REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  K.P Oli

नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओली वर्तमान सरकार निर्माणका सूत्रधार हुनुहुन्छ । नेपाली राजनीतिमा मनमा लागेका कुरा नलुकाइकन बोल्ने खरो र प्रस्ट वक्ताका रुपमा परिचित ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा पनि नाम लिने गरिन्छ । हिजो मात्र १५ दिने युरोप भ्रमण सकेर फर्किएका बौद्धिक र निर्भीक नेता ओलीसँग रिपोर्टर्स नेपाल डट कमका लागि ऋषि धमलाले गरेको कुराकानी :
Q.
तपाईंको विदेश यात्रा कस्तो रह्यो ?
A.
भ्रमण एकदम राम्रो रह्यो । म जहाँ जहाँ गएँ त्यहाँ त्यहाँ कार्यक्रम सफल रह्यो । सबैतिर नेपालप्रतिको चासो र चिन्ता थियो ।
Q.
शान्ति र संविधानबारे विदेशीहरुको कस्तो धारणा पाउनुभयो ?
A.
नेपालमा शान्ति प्रकि्रया निष्कर्षमा पुग्नुपर्छ समयावधिभित्रै संविधान लेखिनुपर्छ र नेपालले आर्थिक र सामाजिक क्षेत्रमा फड्को मार्नुपर्छ भन्ने सबैको भावना थियो ।
Q.
के समयमै संविधान लेखिएला ?
A.
नेताहरुले गरे असम्भव भन्ने के छ र  हेरौं के गर्छन् ?
Q.
तपाईं विश्वस्त हुनुहुन्छ ?
A.
गनैपर्छ । नगरी सुखै छैन ।
Q.
अहिले त सरकार ढाल्ने कुरा पो सुरु भएको छ नि ?
A.
अन्तरकुन्तरमा एक दुई जना मान्छे कराएर सरकार ढाल्न सकिँदैन । कराएर ढाल्ने भए त जसले पनि ढाल्थ्यो । मलाई त कुनाकाप्चामा बसेर मान्छेहरु कराउँदैमा सरकार ढल्छ भन्ने कुरामा विश्वास छैन । म त्यस्ता कुरालाई महत्व पनि दिन्न । 
Q.
उच्चस्तरीय संयन्त्रमा त सरकार ढाल्ने कुरा चल्यो नि ?
A.
ए हो र  यो सरकार ढाल्ने प्रचण्डको कुरा कहाँ नयाँ हो र  उहाँले पहिलेदेखि नै भनिरहनुभएको छ कोसिस पनि गरिरहनुभएको छ ।
Q.
सरकार ढल्दैन र ?
A.
यस्तो विषयमा टिप्पणी गरिरहन आवश्यक छैन । यो सरकार ढल्ने कुनै सम्भावना छैन ।
Q.
सरकार नढल्ने आधार के त ?
A.
यो २२ दलको सहमतिमा बनेको सरकार हो । एमाले र कांग्रेसमा सरकार बनाउन संस्थागत निर्णय नै गरेका छन् । त्यसैले यो सरकार ढल्ने कुरै छैन ।
Q.
गिरिजाप्रसाद कोइराला प्रचण्ड र झलनाथ खनाल त मिलेका छन् नि ?
A.
उहाँहरु मिलेको मलाई थाहा छैन ।
Q.
एमालेभित्रै सरकार ढाल्ने खेल सुरु भयो नि त ?
A.
कसैले व्यक्तिगत रुपमा भन्नु बेग्लै हो । तर एमालेमा सरकार ढाल्न कोही तयार छैन ।
Q.
एमालेले संस्थागत रुपमा माधवकुमार नेपालको विकल्प खोज्यो भने के गर्ने ?
A.
संस्थागत रुपमा निर्णय गर्ने अधिकार त भइहाल्छ । तर संस्थागत रुपमा निर्णय गर्न सक्दैन ।
Q.
माधवकुमार नेपालको विकल्प छँदै छैन त ?
A.
त्यस्तो भाषा म प्रयोग गर्न चाहन्न । अहिले सरकार यताउता हुनेवाला छैन ।
Q.
गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउने खेल भएको छ नि ?
A.
मलाई त्यस्तो लाग्दैन । नेपाली कांग्रेस नै सरकार परिवर्तनतिर जान्छ भन्ने मलाई लाग्दैन । यो सरकार शान्ति प्रकि्रयालाई सफल बनाउने नयाँ संविधान लेख्ने अर्को चुनाव गराउने र नयाँ सरकारलाई शासन सुम्पन बनेको हो । 
Q.
राजनीतिक गतिरोध अन्त्य गर्न सरकारले सकेन नि त ?
A.
कहाँ सकेन ? सरकारले जे पनि गरेको छ ।
Q.
नागरिक सर्वोच्चताका नाममा माओवादी आन्दोलनमा छ नि ?
A.
हाहाहा लामो हाँसो माओवादीको यो थोत्रो कुरा भयो । यस्तो कुरामा म जान चाहन्न ।
Q.
मुलुकको राजनीतिक भविष्य के हुन्छ ?
A.
अब संविधान बनाउनुपर्छ । सबैको अर्जुनदृष्टि त्यतैतिर हुनुपर्छ ।
Q.
संविधान बनाउन त सहमति चाहियो नि ?
A.
संविधान बनाउने सहमति गरेरै हामी यहाँसम्म आइपुगेका हौं ।
Q.
माओवादी यही सरकारमा आउन सम्भव छ ?
A.
अब माओवादी माधवकुमार नेपालकै नेतृत्वको सरकारमा आउँछ । आएन भने प्रमुख प्रतिपक्षको रुपमा बाहिर बस्छ । केही फरक पर्दैन ।
Q.
कसरी आउला त यो सरकारमा ?
A.
मेरो आफ्नो दृष्टिकोणमा यही सरकारमा आउँछ । आएन भने बाहिरै बस्छ ।
Q.
माओवादीलाई सरकारबाहिर राखेर केही गर्न सकिँदैन भन्छन् नि ?
A.
त्यसो हो भने म माओवादीलाई सत्ता भन्ने केही चिज बनाएर दिउँला । सत्ता नभई हुँदैन भने त्यही नामको चित्रसित्र बनाएर दिउँला ।
Q.
माओवादी लडाकुलाई नेपाली सेनामा ल्याउने कि नल्याउने त ?
A.
यसो गरे कसो होला  योग्यता पुगेका नेपाली सेनालाई व्यक्तिगत मापदण्ड पुगेमा माओवादी लडाकुलाई सामेल गरे कसो होला  नेपाली राष्ट्रिय सेनामै इच्छा भएकालाई मापदण्ड पुगेमा माओवादी लडाकुमा सामेल गराउने निर्णय गरे के हुन्छ ?
Q.
यस्तो कुरा पनि सम्भव होला र ?
A.
यस्तो फाल्तु कुरा किन गर्ने त बेकारमा  मेरो आशय के भने माओवादी लडाकुलाई राष्ट्रिय सेनामा समावेश गर्न सकिँदैन । नहुने कुरा किन गरिरहने  लडाकुहरुको सहमतिअनुसार व्यवस्थापन गर्नुपर्छ सेनामा होइन अन्यमा ।
Q.
लडाकुहरुको व्यवस्थापन कसरी गर्ने त ?
A.
अब वातावरण राम्रो भएर जान्छ । मिलाएर लानुपर्छ । 
Q.
तपाईंले राजतन्त्रले राष्ट्रिय अखण्डता बचाउन सकेको थियो भन्नुभयो रे ?
A.
नेपाली भाषा पनि नबुझ्ने आन्दोलन पनि नगरेका र काम पनि नगरेका बिचराबबुराको कुरा हो त्यो । त्यसमा जवाफ दिनै आवश्यक ठान्दिन ।
Q.
तपाईं संघीयताको पक्षमा कि विपक्षमा ?
A.
त्यो व्यापक छलफलको विषय हो ।
Q.
संविधानमै संघीयतामा जाने कुरा लेखेको छ नि ?
A.
पत्रकारहरुले मुलुकको समस्या समाधान गर्न होइन चटपटे कुरा राखेर पत्रिका बिकाउन खोज्नुको अर्थ हुँदैन । अहिले पत्रिका बिकाउने बाहेक केही पनि छैन । देशको समस्या समाधान गर्न पो लाग्नुपर्छ त ?
Q.
समाधान कसरी गर्ने त ?
A.
छलफल गरेर समाधान निकाल्ने ।
Q.
छलफल त दिनहुँ भइरहेको छ नि त ?
A.
समाधान निकाल्ने गरी छलफल हुनुपर्छ ।
Q.
संयन्त्रले दिनहुँ छलफल गर्न थालेको छ नि ?
A.
ठीक छ छलफल गर्ने कुरालाई म नराम्रो मान्दिन ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.