REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Sujata Koirala

गिरिजाबाबु र प्रचण्डबीच कुरा मिल्यो : सुजाता नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला स्वास्थ्योपचारका लागि सिङ्गापुर जानुभएको छ। आइतबार पूर्ण स्वास्थ्यलाभ गरी उहाँ स्वदेश फर्कंदै हुनुहुन्छ। कोइराला र एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डबीच सिङ्गापुरमा भएको वार्ता राष्ट्रिय राजनीतिमा चर्चाको विषय बनेको छ। कोइराला र प्रचण्डबीच के सहमति भयो? के कुराकानी भयो? कोइरालासँगै जानुभएकी उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला पनि वार्तामा सहभागी हुनुहुन्थ्यो। कोइरालालाई विदेश लगेर उपचार गर्नुपर्छ भनी तीन वर्षदेखि लाग्नुभएकी सुजाताको इच्छा पूरा भएको छ। कोइरालासँगै रहनुभएकी सुजातासँग गिरिजाप्रसाद कोइराला र प्रचण्डबीचको वार्तालाई केन्द्रबिन्दु बनाएर ऋषि धमलाले टेलिफोनमा गर्नुभएको महत्वपूर्ण कुराकानी :
Q.
गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य कस्तो छ?
A.
गिरिजाबाबुको स्वास्थ्य एकदम राम्रो भएको छ। डाक्टरहरूले स्वास्थ्य परीक्षण गर्नुभएको छ। रिपोर्टहरू राम्रा आएका छन्। उहाँ पूर्ण स्वास्थ्यलाभका साथ आइतबार फर्कंदै हुनुहुन्छ। उहाँले यहाँ बस्दा पनि राजनीतिक परिस्थितिबारे चासो र चिन्ता देखाउनुभएको छ। प्रचण्डसँग कुरा गर्दा पनि उहाँमा देश र जनताप्रतिको चिन्ता देखिन्थ्यो।
Q.
गिरिजाप्रसाद कोइराला र प्रचण्डबीच के कुराकानी भयो?
A.
मुलुकको समसामयिक राजनीतिक घटनाक्रमलाई लिएर गिरिजाबाबु र प्रचण्डबीच महत्वपूर्ण कुराकानी भएको छ। राजनीतिक गतिरोध अन्त्य गर्नुपर्छ, सहमति र सहकार्यमा अगाडि बढ्नुपर्छ भन्नेमा दुवै नेताको कुरा मिलेको छ।
Q.
दुई नेताबीच के सहमति भयो?
A.
उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्ने र त्यसका लागि गिरिजाबाबु स्वदेश फर्किएपछि घोषणा गर्ने सहमति भएको छ। मुलुकको राजनीतिक गतिरोध अन्त्य गर्नेबारे मध्यमार्गी बाटो तय भएको छ। त्यसबाटै सबै समस्याको समाधान खोजिनेछ।
Q.
मध्यमार्गी बाटो भनेको के हो ?
A.
मध्यमार्गी बाटो भनेको अहिलेको परिस्थितिबाट माओवादी पछाडि हट्ने, लचिलो हुने, सदन खोल्ने, बजेट पारित गर्न दिने र नेपाली काङ्ग्रेसले पनि राष्ट्रपतिको कदमबाट उत्पन्न परिस्थितिबारे सकेजति लचिलो भइदिने हो। त्यसमा दुवै नेता सहमत भएका छन्। मध्यमार्गी बाटोबाटै मुलुकको राजनीतिक निकास खोज्नेबारे दुवै नेताहरूबीच प्रस्ट सहमति भएको छ।
Q.
काङ्ग्रेस राष्ट्रपतिका बारेमा लिएको अडानबाट पछि हटेको हो?
A.
अहिले म सबै कुरा भन्न सक्दिनँ। दुवै शीर्ष नेताहरूले वर्तमान राजनीतिक परिस्थितिबारे सूक्ष्म विश्लेषण गर्नुभएको छ। सहमतिको विकल्प छैन। मिलेर जानका लागि कहीँ न कहीँ मध्यमार्गी धार निकाल्ने र मुलुकको प्रमुख एजेण्डा शान्ति–प्रक्रिया तार्किक निष्कर्षमा पुर्याेउने र समयमै संविधान लेख्नेबारे दुवै नेता सहमत हुनुभएको छ। राष्ट्रपतिको कदमबारे काङ्ग्रेसको प्रस्ट अडान छ कि १८ दलको सहमतिमा राष्ट्रपतिले काम गर्नुभएको हो। उहाँले कुनै गल्ती गर्नुभएको छैन भन्नेमा अडान परिवर्तन भएको छैन।
Q.
कोइरालाले प्रचण्डलाई के भन्नुभयो?
A.
गिरिजाबाबुले प्रचण्डलाई १२ बुँदे समझदारीबाट सुरु गरेको यात्रालाई बीचैमा सानोतिनो कुरामा अल्झेर गन्तव्यमा पुग्नलाई बाधा अड्चन गर्नुहुँदैन। राष्ट्रिय सहमतिका साथ अगाडि बढ्नुपर्छ र सहमतिबाटै मुलुकको सबै समस्या समाधान हुन्छ। सहमति, सहकार्य र एकताका लागि जे गर्न पनि तयार छु भन्नुभयो। उहाँले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाऔँ र त्यसले मुलुकको सबै समस्याको समाधान गर्नेछ भन्नुभयो। उहाँले संयन्त्र नेपाली राजनीतिको गतिरोध अन्त्य गर्ने सञ्जीवनी बुटी बन्नसक्छ भन्नुभयो। त्यसका लागि दुवै नेताले मिलेर जानको विकल्प छैन भन्नेमा निष्कर्ष निकाल्नुभयो।
Q.
प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई के भन्नुभयो?
A.
प्रचण्डजीले गिरिजाबाबुलाई मङ्सिर ५ गतेसम्म सहमतिका लागि दिएको अल्टिमेटमबारे प्रसङ्ग उठाउनुभयो। मिल्नकै लागि समय राखेको स्पष्ट पार्दै सहमति र सहकार्यको पक्षमा रहेको बताउनुभयो। कसैलाई पनि मानमर्दन नहुनेगरी सहमतिको मिलनबिन्दु खोजौँ भन्नुभयो।
Q.
राष्ट्रपतिको बारेमा प्रचण्डले के भन्नुभयो?
A.
राष्ट्रपति हटाउन चाहेको वा त्यो पदको मानमर्दन गर्न नचाहेको प्रस्ट पार्नुभयो। उहाँले निकासका लागि साझा सङ्कल्प प्रस्ताव तयार गर्नका लागि काङ्ग्रेसलाई सकारात्मक भइदिन भन्नुभयो।
Q.
गिरिजाबाबुले के भन्नुभयो?
A.
गिरिजाबाबुले सहमति खोज्नैपर्छ। आइतबार स्वदेश फर्कनेबित्तिकै सहमतिका लागि अन्य नेताहरूसँग पनि छलफल चलाउँछु भन्नुभयो। उहाँले कुरा मिलेको छ र सहमतिको विकल्प छैन भन्नुभयो।
Q.
सरकार परिवर्तनका लागि वार्ता भएको हो?
A.
त्यस्तो कुरा उठेको छैन। हामी यही सरकारको पक्षमा छौँ। गिरिजाबाबुले यो सरकार निर्माणका लागि महत्वपूर्ण भूमिका निभाउनुभएको छ। अहिले समीकरण परिवर्तनको कुनै कुरा भएको छैन। मात्र राष्ट्रिय सहमतिका लागि वातावरण बनाउनेबारे सहमति भएको हो। म यही सरकारको पक्षमा छु।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.