REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Surendra Pandey

माओवादीस“ग सहमति भएको छ सुरेन्द्र पाण्डे (अर्थ मन्त्री)
Q.
संसद् त अवरुद्ध छ । बजेट कसरी पारित गराउनुहुन्छ ?
A.
अवरुद्ध संसद्को गतिरोध एकदुइ दिनको लागि भए पनि अन्त्य हुन्छ र त्यही अवधिमा बजेट संसद्बाटै पारित हुन्छ ।
Q.
राष्ट्रपतिको कदम नसच्चिएसम्म संसद् नचल्ने भनेर माओवादी कराइरहेको छ नि ?
A.
माओवादी जतिसुकै कराए पनि बजेट पारित नगराइकन सुखै छैन । मैले पूर्व अर्थमन्त्री बाबुराम भट्टर्राईस\"ग पनि बजेट पारित गराउनेबारे छलफल गरेको छु- त्यसमा उहा\" पनि सकारात्मक हुनुहुन्छ । त्यसैले संसद् खुल्छ र बजेट पारित हुन्छ । बजेट पारित नगराउ\"दा मुलुकलाई पर्ने आर्थिक संकटबारे माओवादीले बुझ्नुपर्छ । सरकारको नेतृत्व त पहिला माओवादीले पनि गरेको थियो फेरि अहिले पनि सरकारमा जाने कुरा गरिरहेको छ भने बजेट पारित गराउन सहयोग नगरी माओवादीले सुख पाउ\"छ । राष्ट्रपतिको कदमका बारेमा अहिले विवाद नगरौं- त्यो कुरा पुरानो भइसक्यो ।
Q.
संसद् नखुले अध्यादेशबाट भए पनि बजेट पारित गराउने कुरा छ रे नि त्यो के सत्य हो ?
A.
म तपाईंलाई एउटा तितो यथार्थ बताइदिन्छु पहिला बजेट पेश गर्नुअघि पनि संसद् अवरुद्ध थियो । त्यतिबेला धेरैले भनेका थिए- कुन जादुको छडीले तपाईं संसद्मा बजेट पेश गर्दै हुनुहुन्छ भनेर । मैले भनेको थिए\"- बजेट संसद्मै पेश गर्छु त्यो पनि गरिछाडें । यसपटक पनि म विमर्श साप्ताहिकमार्फ घोषणा गर्न चाहन्छु अध्यादेशमार्फ होइन संसद्बाटै बजेट पास हुन्छ । म ठोकुवा गर्छु तपाईं लेख्नुहोस् । बजेट पास गराउन कसैले रोक्न सक्दैन ।
Q.
भनेपछि बजेट पास गराउन तपाईंस"ग त्यस्तो जादुको छडी के छ त्यो पनि घोषणा गरिदिनुहोस् न त ?
A.
म के कुराचाहिं ठोकुवाका साथ भन्छु भने, केही दिनभित्रै संसद् चल्छ त्यसमा माओवादीस\"ग सहमति हुनेछ र बजेट पारित गराउनका लागि भए पनि माओवादीले एकदुइ दिनका लागि संसद् खोलिदिने र त्यही बेलामा बजेट पारित गराएर मुलुकमा जुन किसिमको अबरुद्धता छ- त्यो हट्ने छ र सहमतिका साथ हामी अघि बढ्ने छौं । जादुको छडी भने पनि जे भने पनि बजेट पारित गर्ने सहमति माओवादीस\"ग भएको छ ।
Q.
यदि माओवादीले बजेट पारित गर्न दिएन भने के हुन्छ ?
A.
बजेट पारित गर्न दिंदैनन् भन्ने तपाईंहरु कल्पना पनि नगर्नुहोस् । बजेट पारित नहु\"दा सबैभन्दा बढी घाटा माओवादीलाई हुन्छ । समयमा बजेट पारित भएन भने कसैले पनि तलब खान पाउ\"दैन । मन्त्रीको तलब त रोकिसकेको छ- यो कुरा माओवादीले बुझ्नु पर्छ ।
Q.
अब कसकसको तलब रोक्नुहुन्छ त ?
A.
अब क्रमशः माओवादी लडाकु र पछि सभासद्हरुको रोकिन्छ ।
Q.
अनि कर्मचारीको तलबचाहिं कहिले रोकिन्छ ?
A.
मंसिर महिनाबाट कर्मचारीको पनि तलब रोकिन्छ ।
Q.
यस्तो बेला पनि अध्यादेशबाट बजेट पारित गर्न किन डराउनुभएको ?
A.
जनताको प्रतिनिधि संसद्लाई बाइपास गरेर अध्यादेश मार्फ बजेट पारित गराउन म कदापि चाहन्न\" । बजेट संसद्बाटै पारित गराउनुपर्छ त्यसको लागि माओवादी सहमत हुन्छ र हुनुपर्छ ।
Q.
मार्सल लगाएर पनि संसद् चलाएर बजेट पारित गराउदै हुनुहुन्छ रे हो ?
A.
सरकार मार्सल लगाएर पनि संसद् चलाउने पक्षमा पुगिसकेको छैन । सहमतिमै संसद् खुल्छ राजनितिक गतिरोध पनि अन्त्य हुन्छ र बजेट पारित भएर मुलुकमा देखिएको असमझदारी हटेर तोकिएको अवधिभित्रै संविधान लेखिन्छ र शान्ति प्रक्रिया पनि निष्कर्षा पुग्छ ।
Q.
माओवादी त माधवकुमार नेपाललाई प्रधानमन्त्रीबाट नहटाइकन संसद् नचल्न दिने पक्षमा देखिन्छ नि त ?
A.
अहिले माधवकुमार नेपाललाई हटाउन कसैले पनि सक्दैन । उहा\"स\"ग पूण् बहुमत छ । यो सरकारलाई २२ दलको र्समर्थन छ यदि माओवादीले माधव नेपाललाई हटाउने इच्छा छ भने संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरी बहुमत पुर्‍याएर देखाए भइहाल्यो नि । सरकार परिवर्तनका लागि भाषणले मात्रै हु\"दैन बहुमत चाहिन्छ- जुन अहिले माओवादीस\"ग छ\"दै छैन ।
Q.
भने पछि यो सरकार ढल्दैन होइन ?
A.
यो सरकारले जुन जिम्मेवारी छ- त्यो पूरा नगरिकन यो सरकार ढल्ने कुरै आउ\"दैन । शान्ति प्रक्रियालाई निष्कर्षा पुर्‍याएर, नया\" संविधान लेखेर, चुनाव गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरेर मात्रै यो सरकार बिदाबारी हुन्छ ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.