REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Ramchandra Poudel

रामचन्द्र पौडेल नेता-नेपाली काँग्रेस
Q.
माओवादीको देशै कब्जा गर्ने रणनीतिलाई काँग्रेसले कसरी हेरेको छ ?
A.
माओवादीले सधैं जनभावनाविरुद्ध जानु हुँदैन भन्ने कुरा बुझ्नुपर्छ । सबै संयम बन्नुपर्छ जो संयम बन्दैन- ऊ आफैं सकिन्छ । त्यसैले माओवादीले जतिसुकै जालझेल गरे पनि अन्त्यमा ऊ आफैं सकिन्छ ।
Q.
मुलुक द्वन्द्व र अराजकतातिर अघि बढ्दै छ यसको निदान कसरी हुन्छ ?
A.
गणतन्त्र आइसके पनि हामीले शान्तिपूर्ण रुपमा बाच्न नपाउने हामी कुटिनेपिटिने अनि स्वतन्त्र रुपमा बाँच्न नपाउने यही प्रश्न हामी जनतासमक्ष गर्नेछौं । अनि हामी भन्नेछौं माओवादीले अधिनायकवाद चलाउन खोज्न्ो अनि निरंकुशता लाद्न खोज्ने । त्यो हामी कदापि पूरा हुन िदंदैनौं । त्यो उसको दिवासपनामात्रै हुनेछ ।
Q.
यसले गर्दा मुलुक त मुठभेडतिर जाँदै छ नि ?
A.
मुठभेड रोकेर सहमतिमा लान हामीले शान्ति अभियान ल्याएका हौं । हाम्रो प्रयास त्यही रहन्छ । त्यही प्रयत्न र प्रयासका लागि हामी जाँदैछौ जनतासमक्ष । सहमतिको आवश्यकता छ र त्यसकै पक्षमा दबाव सृजना गर्ने उद्देश्य पनि हाम्रो हो ।
Q.
माओवादी सहमतिमा नआए त मुठभेड हुने भो हैन ?
A.
सहमतिको पक्षमा आएन भने जनताको उसमाथि दबाव पर्छ त्यसको परिणाम उसैले भोग्नुपर्छ ।
Q.
संविधान लेखिन्छ र समयमै शान्ति प्रकि्रया तार्किक निष्कर्षमा पुग्छ त ?
A.
शान्तिलाई निष्कर्षमा पुर् याउने र संविधान लेख्ने नै हाम्रो अभियान हो । अहिले हामी त्यही शान्ति र मेलमिलापकै लागि अभियान चलाउँदैछौं । शान्तिपूर्ण रुप्ामा बाँच्न पाइँदैन भने संविधानले मात्रै के गर्छ  त्यसैले शान्तिसहितको संविधान लेख्ने नै हाम्रो अभियान हो ।
Q.
तपाईंकै पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले अघि सार्नुभएको उच्चस्तरीय राजनीतिक संयन्त्र त अहिलेसम्म बनेन नि ?
A.
-त्यो त माओवादीले नै बन्ााउन चाहेनन् नि । हाम्रो पार्टीको त एउटै उद्देश्य हो- सबै शान्ति सहमति र मेलमिलापका साथ अघि बढौं र समस्या समाधान गरौं भन्ने त्यसका लागि त सबै तयार हुनुपर् यो नि । माओवादीले त्यो संयन्त्र बनाउन चाहेकै छैन । हामी यो संयन्त्रको पक्षमा छौं यसैले समस्या समाधान गर्छ ।
Q.
वर्तमान सरकारको विकल्प खोज्ने बेला भएन ?
A.
किन गर्ने परिवर्तन सरकार त चलिरहेकै छ नि । बेला-बेलामा सरकार परिवर्तन गर्दा मुलुकमा अस्थिरता आउँछ । अहिले त शान्ति चाहिएको छ नि त्यसैले शान्तिलाई साकार बनाउन पो सबै जना लाग्नुपर् यो त । सरकार परिवर्तन आवश्यक छैन ।
Q.
नेपाली काँग्रेसले शान्ति अभियान किन अघि सारेको ?
A.
इतिहास अझै दोहोरिन्छ भनेझैं मुलुक अझै पनि संकटमा छ । यो देशको राष्ट्रिय एकता मेलमिलाप र स्थायित्व कायम गर्नका लागि यो कार्यक्रम ल्याउन लागिएको हो । मुलुकलाई अहिले पनि मेलमिलापको खाँचो छ ।
Q.
शान्ति अभियान एकताका लागि हो या द्वन्द्वका लागि ?
A.
यो शान्तिका पक्षमा दबाव दिनका लागि हो । यसले द्वन्द्व बढाउने त कुरै आउँदैन । मुख्य उद्देश्य भनेकै स्थायी शान्ति भएकाले नेपाली काँग्रेसले देशव्यापी रुपमा राष्ट्रिय अभियान चालेको हो ।
Q.
माओवादीविरुद्ध लक्षित छ रे नि तपाईंहरुको अभियान ?
A.
माओवादीमात्रै जनता होइनन् यहाँ अरु पनि जनता छन् । यहाँ माओवादीले ज्यादती गरिरहेको छ । जनताले शान्ति चाहेका छन् । नियम कानुन अनि मानवअधिकार र शान्तिको कुरालाई सबैले मान्नुपर्छ । मुलुक अहिले गणतन्त्रमा प्रबेश गरिसकेको छ । राजा गइसकेको वर्तमान अवस्थामा किन बन्दुकको कुरामात्रै गरिन्छ  माओवादीले अहिले पनि बन्दुकको राजनीति छोडेको छैन । त्यसलाई सही ठाउँमा ल्याउन पनि यो अभियान सही साबित हुनेछ ।
Q.
सबै दलको साझा कार्यक्रमको रुपमा जान्छ कि काँग्रेसको मात्रै एकलौटी कार्यक्रम हो ?
A.
यो काँग्रेसको मात्र होइन- सम्पूर्ण जनताको साझा कार्यक्रम हो । माओवादीको ज्यादतीविरुद्ध जो जो जान्छन् उनीहरु सबै यो कार्यक्रममा सहभागी हुन सक्छन् ।
Q.
माओवादी शान्ति र लोकतन्त्रको पक्षमा छैन र ?
A.
मुलुकको आवशयकता यही हो कि अहिले शान्ति र लोकतन्त्र सबैलाई चाहिएको छ । यदि माओवादी मान्दैनन् भने उनीहरु एक्लिन्छन् ।
Q.
तपाईंहरु कुरामात्रै गर्नुहुन्छ कि काम पनि ?
A.
अहिले शान्ति सबैलाई चाहिएको छ । त्यसैले मुलुकभर घरघरमा शान्तिको सन्देश लिएर हामी जान्छौं । हामी यसलाई व्यवहारमै उतारेर देखाइदिन्छौं । 
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.