REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY
प्रमुख समाचार
|  माओवादी र काग्रेस कसको उमेदवारलाई समर्थन गर्ने भन्ने मोर्चाको धारणा आज आउने   |   NC REGIONAL CONVENTION TODAY   |   POLICE NABS 10 Q MARIJUANA   |   MAOISTSTO HANOVER ITS NOTION ON FRONT'S DEMANDS TODAY   |   NEMBANG URGES PARTIES FOR SECURING SAFE LANDING   |   UDMF DISCUSSING MAOIST'S ANSWER TO THEIR DEMANDS   |   MAOIST CANT FORM GOVT: OLI   |   UNSATISFIED WITH THE LEADERSHIP DOZEN'S OF UML'S MEMBER LEAVE THE PARTY   |   NEPAL TELECOM COMING INTO ACTION FOR TOPING ASIA   |   DIARRHEA GOES OUT OF CONTROL IN NEPALGUNG   |   NC GOES FOR YOUTHS IN REGIONAL CONVENTION   |   NC SENDING ITS WRITTEN ANSWER TO FRONT'S DEMAND   |   UDMF MEETING UNDERWAY FOR FINALISING ITS STRATEGY FOR TOMORROW   |   जीप पल्टिदा ९ को मृत्यु   |   माओवादीले सरकार वनाउन सक्दैनः ओली   |   एमालेका दजर्नौ कार्यकर्ताद्धारा पार्टी परित्याग, एमाले व्यक्तिवादी पार्टी   |   माओवादी प्रमुख राजनीतिक दुश्मन   |   नेपाल टेलिकम दक्षिण एसीयाकै उत्कृष्ट बन्ने योजनामा   |   अघिकांसमा जिल्लामा युवा प्रतिनीधिको छनौट   |   झाडापखाला नियन्त्रणमा आउन कठिनाइ   |   मोर्चाका मागमा कांग्रेसले लिखित जवाफ पठाउँदै   |   मोर्चाको बैठक बस्दै, भोलिको चुनाव बारे आधिकारीक धारणा आउने   |   मोर्चाको मागमा काग्रेसको लिखित जवाफ केही बेरमा   |   आजबाट बजारमा सरकारी हस्तक्षेप   |   नेपाली काग्रेसमा यूवा वर्चश्व   |   पाकिस्तान बिरुद्धको पहिलो टेष्ट कि्रकेटमा इङल्याण्डद्धारा इनिङ समाप्तीको घोषणा   |   शिर्षकः सय वर्ष बाँच्न दोश्रो विवाह   |  

Face to Face
ऋषि धमला with  सुजाता कोइराला

मेरो विरोध गरेर पार्टीलाई के फाइदा हुन्छ ? परराष्ट्र मन्त्री सुजाता कोइराला उपप्रधानमन्त्रीमा बढुवा भएकी छन् । कांग्रेस विदेश विभाग प्रमुख समेत रहेकी सुजाता २०४८ सालमा आमा सुषमा कोइरालाका नाममा ट्रस्ट खोलेर समाजसेवामार्पुत राजनीतिमा प्रवेश गरेकी थिइन् । छोटै अवधिमा नेपाली राजनीतिमा स्थापित बन्न सफल सुजातालाई नेपाली कांग्रेस पार्टीभित्र वैकल्पिक प्रधानमन्त्रीका रुपमा समेत हेर्न थालिएको छ । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाकी एक मात्र सुपुत्री सुजाता उपप्रधानमन्त्री भएपछि पार्टीभित्र भने विरोधका स्वरहरु देखिएको छ । तर उनी त्यसलाई स्वाभाविक ठान्दै भन्छिन्- राजनीतिमा विरोध र समर्थन दुवै हुन्छ । म उपप्रधानमन्त्री बनेकोमा पार्टीका अधिकांश नेता र कार्यकर्ता खुसी छन् । सुजातासँग घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानीको महत्वपूर्ण अंश :
Q.
तपाईं उपप्रधानमन्त्री भएपछि त विरोध भयो नि ?
A.
हेर्नोस् म उपप्रधानमन्त्री भएकोमा केही नेताहरुले विरोध गर्नुभएको थाहा पाएँ त्यसबाट म आश्चर्यचकित भएकी छु । प्रधानमन्त्री माधवकुमार नेपालले स्वविवेकीय मलाई उपप्रधानमन्त्री बनाउनुभएको हो । यसमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको समर्थन छ र कांग्रेसका अधिकांश नेताकार्यकर्ता खुसी भएको पाएकी छु ।
Q.
पार्टीको संस्थागत समर्थन नलिइकन उपप्रधानमन्त्री बन्नुभयो भन्ने छ नि ?
A.
त्यो पनि गलत हो । यो सरकार निर्माणको सूत्रधार नै कांग्रेस हो । तर सरकारमा कांग्रेसको चौथो पोजिसन थियो । म उपप्रधानमन्त्री भएपछि पार्टीको पोजिसन हैसियत र भूमिका बढेको छ । मलाई उपप्रधानमन्त्री बनाउनका लागि आपुनो अधिकारको प्रयोग गर्नुभएको हो । यसबारे पार्टीमा पनि छलफल भएको थियो । सरकारमा कांग्रेसको नेतृत्व गरिरहेको मान्छेलाई उपप्रधानमन्त्री दिनुपर्छ भन्ने आवाज पनि व्यापक रुपमा उठेको थियो ।
Q.
तर पार्टी पदाधिकारीले त व्यक्तिगत रुपमा उपप्रधानमन्त्री बनाइएको भनिन्छ नि ?
A.
कसले के भने म त्यसको पछि लाग्दिन । मलाई पार्टीको पूर्ण सहयोग र समर्थन छ । कसलाई के बनाउने भन्ने अधिकार पार्टी सभापतिमा छ । गिरिजाबाबु आफैंले सुशील कोइरालाजीलाई कार्यवाहक सभापति एवं रामचन्द्र पौडेललाई वरिष्ठ उपसभापति बनाउनुभएको हो । यसमा कसैले विरोध गरेको पनि थिएन । मलाई उपप्रधानमन्त्री बनाउँदा पार्टीलाई कुनै क्षति पुग्ने पनि होइन । यसले त बरु पार्टीको प्रतिष्ठा बढाएको छ । कांग्रेसका युवाहरुमा उत्साहको संचार भएको छ ।
Q.
सरकार टिकाउन तपाईंलाई उपप्रधानमन्त्री बनाएको चर्चा छ नि ?
A.
हेर्नोस् म जहिले पनि यो सरकारको स्थायित्वको पक्षमा छु । यो गठनबन्धन निर्माणमा पनि आपुनो ठाउँबाट सहयोग गरेकी छु । शान्ति प्रकि्रया र संविधान निर्माण निष्कर्षमा नपुगेसम्म यो सरकार चल्छ । सरकारको स्थायित्वले यो मुलुकको भविष्य निर्धारण गछर््र । यो सरकारलाई अझ बलियो र प्रभावकारी बनाउन म सबै दलहरुलाई आग्रह गर्छु । सरकारमा नभएका दलहरु पनि सरकारमा सहभागी हुन आह्वान गर्न चाहन्छु । सबै दलहरु सहमति सहकार्य र एकताका साथ अघि बढ्नु आवश्यक छ ।
Q.
भनेपछि माधवकुमार नेपालको सरकारले स्थायित्व पाउँछ त ?
A.
यो सरकारको विकल्प छैन । माधवकुमार नेपाल नेतृत्वको सरकारको स्थायित्व आजको आवश्यकता हो । यसले मात्र मुलुकलाई राजनीतिक स्थायित्व दिन सक्छ । नयाँ संविधानमार्पुत नयाँ नेपाल निर्माण गर्ने महान् अभियान अघि बढाउन सक्छ ।
Q.
माओवादी यो सरकारमा आएन भने के हुन्छ ?
A.
माओवादी पनि यो सरकारमा आउनुपर्छ र राष्ट्रिय सहमति कायम गरी अघि बढ्नुपर्छ । गिरिजाबाबुको नेतृत्वमा बन्ने उच्चस्तरीय राजनीतिक संयन्त्रमा माओवादीसहित सबै राजनीतिक दलका शीर्ष नेताहरु बसेर मुलुकको राजनीतिक गतिरोध अन्त्य गर्नुपर्छ र मुलुकलाई नयाँ गति दिनुपर्छ ।
Q.
उच्चस्तरीय राजनीतिक संयन्त्र कहिलेसम्म बन्छ त ?
A.
तिहारपछि उच्चस्तरीय संयन्त्र बन्छ र यो समयको आवश्यकता हो । 
Q.
कांग्रेस महाधिवेशन आउँदैछ त्यसमा तपाईं कसरी अघि बढ्नुहुन्छ ?
A.
कांग्रेसको महाधिवेशनमा पार्टी एकढिक्का भएर जुट्नुपर्छ । कार्यकर्ता जोस जाँगर साहस र हिम्मतका साथ अघि बढ्यो भने कांग्रेस महाधिवेशन पूर्ण सफल हुन्छ । सानातिना मतभेद र स्वार्थहरु बिसे्रर यो महाधिवेशनलाई एकताको महाधिवेशनका रुपमा सफल बनाउन आजैदेखि लाग्नुपर्छ ।
Q.
महाधिवेशनमा तपाईं केमा उठ्दै हुनुहुन्छ ?
A.
केमा उठ्नेबारे मैले सोचेकी छैन । साथीहरुसँग सल्लाह र सहमति लिएर म महत्वपूर्ण पदमा उठ्नेछु । 
‹‹ Back
Latest Video
Civil Homes
जिल्ला समाचार
सिराहामा लुट्न वसेका डाँका प्रहरी नियन्त्रणमा
[July 30 2010]
सिराहा १४ साउन । पूर्व पश्चि महेन्द्र राजमार्ग अन्र्तगत सिराहा जिल्लाको असनपुर गाविस वडा नम्वर १ वाट प्रहरीले आधा दर्जन डाका लाई हतियार सहित पक्राउ
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
utl ad
Manakamana Temple
Dabur
NTC
Akhadya
Lumbini
Pyramid
Pentagon
Kist Bank
Reliance Int'l
Baby Care
Texas
New Millennium
Princeton
National Campus
Omega
King's College
Columbus
KnK
Nasa
Rehdon
Prime College
Nepal Food Corporation
Citizens Bank
SM College
Trinity Int'l
St. Lawrence
DAV College
KMC
Global
Lord Buddha
GEMS
Nobel Academy
Aberdeen
Bernhardt
LA
V.S. Niketan
Nightingale College
Donbosco
Triton College
Alliance Academy
southwestern
Jubilant College
Xavier
International School of
CFL Bulb
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.