REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Gopal Man Shrestha

सेना समायोजनको लफडाकै कारण समयमै संविधान आउँदैन― गोपालमान श्रेष्ठ (उपसभापति, नेपाली काङ्गे्रस) नेपाली काङ्गे्रसका उपसभापति गोपालमान श्रेष्ठ पार्टीभित्र स्पष्ट वक्ता र हक्की नेता मानिनु हुन्छ। काङ्गे्रस एकीकरणअघि कार्यवाहक सभापतिका रूपमा नेपाली काङ्गे्रस (प्रजातान्त्रिक)को नेतृत्व सफलतापूर्वक सम्हालीसक्नु भएका नेता श्रेष्ठ अबको काङ्गे्रस सामूहिक नेतृत्वबाट मात्र अघि बढ्न सक्ने धारणा राख्नु हुन्छ। काङ्गे्रसलाई एक नम्बर पार्टी बनाउनु अपरिहार्य रहेको र त्यसलायकको नेतृत्व प्रदान गर्न सक्ने व्यक्तिलाई नै आगामी महाधिवेशनले सभापति चयन गर्ने दावी गर्नु हुने नेता श्रेष्ठसाग ऋषि धमलाले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ।
Q.
० नेपाली काङ्गे्रसको महाधिवेशन कहिले होला?
A.
    – उचित समयमा हुन्छ।
Q.
० कहिले हो त्यो उचित समय भनेको?
A.
      – आगामी वैशाख या जेठमा हुन्छ।
Q.
० अबको महाधिवेशनले खास सन्देश पनि केही दिादै छ कि?
A.
        – दिन्छ नि 219 बदलिएको राजनीतिक परिवेशअनुरूप साङ्गठनिक चुस्तता, क्रियाशीलता दर्शाउनु आवश्यक छ काङ्गे्रसका लागि, महाधिवेशनले सबैलाई यसतर्फ सचेत गराउनेछ। मूल कुरो त अब पार्टी एक ढिक्का भएर अघि बढ्छ भन्ने एकताको सन्देश पनि दिन्छ आगामी महाधिवेशनले।  
Q.
० यसको मतलब अहिले पनि पार्टी वास्तविक रूपमा एक भइसकेको छैन, होइन त?
A.
    – त्यसो भन्न त मिल्दैन, पार्टी त एक भएकै हो नि 219 तर, कतिपय स्थानमा कार्यकर्ताबीच केही असमझदारीहरू बााकी रहेको देखिएको छ, यो लुकाएर लुक्न सक्दैन। अबको महाधिवेशनले यस्तो अवस्थाको अन्त्य गरेर पार्टीलाई एक ढिक्का भएर अगाडि बढ्ने माहोल सिर्जना गर्नेमा म विश्वस्त छु।
Q.
० काङ्गे्रस त पार्टीमुखी नभएर नेतामुखी पार्टी हो भन्छन्, यस्तो नेतामुखी पार्टी गुटबन्दीबाट कसरी मुक्त हुन सक्ला र ?
A.
    – अहिलेसम्म यस्तो आरोप लाग्दै आउनु अस्वाभाविक छैन तर अबको काङ्गे्रस सामूहिक नेतृत्वबाट चल्नेछ। यो अवधारणामा सहमति बनिसकेको छ। अब महाधिवेशनले पारित गर्न मात्र बााकी हो। व्यक्तिवादी प्रवृत्तिको अब अन्त्य गरिनुपर्छ।  
Q.
० त्यस्तो गुटगत राजनीतिबाट काङ्गे्रस मुक्त होला भनेर विश्वास कसरी गर्ने त?
A.
    – विश्वास त परिणाम हेरेर नै गर्ने हो, त्यो परिणाम देखिनेछ अब। अब गुटगत हिसाबले काङ्गे्रस अघि बढ्न सक्दैन, सामूहिक नेतृत्वका आधारमा मेलमिलापका साथ पार्टी जनता र देशको सेवामा प्रतिबद्ध हुनुको विकल्प छैन।
Q.
० यसरी सेवामा लाग्न अब काङ्गे्रसले कुन नीति लिन्छ नि?
A.
       – जनमुखी नीति लिनुपर्योक नि, त्यही लिन्छ।  
Q.
० तर, तपाईंहरूको नीति एउटा हुन्छ तर कोठामा बसेर अर्कै निर्णय गर्ने चलन पनि छ नि?
A.
    – हेर्नुस्, निर्णय भनेको त अक्सर गरी कोठामै बसेर लिने त हो नि 219 तर, जहाा बसेर निर्णय गरे पनि त्यो उचित र सर्वमान्य ढङ्गको हुनुपर्छ। हाम्रो पार्टीको भावी नीति–निर्णयहरू अब यस्तै हुनेछन्।
Q.
० काङ्गे्रसको अबको सभापतिचाहिा को होला?
A.
      – पहिले महाधिवेशनको तिथि तोकिन दिनुहोस्, त्यसपछि उम्मेदवारहरू पनि अघि सर्लान् र धेरैको मन जित्ने व्यक्ति सभापति बन्लान् ।
Q.
० गिरिजाप्रसाद कोइराला त बन्नुहुन्न होला नि फेरि सभापति?
A.
       – हुनुहुन्न हुनुहुन्न
Q.
० त्यसो भए शेरबहादुर, सुशील, रामचन्द्रमध्येबाट हुने होलान्?
A.
    – खै 219 अब उहााहरू त्यो दाबी गर्दै अग्रसर बन्नुहुन्छ कि हुन्न– त्यसबेलै थाहा होला।
Q.
० तपाईं आफैं त अग्रसर बन्नुहुन्न
A.
       ० तपाईं आफैं त अग्रसर बन्नुहुन्न   कि कसो?      – \'लौ गोपालमानजी, तपाईं सक्षम हुनुहुन्छ, सभापतिका लागि योग्य पनि हुनुहुन्छ, तपाईं नै नेतृत्व लिन अग्रसर हुनुपर्यो \' भनी साथीहरूले आग्रह–अनुरोध गरे भने म पनि किन पछि हट्नुपर्यो  र? अहिले नै \'मै हुन्छु\' भनेर मैदानमा अघिसरेकोचाहिा छैन म।
Q.
० सुशील, शेरबहादुरहरू त मैदानमै आइसके नि ?
A.
    – त्यो तपाईंको अनुमान हो, लड्न त अरू पनि लड्लान्, तर व्यक्ति त्यसरी तोकिहाल्ने बेला भएको छैन।
Q.
० सुशील र शेरबहादुरमा तपार्इं कसलाई समर्थन गर्नुहुन्छ?
A.
    – उम्मेदवार नै खडा नभई अहिले त्यो कि भनिरहनुपर्योु? फेरि मैले कसलाई समर्थन गर्नुपर्ला या गरुाला भन्ने सवालमा त तपाईंहरूले एउटा धारणा बनाइसक्नुभएकै छ नि ?
Q.
० भनेपछि, देउवाको पक्षमा तपाईं हुनुहुन्छ भन्ने सबैलाई थाहा छ, होइन?
A.
    – आ, त्यसै भन्नुपर्योप। जे होस्, अबको काङ्गे्रस, हााक्न सानो छातीले हुादैन, \'म सभापति भएा, अब मैले भनेको सबैले मान्नुपर्छ, जे चाह्यो त्यही हुनुपर्छ\' भनेर चल्नेवाला छैन। सबैलाई समेटेर विश्वासमा लिएर चल्न सक्नेले मात्रै हााक्छ अबको काङ्गे्रस पार्टी।
Q.
० तपाईं आफू पनि पार्टी हााक्न सक्ने व्यक्ति नै ठान्नुहुन्छ होइन आफूलाई?
A.
    – किन? मैले चलाएर देखाएकै होइन र? महाधिवेशन गरेर देखाएकै होइन र? तुलनात्मक रूपमा अरूभन्दा कम र नराम्रोचाहिा मैले के गरेा त? हेर्नुस्, अब हचुवा तालले हुादैन। साथीहरूको मन–विचार छामेर नेतृत्व लिनका लागि जो–कसैले मन बनाउादा हुन्छ, तर आजका कार्यकर्ता, आजका जनताको मन जित्नसक्ने खुवी हुनैपर्छ, हिजोको अवस्थाले चल्दैन। काङ्गे्रसलाई \'फर्स्ट\' पार्टी बनाउनु अत्यावश्यक छ, यसरी पहिलो दर्जामा पुर्या उन अभ्यास पनि त्यत्तिकै कठिन गर्नुपर्छ। जो–कोहीबाट यो सम्भव छैन। नयाा संविधान जारी भएपछि हुने निर्वाचनबाट काङ्गे्रस पहिलो पार्टीका रूपमा उभिनु जरुरी छ, यो लक्ष्य छुने दृढताका साथ अबको नेतृत्वले कार्यक्रम रणनीतिहरू बनाएर ग्रासरुटसम्म लैजान सक्नुपर्छ।
Q.
० सरकारमा रहेर काङ्गे्रसले राम्रो पर्फर्मेन्स देखाउन सकेन भन्ने आक्षेप पार्टीभित्रैबाट लागेको छ नि, सही हो?
A.
     –अनुभवी नेतृत्व नभएकोले गर्न सक्ने र गर्नुपर्ने जति गर्न सकेन भनेर साथीहरूले आवाज उठाउनु असान्दर्भिक र अस्वाभाविक त होइन।
Q.
० यसो भनेर सरकारबाट बाहिरिने रणनीतिमा त तपाईंहरू हुनुहुन्न?
A.
    – त्यस्तो त छैन।
Q.
० माधव नेपालको विकल्प पनि देख्नुभएको छैन होइन तपाईंहरूले?
A.
    –अहिलेसम्म त छैन, उहााको क्रियाकलापमा भर पर्छ। पूर्ण सन्तोषजनक त उहााको व्यवहार पनि छैन, अझ राम्रो गर्न खोज्नैपर्छ उहााले।
Q.
० तपाईंको पार्टीका कार्यवाहक सभापतिले त यो सरकारको कार्यशैलीको खुलेर विरोध गरिरहनुभएको छ, सरकारको विकल्प खोज्न थालेको त होइन काङ्गे्रसले?
A.
    – उहााले सरकार फेर्ने कुरा गरेको त मैले अहिलेसम्म सुनेको छैन है।
Q.
० यसको मतलब काङ्गे्रसको नेतृत्वमा सरकार बन्न सक्दैन?
A.
    – सक्छ, तर एमाले, माओवादीलगायतका दलहरूले संस्थागत निर्णय गर्दै अबको नेतृत्व काङ्गे्रसले नै गर्नुपर्योत भनेर आउनुपर्छ यसका लागि। यसरी अहिलेसम्म कोही आएको छैन हामीसमक्ष। आएमा राष्ट्रिय सरकारको नेतृत्व लिन काङ्गे्रस पछि हट्दैन।  
Q.
० काङ्गे्रसको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने अवस्था निम्तिएछ भने को प्रधानमन्त्री होला, गिरिजाप्रसाद?
A.
    – उहााको स्वास्थ्यले साथ दिादैन।
Q.
० त्यसो भए को त?
A.
     – छन्–छन्, एक से एक छन्, अहिले नाम बताइरहनुपर्दैन। पहिले त्यस्तो अवस्था त आओस्।  
Q.
० अर्को कुरा गोपालमानजी, समयमै संविधान बन्छ कि बन्दैन होला?
A.
    – माओवादी सकारात्मक नबनेसम्म त संविधान बन्न सक्दैन। युद्धकालीन पुरानो सोच त्यागेर माओवादी लोकतान्त्रिक पद्धतिअनुकूल बदलिनुपर्छ। माओवादी सकारात्मक हुनेबित्तिकै सबै कुरा ठीक हुन्छ अनि समयमा संविधान पनि बन्छ।
Q.
० जेठ १४ मा संविधान जारी गर्ने सामर्थ्य तपाईंहरूसाग छ भनेको?
A.
    – त्यसैका लागि त पहिले शान्ति–प्रक्रियालाई टुङ्गोमा पुर्या उनुपर्छ भनेको त मैले।  
Q.
० माओवादीले त सेना समायोजनको लफडा कायमै राखेको छ, पहिले संविधान अनि मात्र सेना समायोजन भनिरहेको छ, यसमा के भन्नुहुन्छ तपाईं?
A.
    – उसले यस्तो लफडा कायम राखिराख्छ भने त संविधान निर्माण कार्य सम्भव नै छैन। यो त जसले पनि बुझ्न सक्ने कुरा हो।  
Q.
० भनेपछि सेना समायोजन र शान्ति–प्रक्रियाले मूर्तरूप नपाएसम्म संविधान बनेर जारी हुन सक्दैन?
A.
    – हो, त्यो त हुनैपर्छ। संविधानसभाको निर्वाचनमै धोका खाइसकेका छौा हामीले त। यदि सेना समायोजन गरेर मात्र संविधानसभाको निर्वाचन भएको भए परिणाम त अर्कै हुन्थ्यो। हामी यसमा प्रस्ट छौा कि शान्ति–सम्झौताअनुसार माओवादी लडाका र हतियार व्यवस्थापन नभई शान्ति–प्रक्रिया निष्कर्षमा पुग्नै सक्दैन।
Q.
० वाईसीएल विघटन गर्नुपर्ने आवाज जो उठेको छ त्यो कति जायज छ?
A.
    – यो त हुनैपर्योग नि 219 अर्धसैनिक दस्ताका रूपमा कायम राखेर त भएन, त्यो अन्य दलका भ्रातृ सङ्गठनकै जस्तो हुनुपर्यो , होइन भने विघटन गर्नुको विकल्प छैन।
Q.
० उच्चस्तरीय राजनीतिक संयन्त्र पनि संयन्त्र नभएर षड्यन्त्र हो, यो सरकार ढाल्न लागिपरेको छ भन्ने आरोपबारे चाहिा के भन्नुहुन्छ नि?
A.
        – आरोप किन लाग्यो भन्ने विषयमा पनि गम्भीर हुनुपर्छ। यसको काम सरकार ढाल्ने या बनाउने होइन बरु नयाा संविधान निर्माणका लागि आवश्यक वातावरण बनाउनेचाहिा हो। दलहरूबीच सहमति खोजेर शान्ति–प्रक्रियालाई टुङ्गोमा पुर्याकउने यसको दायित्व हो।  
Q.
० यो संयन्त्र त्यसका लागि सक्षम होला त?
A.
     – हुनुपर्यो् गरेर देखाउनुपर्योस।  
Q.
० वर्तमान सरकार ढाल्न नसके यो संयन्त्रको औचित्य छैन भनेको छ नि माओवादीले त ?
A.
      – माओवादी त के–के भन्छ– भन्छ 219 सबै उसैले भनेजस्तो मात्र गर्न थाल्यो भने त देश कहाा पुग्छ कहाा    
Q.
० संयन्त्रले गरेका निर्णय कार्यान्वयन हुन सक्लान् त?
A.
     – त्यसमा प्रधानमन्त्री पनि आमन्त्रित हुनुहुन्छ, कार्यान्वयन त हुन्छ नि ? 
Q.
० अन्य साना दल र मधेसवादी दलहरूले मान्लान्?
A.
    – मनाउनुपर्छ। सबैको विश्वास लिनुपर्छ। संयन्त्र भनेर आफ्नै मात्र कुरा गरेर निर्णय लाद्न खोज्यो भने त कहाा चल्छ?  
Q.
० तपाईं संयन्त्रको विरोधी त होइन?
A.
    – म संयन्त्रको विरोधी पनि होइन र यसले जे–जे निर्णय गर्योन त्यसलाई हो–हो, ठीक–ठीक भनेर भन्ने अनुयायी पनि होइन।
Q.
० सङ्घीयताको विषयमा काङ्गे्रस किन स्पष्ट नभएको?
A.
    – जातीय ढङ्गले या विखण्डनकारी प्रकारले सङ्घीयता हुादैन, काङ्गे्रसले हचुवा पाराले निर्णय गर्दैन यस्तो संवेदनशील र महत्वपूर्ण विषयमा। राज्यको पुनर्संरचना र शक्ति बााडफााड समितिमा हामीले यो कुरा राखेका छौा कि २०६३ को अन्तरिम संविधानमा व्यवस्था भएअनुसार एउटा राज्य संरचनाको उच्चस्तरीय आयोग गठन गरिनुपर्छ र त्यो आयोगले सबै पक्ष हेरेर, प्राकृतिक स्रोत, साधनको उचित बााडफााड हुनेगरी धेरै टुक्रा नपारेर प्रदेशहरू निर्माण गर्ने निर्णय गर्नुपर्छ। नेपाली काङ्गे्रसका सबै सभासद्हरूले संविधानसभामा यही कुरा उठाउनुभएको छ। यहााभन्दा बढ्ता अब काङ्गे्रस के स्पष्ट हुने?    
Q.
० सङ्घीयतामा जानुअघि जनमतसङ्ग्रहमा जानुपर्छ भन्ने प्रस्ताव पनि आएको छ नि काङ्गे्रसमा त ?
A.
    – आवश्यक पर्योा भने जनमतसङ्ग्रहमा पनि जानुपर्ने हुनसक्छ।
Q.
० एक मधेस एक प्रदेशको आवाजलाई कसरी सम्बोधन गर्नुपर्छ भन्ने ठान्नुहुन्छ तपाईं?
A.
    – त्यो सबैलाई मान्य हुने कुरा होइन। मधेसलाई दुईवटा, तीनवटा बनाउन पनि सकिन्छ। उच्चस्तरीय राज्य पुनर्संरचना आयोग बन्नुपर्छ र त्यसले सिफारिस गरेको कुरालाई दलहरूले निष्पक्ष या पूर्वाग्रहरहित ढङ्गले छलफल गरेर मात्र यस्ता विषयमा टुङ्गोमा पुग्नुपर्छ।    
‹‹ Back
Latest Video
Civil Homes
जिल्ला समाचार
सिराहामा लुट्न वसेका डाँका प्रहरी नियन्त्रणमा
[July 30 2010]
सिराहा १४ साउन । पूर्व पश्चि महेन्द्र राजमार्ग अन्र्तगत सिराहा जिल्लाको असनपुर गाविस वडा नम्वर १ वाट प्रहरीले आधा दर्जन डाका लाई हतियार सहित पक्राउ
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
utl ad
Manakamana Temple
Dabur
NTC
Akhadya
Lumbini
Pyramid
Pentagon
Kist Bank
Reliance Int'l
Baby Care
Texas
New Millennium
Princeton
National Campus
Omega
King's College
Columbus
KnK
Nasa
Rehdon
Prime College
Nepal Food Corporation
Citizens Bank
SM College
Trinity Int'l
St. Lawrence
DAV College
KMC
Global
Lord Buddha
GEMS
Nobel Academy
Aberdeen
Bernhardt
LA
V.S. Niketan
Nightingale College
Donbosco
Triton College
Alliance Academy
southwestern
Jubilant College
Xavier
International School of
CFL Bulb
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.