REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Prachanda

हामी दुई मिनेटमै निर्णय गरिदिन्छौं ---प्रचण्ड, अध्यक्ष, एकीकृत माओवादी
Q.
तपाईंहरुको आन्दोलन त शान्तिपूर्ण हुन सकेन नि ?
A.
हाम्रो आन्दोलन अत्यन्त शान्तिपूर्ण र संयमित भयो । तर यो आन्दोलन भाँडेर मुलुकलाई िहंसात्मक रुपमा अगाडि बढाउन चाहने केही तत्वहरुको घुसपैठ भएको छ । लाखौं जनताले नागरिक सर्वोच्चताका लागि जुन किसिमको ऐक्यबद्धता देखाए यो ठूलो उपलब्धि हो । यसलाई भाँडेर आपुनो सत्ताको आयु लम्ब्याउन चाहनेहरुले हाम्रा पार्टीका केही नेता सभासद् र कार्यकर्तामाथि निर्ममतापूर्वक आक्रमणको म कडा रुपमा निन्दा  र भत्स्रना गर्न चाहन्छु ।  
Q.
कसले गर् यो त आन्दोलनमा घुसपैठ ?
A.
यो कठपुतली सरकारका मसीहाहरु यस आन्दोलन बिथोल्न चाहन्छन् भाँडभैलो मच्चाउन चाहन्छन् र उनीहरुको मक्सद हामी कुनै पनि हालतमा पूरा हुन दिँदैनौं । हामी शान्तिपूर्ण रुपमै जनताको खोसिएको अधिकार र नागरिक सर्वोच्चता कायम गरेरै छाड्छौं । त्यसका लागि हामी शान्तिपूर्ण संघर्ष गरिरहन्छौं ।
Q.
नागरिक सर्वोच्चतालाई सत्ताको भर् याङ बनाउँदै हुनुहुन्छ रे ?
A.
यो कुरा हामी स्पष्ट भन्न चाहन्छु हाम्रो उद्देश्य सत्तामा जाने हुँदै होइन । मैले चाहेको भए अहिले पनि म प्रधानमन्त्री रहिरहेको हुन्थे । मलाई हटाउने तागत कसैमा थिएन । राष्ट्रपतिले कटवाल प्रकरणमा चालेको कदम असंवैधानिक छ नागरिक सर्वोच्चता हनन भएको छ भनेर मैले राजिनामा गरेको हुँ । र आन्दोलन थालेका हौं । यो आन्दोलन नागरिक सर्वोच्चता स्थापित नभएसम्म रोकिँदैन ।
Q.
तपाईं त प्रधानमन्त्री हुनै आन्दोलन गरेको त प्रस्ट छैन र ?
A.
प्रचण्डलाई प्रधानमन्त्रीको कुसर्ी ठूलो कुरा हेाइन । नागरिक सर्वोच्चता र जनताको अधिकार मुख्य कुरा हो । मलाई दुई महिनाअघि पनि प्रधानमन्त्रीको अफर आएको हो । चाहेको भए म प्रधानमन्त्री बन्न सक्थेँ ।  
Q.
तपाईंहरुले सोचेजसरी त जनता सडकमा आएनन् नि ?
A.
लाखौं जनता सडकमा आएका छन् । माओवादीको दोस्रो चरणको आन्दोलनले कठपुतली सरकारलाई घुँडा टेकाउँछ र नागरिक सर्वोच्चता स्थापित गरेरै छाड्छ । यो सरकारले वार्ता र सहमतिको वातावरण तयार गरेन भने हामी तेस्रो चरणको आन्दोलन सशक्त रुपमा अघि बढाउँछौं ।  
Q.
तेस्रो चरणको आन्दोलनको स्वरुप कस्तो प्रकारको हुन्छ ?
A.
अहिलेको भन्दा उन्नत किसिमको हुन्छ । त्यसमा हामी िसंहदरबार घेर्ने मात्र होइन । हामी मुलुक नै ठप्प हुने गरी आम हडताल गर्छौ र जनतालाई सडकमा उतारेर सरकारलाई बर्खास्त गर्छौ ।
Q.
भनेपछि सहमति नभई आन्दोलनबाटै वारपार हुने हो त ?
A.
हामीले पाँच महिनादेखि जिम्मेवार रुपमा सहमति र सहकार्यका लागि पहल गरेकै हो । तर सरकारले हाम्रो कुरा सुन्दै सुनेन । अझै पनि एक दिन बाँकी छ । सरकारले हाम्रो कुरा सुनेन र दमनको नीति लियो भने प्रतिगामी र दललाहरुलाई परास्त गरिदिनेछौं ।
Q.
तपाईंहरुको आन्दोलनलाई ककसको सहयोग र समर्थन छ ?
A.
यो आन्दोलनलाई विश्वकै समर्थन छ । संयुक्त राष्ट्रसंघको पनि समर्थन छ । बिस्तारै भारत चीन  अमेरिका र युरोपियन युनियनको पनि समर्थन रहनेछन् ।  
Q.
भारतसँग तपाईंको सम्बन्ध राम्रो छैन भनिन्छ नि ?
A.
भारतसँग हाम्रो सम्बन्ध नराम्रो छैन । सम्बन्ध बिस्तार गरेर जान चाहन्छौं । तर जनताको सर्वोच्चता र राष्ट्रिय स्वाधीनताका लागि कसैसित पनि कम्प्रोमाइज गर्दैनौं ।
Q.
भारतीय माओवादीसँग कस्तो सम्बन्ध छ ?
A.
भारतीय माओवादीसित हाम्रो कुनै किसिमको सम्बन्ध छैन । हामी शान्ति प्रकि्रयामा नआउाजेल कुराकानी हुन्थ्यो । तर अहिले हामी शान्ति प्रकि्रयामा आएपछि न भेट भएको छ न कुराकानी भएको छ । हतियार सप्लाई गरेको कुरा त वाहियात र अफवाह हो । एकदमै गलत प्रचार हो ।
Q.
भनेपछि माधवकुमार नेपाल नेतृत्वमा राष्ट्रिय सरकार बनाइदिँदा के फरक पर्छ ?
A.
माधवकुमार नेपाल नेतृत्वमा कुनै पनि हालतमा राष्ट्रिय सरकार बन्न सक्दैन ।यो असंवैधानिक अलोकतान्त्रिक सरकार हो । त्यसैले जनताले हराएकाहरुको नेतृत्वको सरकारमा हामी सहभागी हुनै सक्दैनौं ।  
Q.
कहिलेसम्म नयाँ सरकार बन्छ त्यो सम्भावना छ ?
A.
हेर्नोस् नागरिक सर्वोच्चता कायम हुनुपर्छ उच्चस्तरीय राजनीतिक संयन्त्र बन्छ त्यसपछि प्रमुख दलका नेताहरु बसेर राष्ट्रिय सहमतिको सरकार बनाउने पहल सुरु हुन्छ । तर त्यसको नेतृत्व पनि माओवादीले नै गर्छ ।
Q.
प्रधानमन्त्री चाहिँ को हुन्छ तपाईं बाबुराम कि नारायणकाजी ?
A.
हाम्रो प्रधानमन्त्रीबारे कुनै विवाद छैन । राष्ट्रिय सरकार बन्ने पक्का भएको दुई मिनेटमै प्रधानमन्त्रीको निर्णय गर्छौ ।  
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.