REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  SM Krishna

भारतीय विदेशमन्त्री एसएम कृष्णा तीनदिने नेपाल भ्रमण सकेर आइतबार स्वदेश फर्कि्रएका छन् । भारतीय राजनीतिमा अत्यन्त सम्मानित नेता कृष्णा सन् १९९९ देखि २००४ सम्म कर्नाटकको मुख्यमन्त्री र २००४ देखि २००८ सम्म महाराष्ट्रको गभर्नर रहिसक्नुभएको छ । उहाँ कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीका विश्वासपात्र व्यक्तित्वमा गनिनुहुन्छ । स्पष्टवक्ता बौद्धिक र इमानदार राजनीतिज्ञ कृष्णा नेपालका शुभचिन्तक समेत हुनुहुन्छ । तीनदिने भ्रमणका बेला विदेशमन्त्री कृष्णासँग रिपोर्टस्र नेपाल डटकमका लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीको मुख्य अंश :
Q.
तपाईंको नेपाल भ्रमण कस्तो रह्यो ?
A.
नेपाल भ्रमण अत्यन्त सफल रह्यो । यो भ्रमणबाट म सन्तुष्ट पनि छु । खुसी पनि छु । यसकारणले सन्तुष्ट र खुसी छु कि नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे मैले नजिकबाट जान्ने र बुझ्ने मौका पाएँ । यहाँका उच्च राजनीतिक नेतृत्वसँग खुलेर कुराकानी भयो ।
Q.
खुसी हुने कारण र आधार बताइदिनुस् न ?
A.
नेपाल र भारतबीच अत्यन्त घनिष्ट सम्बन्ध छ । दुई देशबीच भौगोलिक राजनीतिक सामाजिक धार्मिक र पारिवारिक सम्बन्ध समेत छ । नेपाल अहिले संक्रमणकालमा छ । यस बेला यहाँ राजनीतिक नेतृत्वको जिम्मेवारी र दायित्व छ । समयवधिभित्रै संविधान बनाउनुपर्छ शान्ति प्रकि्रया  निष्कर्षमा पुग्नुपर्छ र राजनीतिक स्थायित्व हुनुपर्छ भन्ने भारतको स्पष्ट दृष्टिकोण रहेको छ ।
Q.
नेपालमा समयवधिभित्रै संविधान र शान्ति प्रकि्रया निष्कर्षमा पुग्ला ?
A.
म विश्वस्त छु । नेपालका राजनीतिक नेतृत्व र जनताले नसोचेका बेला ठूल्ठूला चामत्कारिक निर्णय गरेका छन् । अहिले सबैको एउटै चाहना मैले पाएँ जस्तोसुकै परिस्थितिमा पनि समयवधिभित्रै संविधान बन्नुपर्छ र शान्ति प्रकि्रया निष्कर्षमा पुग्नुपर्छ भन्ने आत्मविश्वास नेताहरुमा छ । मलाई लाग्छ नेपालमा समयवधिभित्रै संविधान बनेपछि लोकतन्त्रको संस्थागत विकास हुन्छ । शान्ति स्थिरता र विकास पनि हुन्छ । त्यसैले सबैको ध्यान संविधान बनाउनै केन्दित भएको मैले देखेको छु । अहिलेका प्रमुख एजेन्डा सफल पार्न भारत जस्तोसुकै सहयोग गर्न पनि तयार छ ।
Q.
माओवादी अध्यक्ष प्रचण्डसित तपाईंको लामै कुराकानी भयो, अब माओवादीसँग कस्तो सम्बन्ध रहन्छ ?
A.
भारतको स्पष्ट दृष्टिकोण छ । नेपालको आन्तरिक मामिलामा कुनै पनि हस्तक्षेप गनर्् चाहँदैनौं । यहाँका सरकार राजनीतिक दल र जनताले निर्णय गर्ने हो । माओवादी अध्यक्ष प्रचण्डसँग मैले भारत सरकारका कुरा प्रस्ट राखेको छु उहाँले पनि खुलम्खुला कुरा राख्नुभएको छ । हामी अन्य दलसँग जस्तै माओवादीसँग पनि समान व्यवहार गरेर अघि बढ्न चाहन्छौं । कुनै दलविशेषसँग भारतको आग्रह र पूर्वाग्रह छैन । तर हामी नेपालको भूमिमा भारतविरोधी कुनै पनि किसिमको गतिविधि नहोस् भन्ने चाहन्छौं ।
Q.
तर माओवादीले त स्पष्ट रुपमा भारतविरोधी आन्दोलन राखेको छ नि ?
A.
यो आन्दोलनबारे हामीले प्रस्ट रुपमा भनेका छौं । नेपाल-भारतबीच ऐतिहासिक सम्बन्ध छ । दुई देशबीचको मित्रवत् र घनिष्ट सम्बन्धलाई कसैले पनि गलत रुपमा लिनुहुँदैन । माओवादी नेतृत्वले मसँग हाम्रो आन्दोलन भारतविरुद्ध लक्षिँत होइन र त्यस्तो आन्दोलन गर्ने कुनै योजना र कार्यक्रम नभएको बताएका छन् । खाली सीमाको समस्या उठाएका बताएका छन् । त्यसैले मैले माओवादी नेतृत्वलाई भारतविरोधी सबै आन्दोलन फिर्ता लिन आग्रह गरेको छु । यसले कसैलाई पनि फाइदा गर्दैन भनेको छु । असल छिमेकीका नाताले हामी जस्तोसुकै समस्या संवाद र छलफलद्वारा समाधान गर्न सक्छौं । उच्चस्तरीय भ्रमणले समस्याको पहिचान गरी समाधान गर्न मदत पुर् याउनुका साथै दई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ ।
Q.
अब माओवादी र भारतबीच सम्बन्ध सुधार होला त ?
A.
हाम्रो सबैसँग राम्रो सम्बन्ध छ । कसैसँग पनि नराम्रो सम्बन्ध छैन । नेपालको प्रमुख पार्टीसँग हाम्रो सम्बन्ध नराम्रो हुनुपर्ने कारण छैन । तर नेपालको भूमिमा भारतविरोधी गतिविधि भने हामीलाई स्वीकार्य हुँदैन । यहाँका प्रधानमन्त्रीदेखि सबै उच्च नेतृत्वले भारतविरोधी कुनै पनि गतिविधि हुन नदिने भनेर आश्वस्त तुल्याएका छन् । यस्तो दृढता देखेर म निकै प्रसन्न भएर भारत फर्किंदैछु ।
Q.
माओवादीले भारतले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाइरहेको छ र यसपटक तपाईंसँग माओवादीले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकारको कुरा राखेको हो ?
A.
नेपालमा कस्तो सरकार बनाउने र कसलाई प्रधानमन्त्री बनाउने भन्ने निर्णय भारतले गर्ने होइन यहाँको दल र संसदले गर्ने हो । यसमा हाम्रो सरोकार रहन्न । यसमा हामीले हस्तक्षेप गर्ने कुरा पनि आउँदैन । हाम्रो खालि शुभेच्छा र सद्भाव मात्र रहन्छ कि दलहरु सहमति र सहयात्रामा जाऊन् र आर्थिक रुपमा ठूलो प्रगति गरुन् । नेपालमा धेरै सम्भावनाहरु छन् । यहाँको जलस्रोत पर्यटनलाई अघि बढाउन सके ठूलो आर्थिक रुपान्तरण हुन सक्छ ।
Q.
भनेपछि राष्ट्रिय सहमतिको सरकार बनाउन भारतको पहल रहन्छ त ?
A.
हेर्नोस् मैले भनिसकेको छु कस्तो सरकार बनाउने भन्ने निर्णय दल र जनताले गर्ने हो । यसमा भारतको कुनै भूमिका रहँदैन ।  हाम्रो भनाइ त नेपालमा शान्ति स्थायित्व र विकास हुनुपर् यो । समयमै संविधान लेखेर नेपालले प्रगति गर्नुपर् यो ।
Q.
तपाईंले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग भेटघाट गर्नुभयो उच्चस्तरीय राजनीतिक संयन्त्रबारे तपाईंको के छ भनाइ ?
A.
मैले उहाँसित भनेको थिएँ- कोइराला सबैको सम्मानित नेता हुनुहुन्छ । १२ बुँदे समझदारीदेखि उहाँले सुरु गर्नुभएको शान्ति प्रकि्रया निष्कर्षमा पुगोस् र संविधान लेखेर राजनीतिक गतिरोध अन्त्य होस् भन्ने उहाँको चाहना रहेछ । यो संयन्त्रलाई भारतको पूर्ण सहयोग र समर्थन छ । यो सकारात्मक कदम हो ।
Q.
१९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकनका लागि भारतको कस्तो भूमिका रहन्छ ?
A.
भारत जहिले पनि सकारात्मक सोच र दृष्टिकोण राखेर सम्बन्धलाई सुदृढ बनाउन चाहन्छ । संयुक्त वक्तव्यमा हामीले भनिसकेका छौं कि वार्ताद्वारा १९५० को सन्धि पुनरावलोकन गर्न सीमालगायत अन्य समस्या समाधान गर्न भारत तयार छ ।   
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.