REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Top Bahadur Rayamajhi

बाबुरामलाई प्रधानमन्त्री बन्न कसैले रोक्न सक्दैन टोपबहादुर रायभाझी स्थायी सदस्य एकीकृत माओवादी एकीकृत नेकपा माओवादीका प्रभावशाली नेता टोपबहादुर रायमाझी पार्टीभित्र मनका लागेका कुरा निर्भिक रुपमा राख्ने नेताका रुपमा चिनिनुहुन्छ । खर् हो स्पष्ट वक्ता र जुझारु क्रान्तिकारी छविका स्थायी समिति सदस्य रायमाझीसँग माओवादीको आन्तरिक राजनीति र आन्दोलनका बारेमा रिपोर्टस्र नेपाल डटकम का लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानी :
Q.
माओवादी आन्दोलन अब कहाँ गएर टुंगिन्छ ?
A.
आन्दोलन नागरिक सर्वोच्चता प्राप्त गरेपछि टुंगिन्छ ।
Q.
अब माओवादी भारतसँग मिल्छ कि भिड्छ ?
A.
सन् १९५० को असमान सन्धि सीमा विवादलगायत असहमति रहँदासम्म संघर्ष चलिरहन्छ । तर सहकार्यको ढोका पनि खुलै छ ।
Q.
अब सिधै वातर् हुन्छ कि युद्ध ?
A.
भारतसँग हामीले युद्ध चाहेका छैनौं । भारतसँग असमान र नमिलेका कुरामा छलफल गर्ने हो ।
Q.
कूटनीतिक कि राजनीतिक स्तरमा ?
A.
दुइटै बाटोबाट समाधान खोज्नुपर्छ । हाम्रो विदेश नीति नै समदुरीको सम्बन्धमा आधारित छ । हामी कूटनीतिक र राजनीतिक स्तरमा कुरा गर्न तयार छौं ।
Q.
अब प्रधानमन्त्री प्रचण्ड कि बाबुराम भट्टराई ?
A.
प्रचण्डले प्रधानमन्त्री नबन्ने भनेपछि दुनियाँले बाबुराम भट्टराईप्रति आशा राख्नु स्वाभाविकै हो । तर प्रचण्डले मै बन्छु भनेपछि केन्द्रीय समितिमा सर्वसम्मत भएको हो । यसलाई सबैले स्वीकार गरेका छन् ।
Q.
प्रचण्डले त बाबुरामलाई प्रधानमन्त्री बनाउन भारतले दबाब दियो भन्नुभो नि ?
A.
भारतले के भन्यो मलाई थाहा छैन । तर प्रचण्डले यसमा खण्डन गरिसक्नुभएको छ । यसलाई विवादको विषय नबनाऔं ।
Q.
पार्टीले बाबुरामलाई प्रधानमन्त्री बन्न किन रोकेको ?
A.
यो पार्टीको कुरा हो । तर बाबुराम भट्टराई योग्य र उपयुक्त नेता हो ।
Q.
बाबुराम अब प्रधानमन्त्री बन्नु होला त ?
A.
बाबुरामजीको प्रधानमन्त्री बन्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । यो सम्भावना सधैं रहन्छ । 
Q.
माओवादीमा प्रधानमन्त्रीको कुसर्ीको द्वन्द्व कहिलेसम्म चलिरहन्छ ?
A.
पहिले प्रचण्डले म बन्दिन भनेकाले आशंका बढेको हो । तर भारतले उक्सायो भन्ने कुन सन्दर्भमा भन्नुभएको हो मलाई थाहा छैन । माओवादीमा प्रधानमन्त्रीको कुसर्ीको द्वन्द्व छँदै छैन ।
Q.
बाहिर प्रचण्डको टेप नै आइसकेको छ नि ?
A.
भनेको भए त्यस्तो भन्नु हुने थिएन ।
Q.
बाहिर त प्रचण्डको भनाइ पार्टी हितविपरीत भयो भन्छन् नि ?
A.
बाहिरको कुरामा टिप्पणी गर्ने कुरा भएन ।
Q.
कतिपय त टोपबहादुर रायमाझीले पनि बाबुरामलाई छाड्यो भन्छन् नि ?
A.
मैले प्रचण्ड र बाबुरालाई छाड्ने कुरा आउँदैन । नेताहरुलाई किन छाड्ने  अहिले हाम्रो पार्टी एकढिक्का छ । दुवै नेतासँग म नजिक छु । बाबुरामलाई छाड्ने कुरा त गर्दै नगर्नोस् । 
Q.
प्रधानमन्त्री बन्न लागेका बेला बाबुरामको माहोल किन बिगारिएको होला ?
A.
यो त जनताले महसुस गर्ने हो र गरिरहेका छन् ।
Q.
अहिले बाबुरामलाई भित्तैमा पुर् याउन आवश्यक थियो ?
A.
विश्वका कुनै पनि शक्तिले बाबुरामलाई भित्तैमा पुर् याउन सक्दैन । उहाँमा वैचारिक विचलन नआएसम्म कुनै पनि तागतले भित्तामा पुर् याउन सक्दैन ।
Q.
माओवादीमा कुसर्ीको झगडा किन ?
A.
 यो कुसर्ीको लडाईं हो जस्तो मलाई लाग्दैन ।
Q.
बाबुराममाथि किन सधैं भारतपरस्तको आरोप लाग्छ ?
A.
यो बेकार र जोकर फाल्तु कुरा हो । बाबुरामजीलाई भारतपरस्त हुनु जरुरी छैन । बाबुराम जस्तेा बौद्धिक क्रान्तिकारी र क्षमतावान् नेतालाई प्रधानमन्त्री बन्न कसैको सहारा लिनुपर्छ ?
Q.
प्रचण्डले बेकार कुरा गर्नुभएको हो त ?
A.
उहाँले नै त्यसको खण्डन गरिसक्नुभएको छ । बाबुरामजीलाई भारतपरस्त किन हुनुपर् यो  ?
Q.
अब माओवादी फुट्छ कि जुट्छ ?
A.
फुट्ने त कुरै आउँदैन र कुनै तागतले माओवादी फुटाउन सक्दैन ।
‹‹ Back
Latest Video
Civil Homes
जिल्ला समाचार
सिराहामा लुट्न वसेका डाँका प्रहरी नियन्त्रणमा
[July 30 2010]
सिराहा १४ साउन । पूर्व पश्चि महेन्द्र राजमार्ग अन्र्तगत सिराहा जिल्लाको असनपुर गाविस वडा नम्वर १ वाट प्रहरीले आधा दर्जन डाका लाई हतियार सहित पक्राउ
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
utl ad
Manakamana Temple
Dabur
NTC
Akhadya
Lumbini
Pyramid
Pentagon
Kist Bank
Reliance Int'l
Baby Care
Texas
New Millennium
Princeton
National Campus
Omega
King's College
Columbus
KnK
Nasa
Rehdon
Prime College
Nepal Food Corporation
Citizens Bank
SM College
Trinity Int'l
St. Lawrence
DAV College
KMC
Global
Lord Buddha
GEMS
Nobel Academy
Aberdeen
Bernhardt
LA
V.S. Niketan
Nightingale College
Donbosco
Triton College
Alliance Academy
southwestern
Jubilant College
Xavier
International School of
CFL Bulb
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.