REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Sher Bahadur Deuba

शेरबहादुर देउवा वरिष्ठ नेता नेपाली कांग्रेस
Q.
माओवादीले धमाधम गणराज्य घोषणा गर्दा पनि कांग्रेस सशक्त रुपमा उत्रिन सकेको छैन नि ?
A.
माओवादीले गणराज्य घोषणा गरेर संविधानसभाको औचित्यमाथि नै प्रश्नचिन्ह खडा गरिदिएको छ । यो घोषणा संविधान र कानुनको ठाडो उल्लंघन हो । यस्तो असंवैधानिक कि्रयाकलापको हामी डटेर प्रतिवाद गर्छौ ।
Q.
यसको विरुद्ध तपाईंहरु के गर्नुहुन्छ त ?
A.
यो माओवादीको चालवाजी हामी कुनै पनि हालतमा सफल हुन दिँदैनौं । माओवादीहरुले शान्ति सम्झौतै भंग गर्ने किसिमले  काम गरिरहेका छन् । माओवादीहरु समयमा संविधान निर्माण गर्न पनि चाहँदैनन् र शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याउन चाहँदैनन् भन्ने प्रमाणित गरेको छ । त्यसैले यस्तो घोषणाविरुद्ध हामी एकभएर जान्छौं । माओवादीले यस्तो घोषणा गरेर आपुनो खुट्टामा आफैं बन्चरो हानेको छ । यसबाट सबैभन्दा बढी घाटा माओवादीलाई नै हुन्छ ।
Q.
तपाईंहरु विरोध मात्र गर्नुहुन्छ माओवादीले तपाईंको कुरै सुन्दैन नि ?
A.
माओवादीहरुले जसरी गणराज्य घोषणा गरे यसबाट प्रस्ट हुन्छ कि उनीहरु अझै पनि सत्ता कब्जा गर्ने रणनीतिमा छन् । माओवादी एकदलीय तानाशाही लाद्न गरेको गणराज्य घोषणा आम हडताल र जग्गा कब्जा फिर्ता लिएर सहमतिमा आउनैपर्छ । नागरिक सर्वोच्चताका नाममा गरिएका यस्ता हर्कत बन्द गरेर संविधान बनाउने प्रकि्रयामा निसर्त सहयोग गर्नुपर्छ ।
Q.
भनेपछि समयमा संविधान बन्ने आधार छ ?
A.
संविधान बन्दैन भने माओवादीकै कारण बन्दैन  । संविधान निर्माणमा अवरोध गरिरहेको छ गणराज्य घोषणा गरेर संघीयतालाई ओझेलमा पारेको छ मूल धारको राजनीतिमा आइसकेपछि पनि हत्यांिहसा गर्ने चन्दा उठाउने व्यक्तिगत र सरकारी जग्गा कब्जा गर्ने काम गरिरहेको छ । यसले के देखाउँछ भने माओवादी जनताको होइन जनविरोधी पार्टी हो ।
Q.
माओवादीविरुद्ध सबै पार्टी एक भएर जान्छन् कि सहमतिमा आउँछ त ?
A.
 माओवादी सच्चिएन उसको गलत रवैया कायमै रह्यो प्रजातान्त्रिक पद्धति स्वीकारेन भने हामीले विकल्प खोज्नैपर्छ । अझै पनि हामी संवाद सहकार्यको पक्षमा छौं । तर उसले प्रजातन्त्रलाई नै समाप्त पार्न चाहिरहेको छ । गणराज्य घोषणा गरेर मुलुकमा गृहयुद्ध निम्त्याउने र मुलुक टुक्राउन खोजिरहेको छ । यसको हामी मिलेर डटेर सामना गर्नुपर्छ र सशक्त प्रतिकार गर्नुपर्छ ।
Q.
माओवादीले संघीयतालाई बलियो बनाउन घोषणा गरेको भनिरहेको छ नि ?
A.
यो माओवादीको सफेद झुट र अफवाह हो । यस्तो पनि कसैले पत्याउँछ  शान्ति सम्झौता विरोधी कामले सबैभन्दा घाटा माओवादीलाई नै पुर् याएको छ । माओवादीले केटाकेटी जस्तो कुरा गरिरहेको छ । यसलाई पत्याउन कोही तयार छैन । 
Q.
नागरिक सर्वोच्चताको आन्दोलन के हुन्छ त ?
A.
के को नागरिक सर्वोच्चता ? माओवादी नागरिक सर्वोच्चता मान्ने पार्टी हो ?  उसले कहिल्यै नागरिक सर्वोच्चता कहिले स्वीकारेको छ ? उसले सत्ताका लागि मात्र आन्दोलन गरेको हो । अव सबै आन्दोलन फिर्ता गर्नुको कुनै विकल्प छैन ।
Q.
अव मुलुक द्वन्द्वमा जान्छ कि निकास निस्कन्छ ?
A.
हामी द्वन्द्व होइन सहमति चाहन्छौं । तर माओवादीले शान्ति र सहमति चाहेको छैन । उसले मुठभेड चाहेको उसका गतिविधिले देखाइरहेका छन् । तर हामी माओवादीलाई भन्न चाहन्छौं संविधान र शान्तिविरोधी गतिविधि रोकर सहमतिमा आउनुपर्छ ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.