REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  PyarJangThapa

२०६२,०६३ को लोकतान्त्रिक आन्दोलनताका प्रधानसेनापति हुनुहुन्थ्यो प्यारजंग थापा । राजाको प्रत्यक्ष शासनका बेला जनचाहनाअनुसार अधिकार दिनुपर्छ भनेर आन्दोलनकारीलाई दबाउन हुँदैन भन्ने थापा सेनामा साहसिक निर्णय क्षमता भएका कौशल र चातुर्यका धनी जर्नेल हुनुहुन्छ । त्यतिबेला चर्चा र विवादको घेरामा पर्नुभएका पूर्व प्रधानसेनापति थापा माओवादी लडाकुलाई सेनामा समायोजन गर्नहुन्न भन्ने पक्षमा स्पष्ट देखिनुहुन्छ । कम बोल्ने तर प्रभावशाली अभिव्यक्ति दिने प्यारजंग थापासँग रिपोर्टर्स नेपाल डट कमका लागि ऋषि धमलाले गर्नुभएको विशेष कुराकानीको प्रमुख अंश :
Q.
माओवादी लडाकुको समायोजन कसरी हुनुपर्ला ?
A.
सेना समायोजन त राजनीतिक निर्णयबाट हुने हो । अहिलेसम्म नेपाली सेनाको रेकर्ड अराजनीतिक छ । समायोजनका नाममा व्यावसायिक सेनालाई डिस्ट्रर्ब गर्नुहुँदैन ।
Q.
माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्नहुँदैन भन्न खोज्नुभएको हो ?
A.
सकेसम्म उनीहरुलाई सेनामा राख्नुहुँदैन । किनभने उनीहरु राजनीतिक पार्टीका कार्यकर्ता हुन् । मलाई लाग्छ नेपाली सेनाको धारणा अहिले पनि यही हो । उनीहरुले राजनीतिक पार्टी पूर्णतः छाडेपछि नेपाली नागरिकका रुपमा व्यक्तिगत रुपमा मापदण्ड पुर्याएर सेनामा भर्ती लिन सकिने भन्ने सेनाको लाइन हो । सायद यसमा परिवर्तन भएको छैन ।  
Q.
नेपाली नागरिकका रुपमा लडाकु सेनामा प्रवेश गर्न सक्छन् तर माओवादी लडाकुकै रुपमा प्रवेश गर्न मिल्दैन भन्ने मान्यता हो ?
A.
त्यो ठीकै हो । कुनै पनि हालतमा उनीहरुको सामूहिक प्रवेश हुनै सक्दैन । व्यक्तिगत रुपमा आउन सक्छन् । उनीहरुले जम्मा ३४ सय हतियार बुझाएका छन् । सबै सुरक्षा निकायमा त्योभन्दा बढी लिने कुरा आउँदैन । त्यो भन्दा बढी लिन थाल्यो भने त अरु अनेक किसिमका सशस्त्र समूहका लडाकु पनि आउन सक्छन् । यहाँ त सैयौं सशस्त्र समूह निस्किसकेका छन् । भोलि उनीहरुले पनि यसरी नै दाबी गरे भने के हुन्छ  ?
Q.
भनेपछि उनीहरुलाई समाजमै पुनस्र्थापन गर्नुपर्यो त ?
A.
हो समाजमा या अरुकै काममा लगाए वेश हुन्छ ।
Q.
अहिले त सबैजना समायोजन समायोजन भन्छन् । भनेपछि माओवादी लडाकुलाई निरस्त्र बनाएर समाजमा पुनस्र्थापन गर्ने हो कि व्यवस्थापन गर्ने हो ?
A.
तिनीहरुको व्यवस्थापन र समायोजन भनेको नेपाली सेनामा होइन । उनीहरुको समायोजन त समाजमा हुने हो । विभिन्न सीप दिएर कमाएर खाने व्यवस्था गर्ने हो । 
Q.
माओवादी लडाकुलाई नेपाली सेनामै समायोजन गर्दा चाहिँ के फरक पर्छ ?
A.
अहिले पनि माओवादी पूर्णतः शान्तिपूर्ण बाटोमा आइसकेको अवस्था छैन । िहंसाको राजनीति छाडेको अवस्था पनि छैन । उनीहरुको खास उद्देश्य के हो  उनीहरु किन सेनामा प्रवेश गर्न चाहिरहेका छन् त  समायोजन यसमा भरपर्छ ।
Q.
माओवादीले त सत्ता कब्जा गरेर राष्ट्रिय सेनालाई आफ्नो पक्षमा लिने खोजेको अवस्था हो त ?
A.
कुरा नेपाली सेनाको मात्र होइन । माओवादीले तत्काल सत्ता कब्जा गरेर राष्ट्रिय सेनालाई आफ्नो पक्षमा लिने रणनीति बनाएकाले अरु दल पनि सशंकित छन् । उनीहरुको अभिव्यक्ति र व्यवहारबाट त्यस्तो शंका बढाइरहेको छ । उनीहरुले कम्प्लिटली पार्टी छाड्ने निरस्त्र हुने र नेपाली नागरिकका रुपमा व्यक्तिगत रुपमा मापदण्ड पूरा गरेर नेपाली सेनामा आउन सक्ने भन्ने नै तोकिनुपर्छ ।
Q.
तपाईंले भनेजस्तो माओवादीले मान्ने सम्भावना रहन्छ ?
A.
राजनीतिक निर्णयमा यो सम्भव छ । निकास खोज्ने हो भने केही न केही त गर्नुपर्यो नि । यी कुरामा विचार गनैपर्छ ।
Q.
माओवादीले त नेपाली सेना र माओवादी सेना दुवैलाई घटाएर राष्ट्रिय सेना बनाउने भनिरहेको छ नि ?
A.
हेर्नोस् नेपाली सेनालाई घटाउने कुरै आउँदैन । नेपाली सेनाले लड्ने बेलामा लडेको छ संवैधानिक सरकारलाई समर्थन र सहयोग गरिरहेकै छ । यस्तो सेनालाई डिस्मोबिलाइज गर्ने भन्ने कुरा हुँदैन ।
Q.
माओवादीले त नेपाली सेना र माओवादी सेना दुवैलाई घटाएर राष्ट्रिय सेना बनाउने भनिरहेको छ नि ?
A.
हेर्नोस् नेपाली सेनालाई घटाउने कुरै आउँदैन । नेपाली सेनाले लड्ने बेलामा लडेको छ संवैधानिक सरकारलाई समर्थन र सहयोग गरिरहेकै छ । यस्तो सेनालाई डिस्मोबिलाइज गर्ने भन्ने कुरा हुँदैन ।
Q.
भनेपछि दलहरुले नेपाली सेनालाई नै बलियो बनाउने काम गर्नुपर्छ ?
A.
हो, अहिलेको आवश्यकता यही हो । सेना कमजोर भयो भने त लोकतन्त्र कमजोर हुन्छ । लोकतन्त्र कमजोर भयो भने अधिनायकवादले टाउको उठाउँछ ।
Q.
भनेपछि माओवादीलाई रोक्न सक्ने शक्ति नेपाली सेना मात्र हो ?
A.
अहिले त्यस्तो देखिँदैछ । यो कुरा बुझेर अरु पार्टीले सेनालाई सहयोग गरेको देखिन्छ । माओवादीले त जननिर्वाचित सरकारविरुद्ध हतियार उठाएको हो । सेनालाई परिचालन कसले गर्यो  त्यही जननिर्वाचित सरकारले संविधानको व्यवस्थाअनुसार परिचालन गरेको हो ।
Q.
अब सेना के चाहन्छ त नेपालमा ?
A.
नेपालको २५० वर्षे राजतन्त्रको रक्तपातविहीन अन्त्य हुनुमा त नेपाली सेनाको भूमिका रह्यो होइन ?नेपाली सेना व्यावसायिक हो । नेपालको राजतन्त्र पनि जहिले पनि जनचाहनाअनुसार चलेको थियो । उसले कहिल्यै पनि जनता मारेर आफू राज्य गर्छु भन्ने सोचेको थिएन । नेपाली सेना हिजो आतंककारीसित लडेको हो । नेपाली जनतासित लडेको होइन ।
Q.
जनआन्दोलनका बेला तपाईं प्रधानसेनापति हुनुहुन्थ्यो, होइन ?
A.
हो त्यतिबेलाको मेरो भूमिको मूल्यांकन इतिहासले गर्नेछ । कुन बेला कस्तो निर्णय लिनुपर्छ भन्ने हामीले सोचेका हौं । नेपाली जनतामाथि नै गोली चलाएर त्यसको आडमा सत्ता टिकाउन राजाले पनि चाहेनन् सेनाले पनि चाहेन । सेना शान्ति चाहन्छ । र नेपाली जनता पनि शान्ति चाहन्छन् । नेपाली जनता र सेना कहिल्यै अलग हुँदैन । जनता विरुद्ध सेना कहिल्यै पनि जाँदैन । नेपाली सेनाले पहिलो शान्ति दोस्रो लोकतन्त्र र तेस्रो विकास चाहेका छन् ।
Q.
माओवादीले नेपालमा आफ्नो शासन लाद्न सक्ला ?
A.
राजनीतिक पार्टी र सेनाबीच समझदारी हुनुपर्छ । सेनाले संवैधानिक सरकारको आदेश पालन गर्ने हो । अहिलेको समयमा सेनाको सकारात्मक हिसाबले सोचिरहेको छ । सेना बलियो भने कुनै पनि अधिनायकवादले टाउको उठाउन सक्दैन ।  
Q.
नेपालमा समयमै संविधान बन्ला ?
A.
संविधान त बन्ला । तर जनताको चित्त बुझ्ने संविधान बन्नुपर्यो । उदाहरण त युगोस्लाभिया नै छ । त्यहाँ लाखौ मारिए । नेपाललाई राम्रोसँग अघि बढाउन सकिएन भने विखण्डन समेत आउने खतरा छ ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.