेसम्म बन्ला त ?
A.
उच्चस्तरीय राजनीतिक संयन्त्र पनि छिटै बन्नुपर्छ । हाम्रो पार्टी काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले अगाडि सार्नुभएको उच्चस्तरीय संयन्त्रको पक्षमा छ यसलाई पूर्ण समर्थन छ । यसले नै मुलुकमा दलहरुबीचमा सहमति कायम गरेर समयमा देशले फड्को मार्नुपर्छ ।
Q.
सरकारको विकल्पको खोजी पनि भएको छ रे नि
A.
अहिले यो सरकारको बिकल्प हामीले खोजेका छैनौं । यो सरकारलाई पूर्ण सहयोग र समर्थन छ । यही सरकारको नेतृत्वमा नयाँ संविधान बन्नुपर्छ । शान्तिप्रकि्रया निष्कर्षमा पुग्नुपर्छ भन्ने पक्षमा हाम्रो पार्टी अडिग छ ।
Q.
भनेपछि तपाईंहरु माधवकुमार नेपाललाई हटाउन सकि्रय हुनुहुन्छ होइन ?
A.
यस्तो कुरा तपाईंहरुलाई कसले भन्यो म माधवकुमार नेपाललाई बलियो र सफल प्रधानमन्त्री बनाउन लागिपरेको छु । त्यसैले उहाँलाई हटाउने कुरै आउँदैन र उहाँको नेतृत्वमा माओवादी पनि सरकारमा आउनुपर्छ । तर यो सरकारले राष्ट्रिय सहमतिका लागि आपुूले हदैसम्मको लचकताका साथ प्रस्तुत हुनुपर्छ
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.