REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Sushil Koirala

जे गर्नसक्छ गरून् : सुशील कोईराला नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइराला पार्टीको आगामी महाधिवेशनमा सभापतिका उम्मेदवारका रूपमा प्रस्तुत भइसक्नुभएको छ। काङ्ग्रेसभित्र त्यागी र प्रस्ट विचार राख्ने नेताका रूपमा परिचित उहाँ पार्टीलाई सशक्त ढङ्गले अगाडि बढाउने योजनाका साथ प्रस्तुत हुनुभएको छ। पार्टीलाई अनुशासित र संस्थागत बनाएर लैजानुपर्छ भन्नुहुने उहाँसँग ऋषि धमलाले गर्नुभएको कुराकानीः
Q.
यो सरकारको विकल्प नेपाली काङ्ग्रेसले खोज्छ?
A.
यो सरकारलाई हामीले समर्थन गरेका छौँ। जबसम्म शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुग्दैन र संविधान बन्दैन तबसम्म सरकार चल्छ। सरकालाई काङ्ग्रेसको पूर्ण समर्थन रहन्छ।
Q.
सरकारको विकल्प छैन?
A.
पटक–पटक सरकार फेर्ने चिन्तनमा काङ्ग्रेस छैन। काङ्ग्रेस देशमा स्थायित्व चाहन्छ। अहिले प्रधानमन्त्री माधवकुमार नेपालको विकल्प छैन।
Q.
माओवादीले प्रधानमन्त्रीको राजीनामा मागेको छ नि?
A.
माओवादीले राजीनामा मात्र होइन के–के मागेका छन् के–के। माओवादीलाई जति दिए पनि पुग्दैन। आफैं सत्तामा छँदा पनि जे पनि आफ्नै जस्तो गर्दै थिए। उनीहरू त भनिरहन्छन्। माओवादीले भन्दैमा जे पनि गर्नुपर्छ भन्ने छैन।
Q.
माओवादी त आन्दोलन चर्काउँदै छन् नि?
A.
आन्दोलनमा गए जाऊन्। आन्दोलनमा जान खोज्नेलाई कसले रोक्नसक्छ र? नचाहिँदो कुरा उठाएर देशलाई अनिर्णयको बन्दी बनाउन खोज्दै छन्। जहाँ–तहीँ अड्चन ल्याउनेबाहेक माओवादीले केही नजानेजस्तो भइसकेको छ। हामीहरू कुनै पनि अवस्थामा सदनमा राष्ट्रपतिमाथि लाञ्छना लगाउने कुरा स्वीकार्न सक्दैनौँ। जे गर्न सक्छन् गरून् नचाहिँदो कुरा स्वीकार्न सकिँदैन। अन्तरिम संविधानअनुसार चलून्। राष्ट्रपति र सदनको अधिकारको व्याख्या गर्नेबारे छलफल गर्न सकिन्छ।
Q.
माओवादीले नागरिक सर्वोच्चताको प्रसङ्ग उठाइरहेको छ नि?
A.
मान्छेलाई मारेर नागरिक सर्वोच्चताको कुरा गर्ने? ताप्लेजुङमा वाईसीएलले हाम्रा साथीलाई मारेका छन्। कालिकोट, जुम्लामा लगातार हत्या भइरहेको छ। मान्छे मार्ने अनि दुनियाँको आँखामा छारो हाल्न नागरिक सर्वोच्चताको कुरा गर्ने? शेरबहादुरजीमाथि चितवनमा आक्रमण भएको छ। यो कहाँको नागरिक सर्वोच्चता हो? सबै बेकारको कुरा हो।
Q.
माओवादी के चाहन्छ त?
A.
माओवादी नागरिक अधिकार चाहन्छ जस्तो छैन। सक्छ भने वैधानिक रूपमा सत्तामा आओस् न। वैधानिक रूपमा सत्तामा आउने बाटो सधँै खुल्ला छ। विधान बनाउँदा माओवादी पनि त सहभागी थिए नि। धम्क्याउने, थर्काउने गरेर केही हुनेवाला छैन। कोही पनि माओवादी धम्कीबाट डराउनेवाला छैन।
Q.
काङ्ग्रेस कसरी प्रस्तुत हुन्छ?
A.
माओवादीको बेकारको कुरा सुनेर जाने पक्षमा छैनौँ। जनताले माओवादीले भ्रममा पारिरहेको बुझेका छन्। अब जनतालाई झुक्याउन नखोजे हुन्छ। हामी सहमतिको पक्षमा छौँ। सहमतिका लागि धेरै लचक भएका थियौँ। सहमतिका लागि नै हतियार बोकेका माओवादीलाई यहाँसम्म ल्याएका हौँ।
Q.
माओवादी आन्दोलनको कसरी सामना गर्नुहुन्छ?
A.
माओवादीले के चाहेको हो सोध्नुहोस्। उनीहरू देशलाई अस्तव्यस्त बनाउन चाहन्छन्। माओवादीले हत्या, आतङ्क, विध्वंस मच्चाएरै आएका हुन्। उनीहरूलाई त्यसको राम्रो अनुभव छ। हामी वैधानिक र लोकतान्त्रिक ढङ्गबाट जानुपर्छ भन्दै आएका छौँ। वैधानिक बाटो, लोकतान्त्रिक मूल्य–मान्यताबाट जाऊ भन्दै आएका छौँ। लोकतान्त्रिक मूल्य–मान्यता नमान्ने अनि गैरसंवैधानिक तरिकाले सत्ता कब्जा गर्न खोजेर हुन्छ र।
Q.
माओवादी कडा रूपमा प्रस्तुत भएको अवस्थामा सरकार कसरी टिक्छ?
A.
माओवादीले भनेर मात्र सरकार ढल्छ र। यो सरकार अगाडि बढ्छ र बढ्नु पर्छ। राष्ट्रले स्थायित्व पाउनुपर्छ। यही सरकारले संविधान बनाउन लाग्नुपर्छ। सरकारले शान्तिसुरक्षाका लागि आवश्यक कदम चाल्नुपर्छ।
Q.
महासमितिको तयारी कस्तो छ?
A.
 एकदम राम्रो तयारी भइरहेको छ।
Q.
महासमितिमा के–के हुन्छ?
A.
विधानबारे छलफल हुन्छ, संविधानबारे, राज्य पुनर्संरचना, समावेशीकरणलगायतबारे छलफल हुन्छ। महासमिति बोलाउनुको कारण पनि यही हो।
Q.
महासमितिमा आफू कसरी प्रस्तुत हुनुहुन्छ?
A.
नेपाली काङ्ग्रेस लोकतान्त्रिक पार्टी हो। सबैलाई नेतृत्वका लागि अगाडि बढ्ने छुट छ। म साथीहरूको सल्लाहबमोजिम अगाडि बढ्छु।
Q.
तपाईंहरूले गिरिजाप्रसाद कोइरालालाई अपमान गर्नुभयो भनिन्छ नि?
A.
गिरिजाबाबुलाई कसैले अपमान गर्दैन र गर्न पनि सक्दैन। यी सबै बेकारका कुरा हुन्। जसले उहाँको अपमान गर्छ त्यो आफंै अपमानित हुन्छ।
Q.
गिरिजाप्रसादको कुरा सुन्न छाडियो भनिन्छ नि?
A.
त्यो बेकारको कुरा हो। जसले ६५ वर्ष देश र लोकतन्त्रका लागि लड्नुभयो, उहाँको कुरा नसुन्ने भन्ने कुरा वाइयात हो।
Q.
काङ्ग्रेस सामूहिक नेतृत्वमा जान लागेको हो?
A.
नेपाली काङ्ग्रेस जहिले पनि संस्थागत रूपमा चल्दै आएको छ। गिरिजाबाबुले नेतृत्व हस्तान्तरण गर्दै हुनुहुन्छ। पार्टी संस्थागत रूपमा जान्छ। सामूहिक रूपमा भनेर दुई–चारजनाको हातमा जाँदैन। मेरो अभियान भनेको पार्टीलाई संस्थागत र अनुशासित बनाउने हो। व्यक्तिप्रति आशक्ति नराख्नुहोस्। यो यसको र यो त्यसको मान्छे भन्ने कुरा हुन्न।
Q.
सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाएको विवाद कसरी समाधान होला?
A.
हेर्दै जानुहोस्।
Q.
मन्त्रीहरूलाई फिर्ता बोलाउने सम्भावना छ?
A.
किन, आफैं बन्नलाई हो कि के हो? हा..हा..हा..।
‹‹ Back
Latest Video
Civil Homes
जिल्ला समाचार
सिराहामा लुट्न वसेका डाँका प्रहरी नियन्त्रणमा
[July 30 2010]
सिराहा १४ साउन । पूर्व पश्चि महेन्द्र राजमार्ग अन्र्तगत सिराहा जिल्लाको असनपुर गाविस वडा नम्वर १ वाट प्रहरीले आधा दर्जन डाका लाई हतियार सहित पक्राउ
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
utl ad
Manakamana Temple
Dabur
NTC
Akhadya
Lumbini
Pyramid
Pentagon
Kist Bank
Reliance Int'l
Baby Care
Texas
New Millennium
Princeton
National Campus
Omega
King's College
Columbus
KnK
Nasa
Rehdon
Prime College
Nepal Food Corporation
Citizens Bank
SM College
Trinity Int'l
St. Lawrence
DAV College
KMC
Global
Lord Buddha
GEMS
Nobel Academy
Aberdeen
Bernhardt
LA
V.S. Niketan
Nightingale College
Donbosco
Triton College
Alliance Academy
southwestern
Jubilant College
Xavier
International School of
CFL Bulb
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.