REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Bijaya Kumar Gacchedar

कुनै सम्झौता हुनसक्दैन-गच्छेदार मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका केन्द्रीय अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री विजयकुमार गच्छेदार नेपाली राजनीतिका कुशल र सफल खेलाडी मानिन्छन् । प्रष्ट वक्ता, निडर व्यक्तित्व भएका गच्छेदार समिकरणको सूत्रधार मध्येका एक हुन् । सरकारलाई बचाउनका लागि दिनरात दिलोज्यानले लागेका छन् । सरकार ढाल्न कसैले नसक्ने बताउनुहुन्छ । ऋषि धमलासंग कुरा गर्दै गच्छेदारले भन्नुभयो, यो सरकारमा माओवादी पनि आउनेछ र राष्ट्रिय सहमतिको सरकार बन्छ ।
Q.
यो सरकारको आयु कति छ ?
A.
सरकार पूरा समय टिक्छ । यसको आयु नयां संविधान निर्माण गरी शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्‍याउदै संसदीय चुनाव सम्पन्न गराउञ्जेलसम्मका लागि हो ।
Q.
सरकार टिक्ने आधार के ?
A.
सरकार पूर्ण बहुमतमा छ । २२ दलको समर्थन छ । राष्ट्रिय अन्तराष्ट्रिय सहयोग र समर्थन प्राप्त गरेको छ । सरकारको जग कसैले हल्लाउन सक्दैन । सरकार टिक्ने आधारनै यही हो ।
Q.
सरकार ढाल्न सत्तारुढ दलभित्रैबाट चलखेल भएको चर्चा छ नि ?
A.
सत्तारुढ दलबाट कुनै विवाद छैन । सरकार ढल्ने कुनै सम्भावना छैन । हाम्रो एउटै मिसन छ कि लोकतन्त्रलाई संस्थागत गर्ने, लोकतान्त्रिक नयां संविधान निर्माण गर्ने र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याएर नयां नेपाल निर्माण गर्ने हो । कसैले चलखेल गर्छ भने तिनीहरु असफल हुन्छन् ।
Q.
सरकार ढाल्न गिरिजाप्रसाद कोइराला र प्रचण्डबीच सहमति भएको हो ?
A.
त्यो गलत हो । गिरिजाप्रसाद कोइराला स्वयंले त्यस्तो सहमति नभएको भनी खण्डन गरिसक्नुभएको छ । गिरिजाप्रसाद कोइरालाले बोलिसकेपछि म अरु व्याख्या गर्न चाहन्न । स्वयं प्रचण्डले खण्डन गरिसकेपछि अरु कुरै नगरौं । गिरिजाप्रसाद कोइरालाकी छोरी उपप्रधानमन्त्री सुजाता कोइरालाले यस्तो कुरा भएकै छैन भनिसक्नुभएको छ । त्यो त माओवादीको रणनीतिक चाल हो । त्यो चालबाट माओवादी कहिल्यै सफल हुनसक्दैन । म प्रष्ट रुपमा माओवादीलाई भन्न चाहन्छु कि सत्तारुढ दलहरुभित्र विवाद गराएर वा कुनै अस्त्र फयांकेर आफ्नो सपना साकार हुन्छ भन्ने ठान्नुभएको छ भने त्यो दिवासपना मात्र हुनेछ ।
Q.
सरकार टिक्नुपर्ने कारण के ?
A.
यो सरकार बहुमतको हो । लोकतन्त्र बचाउनका लागि र स्थायी शान्तिका लागि पनि यो सरकार टिक्नुपर्छ । यसलाई सारा नेपाली जनताको सहयोग छ । संविधान निर्माण गर्नका लागि पनि सरकार टिक्नुपर्छ । राष्ट्रिय दायित्व र जिम्मेवारी पूरा गर्नुपर्ने भएकाले पनि यो सरकार टिक्छ ।
Q.
माओवादीले सरकार नढली संविधान बन्दैन भन्नुभएको छ नि ?
A.
 सरकार कुनै हालतमा ढल्दैन । माओवादी नेतृत्वमा सरकार बन्न सक्दैन । उनीहरुले यो सरकारलाई ढालेर सत्ता कब्जा गर्ने रणनीति बनाएका छन् जुन कहिले पूरा हुनेछैन ।
Q.
प्रचण्डले छिट्टै सरकार ढाल्छु भन्नुभएको छ नि ?
A.
प्रचण्डजीको त्यो सपना पूरा हुदैन । उहाले चाहदैमा सरकार ढल्दैन । यो सरकारसाग पूर्ण बहुमत छ ।
Q.
सरकारलाई समर्थन गर्ने सभासदहरुको संख्या घट्दै गएको छ नि ?
A.
यो सरकारसाग संख्या घटेकै छैन । पहिला जे थियो त्यो भन्दा हामी बढाउन सक्छौं । घट्ने कल्पना नगरौं । यही सरकारमा माओवादी, मधेशी जनअधिकार फोरम समेत आउनुपर्छ । योबाहेकको बाटो छैन ।
Q.
माधवकुमार नेपाललाई यत्रो समर्थन गर्नुपर्ने कारण के ?
A.
विजयकुमार गच्छेदारले व्यक्तिलाई समर्थन गरेको होइन प्रणालीलाई समर्थन गरेको हो । लोकतान्त्रिक मूल्य मान्यता, कानुनी राज्यको अवधारणाबाट अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो । प्रेस स्वतन्त्रता, नागरिक अधिकारका पक्षमा सधै आवाज उठाएको छु । जनअधिकार खोस्नेहरुसंग कुनै सम्झौता हुनसक्दैन । पञ्चायत र निरंकुश राजतन्त्रविरुद्ध लड्दा कुनै सम्झौता गरिना, माओवादीको अधिनायकवादसाग पनि सम्झौता हुनसक्दैन । माधवकुमार नेपाल नेतृत्वको सरकार ढल्नु भनेको लोकतन्त्र खतरामा पर्नु हो । लोकतन्त्र बचाउन पनि माधव नेपाल नेतृत्वको सरकार टिक्नु अनिवार्य हुन्छ ।
Q.
राष्ट्रिय सहमतिको सरकार नबनी समस्या समाधान होला ?
A.
माओवादी यही सरकारमा आएपछि राष्ट्रिय सहमतिको सरकारको स्वरुप बन्छ । यो सरकारमा माओवादी आएपछि सबै समस्या समाधान हुन्छ । उनीहरुले अरु कुरा सोच्नुहुदैन । यही सरकारमा आएर संविधान निर्माण र शान्ति प्रक्रियामा योगदान पुर्‍याउनुपर्छ ।  
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.