REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Dr. Baburam Bhattarai

'भारतले त प्रचण्डलाई पनि अघिसारेको हो नि' एकिकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष डा। बाबुराम भट्टराई पार्टीको नीति-निर्माता र योजनाकारमा गनिनु हुन्छ । बौद्धिक चिन्तक र क्षमतावान राजनीतिज्ञ भट्टराई समय-समयमा प्रधानमन्त्रीका रुपमा पनि चर्चामा आउने गर्नुहुन्छ । यसपटक फेरि पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बने पार्टी अध्यक्ष प्रचन्ड नै प्रधानमन्त्री बन्ने निर्णय गरेको छ । यस सन्दर्भमा रिपोर्टस्र नेपाल डटकमका लागि ऋषि धमलासँग कुरा गर्दै डा। भट्टराईले आफूले प्रधानमन्त्री पदका लागि राजनीति नगरेको बताउनुभयो । प्रस्तुत छ अन्तर्वार्ताको प्रमुख अंश:
Q.
माओवादी अब कसरी अघि बढ्छ ?
A.
- हाम्रो पार्टीको निर्णयअनुसार दृढतापूर्वक कार्यान्वयनमा जान्छौँ । राष्ट्रियता नागरिक सर्वोच्चता शान्ति स्थापना संविधान निर्माणलगायतका मुद्दाहरुमा हामी दृढ छौँ । जसरी तीन चरणको आन्दोलनसम्म जनताले हामीलाई साथ दिए र जनताबीच व्यापक रुपमा हामी गयौँ त्यसरी नै हामी अब पनि जनताबीच जान्छौँ ।
Q.
माओवादीको सरकार बन्न सक्ने संभावना छ अहिले ?
A.
-संभावनाभन्दा पनि अहिलेको आवश्यकता हो । शान्ति प्रकि्रयाको आधा हिस्सा हो एनेकपा माओवादी माओवादीको सहभागिताबिना शान्तिप्रकि्रयाले पूर्णता पाउन त सक्दैन र संविधान पनि बन्न सक्दैन । यस हिसाबमा माओवादी नेतृत्वको राष्ट्रिय सरकार अहिलेको अपरिहार्य आवश्यकता हो ।
Q.
अपरिहार्य आवश्यकता र संभावना त अलग कुरा हो नि संभावना कति देख्नुहुन्छ ?
A.
- त्यो भएन भने त मुलुक फेरि द्वन्द्वमा जानु हो ।
Q.
माओवादीको सरकार बन्यो भने त्यसको नेतृत्व कसले गर्ने तपाईंले कि अध्यक्ष प्रचण्डले ?
A.
- हाम्रो पार्टीले निर्णय गरिसकेको छ अध्यक्ष प्रचण्डले नै गर्ने भनेर ।
Q.
यसअघि त डा। बाबुरामले अबको सरकारको नेतृत्व गर्ने भन्ने थियो त ?
A.
- हामी पदको लागि छिनाझपटी गर्दैनौँ पार्टीले यही निर्णय गरिसकेको छ ।
Q.
प्रचण्डकै आवश्यकता परेको हो र फेरि पार्टीका लागि ?
A.
-हाम्रो पार्टीको निर्णय यही हो । अध्यक्ष प्रचण्डले नै नेतृत्व गर्दा राम्रो होला भन्ने समझदारी बनेको छ ।
Q.
यो समझदारी कार्यान्वयन होला त ?
A.
राष्ट्रिय सहमतिको सरकार बन्न अन्य दलको पनि सहयोग आवश्यक पर्छ यो सबैले बुझेको कुरा हो तर हाम्रो पार्टीको निर्णय यही नै हो ।
Q.
प्रचण्डजीले त बाबुराम नै प्रधानमन्त्री बन्ने कुरा गर्नुभएको थियो होईन र ?
A.
- बाबुराम बन्नेभन्दा पनि आफूचाहिँ नबन्ने भन्ने कुरा गर्नुभएको हो ।
Q.
तपाईंलाई भारतले प्रधानमन्त्री बन्न दबाव दिएको छ भन्ने कुरा छ नि त ?
A.
- बजार हल्लाअनुसार त प्रचण्डजीलाई पनि भारतले अघिसार्न खोजेको हो र मलाई पनि । तर यी सब चरित्र हत्या गर्ने प्रपाच हुन् ।
Q.
प्रचण्डजीलेचाहिँ किन बोल्नुभयो त बाबुरामलाई भारतले अघिसारेको छ भनेर ?
A.
- मंगलबारकै पत्रकार सम्मेलनमा अध्यक्षले स्पष्ट पारिसक्नुभएको छ कि बाबुरामलाई मात्र होइन आफूलाई पनि भारतले अघिसार्न खोजेको हो भनेर ।
Q.
हैन उहाँले त बाबुराम भारतपरस्त हो भन्न खोज्नुभएको छ नि त ?
A.
- यो त तपाईंहरु नै बुझ्नुहोस न अध्यक्ष प्रचण्डलाई उसले अघिसार्दा भारतपरस्त नहुने तर बाबुराम भारतपरस्त हुने कसरी हुन्छ ?
Q.
यसको मतलब अब माओवादीभित्र तपाईं दुईबीच द्वन्द्व हुन्छ ?
A.
- हामीबीच पदको लागि कहिल्यै द्वन्द्व हुँदैन । बाबुरामको इतिहास भनेको जहिले पनि त्याग बलिदानको इतिहास हो । मैले उपप्रधानमन्त्री बन्ने बेला पनि बामदेबलाई छोडेको हुँ पार्टीभित्रै पनि कामरेड प्रकासलाई आफ्नो स्थान छोडेको हुँ सबैले बुझेकै कुरा हो यो ।
Q.
तपाईं कहिलेसम्म यसरी त्याग मात्र देखाइरहनु हुन्छ राजनीतिमा ?
A.
- म त देश पूर्ण आमुल परिवर्तन होस् छिटो समृद्धि हासिल गरोस् नेपालीले सँधै यस्तो अभावमा बाँच्नु नपरोस् भन्ने चाहनालाई मुर्तरुप दिने कार्यलाई सर्वोपरि ठान्ने व्यक्ति हुँ । यसका निम्ति कहिलेसम्म त्याग देखाउनु पर्छ भन्ने कुराको हिसाब मैले लगाएको छैन ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.