REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY
प्रमुख समाचार
|  माओवादी र काग्रेस कसको उमेदवारलाई समर्थन गर्ने भन्ने मोर्चाको धारणा आज आउने   |   NC REGIONAL CONVENTION TODAY   |   POLICE NABS 10 Q MARIJUANA   |   MAOISTSTO HANOVER ITS NOTION ON FRONT'S DEMANDS TODAY   |   NEMBANG URGES PARTIES FOR SECURING SAFE LANDING   |   UDMF DISCUSSING MAOIST'S ANSWER TO THEIR DEMANDS   |   MAOIST CANT FORM GOVT: OLI   |   UNSATISFIED WITH THE LEADERSHIP DOZEN'S OF UML'S MEMBER LEAVE THE PARTY   |   NEPAL TELECOM COMING INTO ACTION FOR TOPING ASIA   |   DIARRHEA GOES OUT OF CONTROL IN NEPALGUNG   |   NC GOES FOR YOUTHS IN REGIONAL CONVENTION   |   NC SENDING ITS WRITTEN ANSWER TO FRONT'S DEMAND   |   UDMF MEETING UNDERWAY FOR FINALISING ITS STRATEGY FOR TOMORROW   |   जीप पल्टिदा ९ को मृत्यु   |   माओवादीले सरकार वनाउन सक्दैनः ओली   |   एमालेका दजर्नौ कार्यकर्ताद्धारा पार्टी परित्याग, एमाले व्यक्तिवादी पार्टी   |   माओवादी प्रमुख राजनीतिक दुश्मन   |   नेपाल टेलिकम दक्षिण एसीयाकै उत्कृष्ट बन्ने योजनामा   |   अघिकांसमा जिल्लामा युवा प्रतिनीधिको छनौट   |   झाडापखाला नियन्त्रणमा आउन कठिनाइ   |   मोर्चाका मागमा कांग्रेसले लिखित जवाफ पठाउँदै   |   मोर्चाको बैठक बस्दै, भोलिको चुनाव बारे आधिकारीक धारणा आउने   |   मोर्चाको मागमा काग्रेसको लिखित जवाफ केही बेरमा   |   आजबाट बजारमा सरकारी हस्तक्षेप   |   नेपाली काग्रेसमा यूवा वर्चश्व   |   पाकिस्तान बिरुद्धको पहिलो टेष्ट कि्रकेटमा इङल्याण्डद्धारा इनिङ समाप्तीको घोषणा   |   शिर्षकः सय वर्ष बाँच्न दोश्रो विवाह   |  

Face to Face
Rishi Dhamala with  Prachanda

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड भारतसँग निकै रुष्ठ देखिनुहुन्छ । मुलुकको समस्या समाधानका लागि दलहरु तयार नभएको भन्दै यसको रिमोट कन्ट्रोल भारतबाटै साचालित भएको निष्कर्षमा उहाँ पुग्नुभएको छ । पूर्व प्रधानमन्त्री प्रचण्ड अझै सहमतिका लागि एक महिनाको समय दलहरुलाई दिनुभएको छ । उहाँ किन भारतविरोधी हुनुभयो त के भयो मुलुक अब सहमति र सहकार्य टुटाएर मुठभेडमा गएकै हो । रिपोर्टर्स नेपाल डट कमसित ऋषि धमलाले गर्नुभएको संक्षिप्त कुराकानी :
Q.
तपाईं भारतविरुद्ध निकै खनिनुभयो नि ?
A.
म भारतविरुद्ध खनिएको होइन । मैले वास्तविकता मात्र बताएको हुँ । नेपालको समस्या समाधान गर्नका लागि जसरी कठपुतली सरकारमा सहभागी दलहरु तयार हुनुपथ्र्यो त्यसरी तयार भएनन् । नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदम सच्चिनुपर्छ भनेर हामीले सात महिनादेखि आन्दोलन गर् यौं । तेस्रो चरणको आन्दोलन सम्पन्न भयो । कैयौ पटक सहमतिका लागि वार्ता भयो । तर ज्यूको त्यूँ रह्यो । अहिलेसम्म कुनै प्रगति भएन । दलहरुले कानमा तेल हालेर बसे । कांग्रेस र एमाले भारतको इशारामा काम गरिरहेका छन् । त्यसैले मैले नेपालको समस्या समाधानका लागि भारतसँगै कुरा गनुपर्छ भन्ने निष्कर्ष निकालेको हुँ ।
Q.
कहिलेदेखि कुराकानी थाल्नु हुन्छ त ?
A.
मैले प्रधानमन्त्रीबाट राजिनामा दिएदेखि नै भारतसँग कुराकानी गर्न चाहेको थिएँ । एकपटक दिल्लीमा गएर अहिलेका कन्पुयुजन हटाऔं र नयाँ शिराबाट सम्बन्ध विस्तार गरौं भन्ने चाहेको हुँ । त्यसैले नेपालको वर्तमान समस्या समाधानको साँचो सरकारमा रहेका दलहरुसँग नभएर भारतसँग छ भन्ने मैले ठानेको छु । त्यसकारण दिल्लीले बोलाए जुनसुकै बेला नेपाल र नेपालीको हितमा राष्ट्रिय स्वाभिमान जगेर्ना गर्न कुरा गर्न तयार छु ।
Q.
भारतसँग केका लागि कुरा गर्ने ?
A.
भारतसँग कुरा गर्ने धेरै एजेन्डा छन् । जस्तो १९५० लगायत सबै असमान सन्धिको खारेजी बदलिँदो परिस्थिति अनुरुप नयाँ सन्धि कालापानीदेखि सुस्तासम्मका सीमा समस्याको दीर्घकालीन समाधान दुई देशबीच रहेका सबै खाले समस्याका समाधान र भारत र चीनबीच रहेकाले समानताका आधारमा आर्थिक क्रान्तिका लागि नयाँ किसिमले विशेष डिल गर्न आवश्यक छ । अब भारतीय सेनापतिले नेपाली सेनालाई जुन किसिमले सेना समायोजन गर्नहुन्न भने । यस्ता विषयमा हामीले भारतसँग कुरा गर्नुपर्ने छ ।
Q.
नेपालको समस्या समाधान गर्न दिल्ली नै जानुपर्ने यहाँका सरकार र दलहरुले समस्या समाधान गर्न सकेनन् ?
A.
यहाँका दलहरु जुन कठपुतली सरकारमा छन् उनीहरु कसैको इशारामा साचालित छन् । स्वविवेकीय अधिकार प्रयोग गर्न सकिरहेका छैनन् । माधवकुमार नेपाल कसैको निर्देशनमा चलिरहेका छन् भन्ने उनको अभिव्यक्तिबाटै थाहा हुन्छ । नेपालको समस्या नेपालीले नै समाधान गर्न चाहेर हामीले बारम्बार निकासको पहल गर्यौं । तर त्यसले कुनै निर्णय दिन सकेन । त्यसैले मलाई यहाँका दल र सरकारसँग वार्ता गर्ने्र भनेपछि मन मरेर आएको छ ।  हामी नेपालीको शिर कहिल्यै पनि झुक्न दिँदैनौं । तर पनि यो सरकार जुन ग्य्रान्ड डिजाइनमा बन्यो त्यसका लागि भारतसँग कुराकानी गर्न आवश्यक छ । भारतले पनि नेपालको लागि विगतमा जुन सहयोग गरेको थियो । यसपटक उसले राष्ट्रिय सहमति कायम गर्न र नेपाली जनताको हक र हितका लागि सहयोग गर्नुपर्छ ।  यो कठपुतली सरकारले जनचाहनाअनुसार काम गर्न सकेन र यसले आफनो हैसियत र धरातल बिसर्ियो । जसले बनाएको छ त्यहीसँग कुरा गरौं भन्ने मेरो भनाइ हो ।
Q.
अब के मुलुक द्वन्द्वतिरै गएको हो के सहमति चाहनुहुन्न तपाईंहरु ?
A.
हामी द्वन्द्व र मुठभेठका पक्षमा छैनौं । राज्य निर्लज्ज र नांगो रुपमा मुठभेडमा जान चाहिरहेको छ । सरकारमा रहेका केही मन्त्रीहरु मुलुकमा गृहयुद्ध मच्चाएर सैनिक शासनको परिकल्पनामा लागेका छन् । हामी त्यो कुनै हालतमा पूरा गर्न दिँदैनौं ।
Q.
भनेपछि सहमतिको सम्भावना छ ?
A.
अझै पनि सरकारमा भएका दलहरुले गम्भीर भएर सोच्छन् आत्मसमीक्षा गर्छन् र नागरिक सर्वोच्चता कायम राख्नका लागि राष्ट्रपतिको कदम सच्चाएर अगाडि बढ्न तयार हुन्छन् भने सहमतिका बाटाहरु छन् । त्यसका लागि हामीले एक महिनाको समय दिएका छौं । जनजागरण र भण्डाफोरको कार्यक्रम छ । त्यो अवधिभित्र सहमति होस् भन्ने मेरो चाहना छ । त्यो भएन भने माघ १० देखि सुरु गर्ने अनिश्चितकालीन आम हडताल गर्छौ ।
Q.
सहमतिका लागि सरकारले के गर्नुपर्छ त ?
A.
सहमतिका लागि सरकारमा रहेका दलहरुले साझा संकल्प प्रस्तावमा छलफल गर्न तयार हुनुपर्छ । राष्ट्रपतिको कदम सच्चाएर नागरिक सर्वोच्चता स्थापित गर्नुपर्छ । त्यो भयो भने हामी शान्ति प्रकि्रया निष्कर्षमा पुर् याउने र नयाँ संविधान लेखेर मुलुकलाई अग्रगामी दिशातिर अगाडि बढाउन सक्छौं ।
Q.
तपाईंहरु शान्ति प्रकि्रयाबाट भाग्दै हुनुहुन्छ भन्ने छ नि ?
A.
माओवादी कुनै पनि हालतमा शान्ति प्रकि्रयाबाट भाग्दैन । जस्तोसुकै परिस्थितिमा पनि शान्ति प्रकि्रया निष्कर्षमा पुर् याएर र संविधान लेखेरै छाड्छौं । यहाँ कसैले संविधानसभा विघटन गरेर सैनिक आडमा राष्ट्रपति शासन लगाउने सोचेको छ भने त्यो दिवास्वप्न हो । संविधानसभाको म्याद सकिएको दिन राष्ट्रपतिको पनि औचित्य सकिन्छ ।
Q.
उच्च स्तरीय राजनीतिक संयन्त्र नबनेकाले यो समस्या देखिएको भनिन्छ नि ?
A.
 उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन गिरिजाबाबुसँग पहिले सहमति भइसकेको हो । त्यसको पक्षमा म अझै छु । त्यो आवश्यक छ । तर के कारण र कसको कारण बन्न सकेन भन्ने जगजाहेर छ । राष्ट्रपतिको कदम सच्चिएको भोलिपल्ट सबै कुराको समाधान हुन्छ ।   
‹‹ Back
Latest Video
Civil Homes
जिल्ला समाचार
सिराहामा लुट्न वसेका डाँका प्रहरी नियन्त्रणमा
[July 30 2010]
सिराहा १४ साउन । पूर्व पश्चि महेन्द्र राजमार्ग अन्र्तगत सिराहा जिल्लाको असनपुर गाविस वडा नम्वर १ वाट प्रहरीले आधा दर्जन डाका लाई हतियार सहित पक्राउ
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
utl ad
Manakamana Temple
Dabur
NTC
Akhadya
Lumbini
Pyramid
Pentagon
Kist Bank
Reliance Int'l
Baby Care
Texas
New Millennium
Princeton
National Campus
Omega
King's College
Columbus
KnK
Nasa
Rehdon
Prime College
Nepal Food Corporation
Citizens Bank
SM College
Trinity Int'l
St. Lawrence
DAV College
KMC
Global
Lord Buddha
GEMS
Nobel Academy
Aberdeen
Bernhardt
LA
V.S. Niketan
Nightingale College
Donbosco
Triton College
Alliance Academy
southwestern
Jubilant College
Xavier
International School of
CFL Bulb
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.