REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Jhalanath Khanal

झलनाथ खनाल अध्यक्ष एमाले नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल नेपालको राजनीतिमा बौद्धिक र शालीन नेताका रुपमा परिचित हुनुहुन्छ । सत्तारुढ दल एमाले अध्यक्ष खनाल राष्ट्रिय सहमतिका पक्षमा अडिग हुनुहुन्छ । पार्टीको पोलिटब्युरो बैठक जारी रहेको छ । दलहरुबीचको द्वन्द्व अन्त्य गर्न घनिभूत रुपमा छलफल जारी छ । वर्तमान माधवकुमार नेपाल नेतृत्वको सरकारको विकल्प नरहेको अध्यक्ष खनालले बताउनुभयो । ऋषि धमलाले गरेको कुराकानी :
Q.
प्रधानमन्त्रीका दाबेदारका रुपमा देखिनुभएका खनाल पछिल्लो राजनीतिक घटनाक्रमबारे के भन्नुहुन्छ त ?
A.
मैले कहिल्यै पनि सरकारको विकल्प खोज्नुपर्छ भनेको छैन । पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा मैले नै माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेको हुँ र सर्वसम्मतिले त्यो निर्णय भएको हो । त्यसैले अहिले सत्ता समीकरण परिवर्तनभन्दा पनि मुलुकको प्रमुख एजेन्डा शान्ति संविधान र सहमतिका लागि अर्जुनदृष्टिका साथ हामी अघि बढ्नुपर्छ ।
Q.
तपाईंले पोलिटब्युरो बैठकमै राष्ट्रिय सहमतिका निम्ति माधव नेपालले त्याग गर्न समेत तयार हुनुपर्छ भन्ने प्रस्ताव राख्नुभएको होइन ?
A.
मैले त्यस्तो प्रस्ताव राखेकै होइन । गलत किसिमले त्यसको ब्याख्या भयो । मैले त एमाले पार्टी राष्ट्रिय सहमतिको पक्षमा हिजो पनि थियो आज पनि छ भोलि पनि हुनुपर्छ भनेको हुँ । राष्ट्रिय सहमतिका निम्ति एमाले जस्तोसुकै त्याग गर्न तयार छ र विगतमा पनि गरेको छु भनेको हुँ । माधव नेपालको विकल्पमा मैले राष्ट्रिय सहमतिको कुरा गरेको होइन । म त उहाँकै नेतृत्वमा त्यस्तो सरकार बनोस् भनेर दिनरात लागिरहेको छु ।
Q.
भनेपछि तपाईं माधव नेपालकै नेतृत्वमा माओवादीलाई ल्याउन सकि्रय हुनुभएको हो ?
A.
हामीले व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थ हेर्नुपर्छ । र माओवादीले पनि अहिले संविधान लेख्ने र शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याउनका लागि र मुलुकमा सहमतिको राजनीति अघि बढाउनका लागि यही सरकारमा आउनुपर्छ । त्यसका निम्ति प्रचण्डसँग पनि कुराकानी गरेको छु ।
Q.
माओवादीले त यो सरकारलाई नहटाई राष्ट्रिय सहमति हुनै सक्दैन भनेको छ नि ?
A.
अहिले सरकार परिवर्तनभन्दा पनि राष्ट्रिय सहमति बनाएर अघि बढ्नुको विकल्प छैन । सत्तालाई प्रमुख प्राथमिकता नदिऊँ । संविधान र शान्ति प्रकि्रयालाई अघि बढाउन कटिबद्ध भएर लागौं । त्यो नै नेपाली जनताको चाहना हो । त्यसले नै मुलुकका लागि संजीवनी बुटीको काम गर्न सक्छ । सहमतिका लागि कोही बाधक बन्नुहुँदैन ।
Q.
भनेपछि माधवकुमार नेपाल सहमतिका निम्ति बाधक बन्नुभयो भने पार्टीले के गर्छ त ?
A.
नेकपा एमालेको प्रस्ट अडान र दृष्टिकोण छ । राष्ट्रिय सहमतिको विकल्प छैन । त्यसका लागि जस्तोसुकै कदम उठाउन एमाले तयार छ । सत्ता परिवर्तनलाई प्राथमिकतामा राख्नु हुँदैन । माओवादीले सरकार ढाल्ने भन्दा पनि संविधान निर्माण संघीयता र राज्य पुनसर्ंरचनालाई प्रमुख एजेन्डा बनाउनुपर्छ ।
Q.
अब मुलुकले निकास पाउँछ त ?
A.
मुलुकले निकास पाउँछ र पाउनुपर्छ । 
Q.
कसरी पाउँछ ?
A.
दुई चार दिनमा मुलुकले निकास पाउँछ र सबै राजनीतिक दलका नेताहरुमा इच्छाशक्ति भयो भने समाधानका लागि धेरै समय कुर्नै पर्दैन । त्यसैले मलाई विश्वास छ सबैले आत्मसमीक्षा गरेर राष्ट्रिय संकटको निकास खोज्नैपर्छ ।
Q.
तीन दलको बैठकहरुले निकास देला ?
A.
तीन दलको बैठक बसेर यसको निकास निकाल्नैपर्छ । विकल्प भनेको सहमति सहकार्य र एकता नै हो ।
Q.
उच्चस्तरीय राजनीतिक संयन्त्रबारे चाहिँ कति प्रगति भइरहेको छ ?
A.
उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने सहमति भइसकेको छ । संविधान लेखन प्रकि्रयालाई अघि बढाउन यो महत्वपूर्ण संयन्त्र हुन्छ । यसले दलहरुबीच देखिएको द्वन्द्व समाधान गर्ने गठनबन्धन दलहरुबीच समस्या आयो भने तत्काल समाधान गरेर अघि बढ्न सहायक सिद्ध हुनेछ ।
Q.
दलहरुभित्रै संयन्त्रको विरोध हुन थाल्यो नि ?
A.
दलहरुले यसको विरोध गर्नुपर्ने कारणै छैन । गिरिजाप्रसाद कोइरालासँग यसबारे मेरो कुरा मिलिसकेको छ । हामी यसको घोषणाको साइत मात्र पर्खिरहेका छौं ।
Q.
माओवादीले गणराज्य घोषणा गर्न लागेको छ यसमा एमालेको दृष्टिकोण के हो ?
A.
माओवादीले गणराज्य घोषणालगायत आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर सहमतिमा आउनुपर्छ । आन्दोलनले समस्या समाधानमा मदत पुर्-याउँदैन । यो कुरा माओवादीले बुभुनुपर्छ । माओवादीले गणराज्य घोषणा फिर्ता लिन्छ भन्ने कुरामा म विश्वस्त छु । यो शान्ति सम्झौता विपरीत काम हो ।  
‹‹ Back
Latest Video
Civil Homes
जिल्ला समाचार
सिराहामा लुट्न वसेका डाँका प्रहरी नियन्त्रणमा
[July 30 2010]
सिराहा १४ साउन । पूर्व पश्चि महेन्द्र राजमार्ग अन्र्तगत सिराहा जिल्लाको असनपुर गाविस वडा नम्वर १ वाट प्रहरीले आधा दर्जन डाका लाई हतियार सहित पक्राउ
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
utl ad
Manakamana Temple
Dabur
NTC
Akhadya
Lumbini
Pyramid
Pentagon
Kist Bank
Reliance Int'l
Baby Care
Texas
New Millennium
Princeton
National Campus
Omega
King's College
Columbus
KnK
Nasa
Rehdon
Prime College
Nepal Food Corporation
Citizens Bank
SM College
Trinity Int'l
St. Lawrence
DAV College
KMC
Global
Lord Buddha
GEMS
Nobel Academy
Aberdeen
Bernhardt
LA
V.S. Niketan
Nightingale College
Donbosco
Triton College
Alliance Academy
southwestern
Jubilant College
Xavier
International School of
CFL Bulb
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.