REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
ऋषि धमला with  रेखा थापा

रेखा थापा, कलिउडकी नम्बर वन नायिका । कामुक र हँसिली नायिका रेखा खुलस्त कुराकानी गर्छिन् । "प्रकृतिको उपहार होइन सेक्स," उनले रिपोर्र्टर्स नेपालसित भनिन्- "तर सेक्स आवश्यकताभन्दा पनि नशा हो ।" भविष्यमा राजनीतिक क्षेत्रमा आउने सम्भावना बोकेकी रेखासित संक्षिप्त कुराकानी
Q.
कुन चलचित्रमा काम गर्दै हुनुहुन्छ ?
A.
किस्मतमा काम गरिरहेकी छु ।
Q.
त्यो चलचित्र कस्तो हो ?
A.
किस्मत नारीप्रधान चलचित्र हो । नारीलाई ऊर्जा दिन खोजेका छौं । यसले प्रेम गर्न सिकाउंछ ।
Q.
नेपाली चलचित्रको स्थिति के छ ?
A.
राम्रै छ । प्रविधि परिवर्तन हुँदैछ । राम्रो चलचित्र बनायो भने राम्रै चल्छ पनि । तर, त्यति सन्तुष्ट हुन भने सकिन्न ।
Q.
चलचित्रको बजार खस्केको हो ?
A.
बजार खस्केको भन्दा पनि बजार तताउने चलचित्र नबनेको हो । दर्शकहरु अर्काको नक्कल गरी चलचित्र बनाएको हर्ेन चाहँदैनन् ।
Q.
युवायुवतीका लायक चलचित्र किन नबनेको ?
A.
युवायुवतीका लागि प्रशस्त चलचित्र बनेको छ । प्रेममय चलचित्र नबनेका होइनन् । सेक्सको कुरा गर्ने हो भने हाम्रो समाज त्यति बोल्ड भइसकेको छैन ।
Q.
युवायुवतीलाइ हलमा पुग्न बाध्य बनाउने सेक्सी चलचित्र बनेको छ ?
A.
म युवती हैन र रु मैंले पनि युवतीको प्रतिनिधित्व गर्छु । मैले र्स्कर्ट लगाएर अभिनय गरे भने त स्क्यान्डल हुन्छ । तपाईंले भने जसरी सेक्सी दृश्य दिए झन् के होला ?  
Q.
तपाईंको अंगप्रदर्शनले पुगेन भन्छन् नि ?
A.
मेरो अंगप्रदर्शन पुगेन भने २० वर्षपछि योभन्दा बढी अंग प्रदर्शन गरौंला । अहिलेको समाजमा मैंले गरेको अंगप्रदर्शन ठिक्क छ । समाजको मान मर्यादा पनि राख्नुपर्यो । मलाई अंगप्रदर्शन मन पर्दैन । २० वर्षपछि अंगप्रदर्शनको कुनै कुरा उठ्नेछैन ।
Q.
तपाईंको र्स्कर्टको खुब चर्चा भयो नि ?
A.
मेरो र्स्कर्टको चर्चाले अभिनय छायांमा परेको हो । अब अंगप्रदर्शनभन्दा अभिनयमा केन्द्रित हुन्छु । र्स्कर्ट लगाएर हंगामा हुन्छ भने मेरो भन्नु केही छैन ।
Q.
तपाईंको प्रेम र रोमान्स कस्तो चलिरहेको छ ?
A.
प्रेम र रोमान्स भनेको त चल्छ नै । संगीतमा लट्ठ भइरहेकी छु ।
Q.
छवि ओझाजीसंगको सम्बन्ध कस्तो छ ?
A.
सम्बन्ध असाध्यै राम्रँ छ । भयंकर राम्रँ छ ।
Q.
सेक्स के हो, किन आवश्यक छ ?
A.
यौन त्यति आवश्यक हो जस्तो लाग्दैन । प्रकृतिले दिएको उपहार हो जस्तो पनि लाग्दैन । हो भने ७० वर्षो उमेरपछि पनि हुनुपर्ने हो । सेक्स बानी र नशा हो ।
Q.
सेक्सविना पनि बांच्न सक्नुहुन्छ ?
A.
सेक्सविना पनि आरामले बांच्न सक्छु ।
Q.
पहिलो सेक्स अनुभवबारे बताइदिनुहोस् न ?
A.
म बताउन सक्दिन । लाज लाग्छ ।
Q.
तपाईंको जीवनमा छविजीबाहेक अन्य केटा आएनन् ?
A.
मन पराउने धेरै आए । कसैले कसैलाई मनपराउनु ठूलो कुरा होइन । मन पराउनेहरु अहिले पनि छन् । बिहेको प्रस्ताव लिएर आउने पनि छन् ।
Q.
राम्रो केटाले बिहेको प्रस्ताव लिएर आएमा छविजीलाइ छाड्न सक्नुहुन्छ ?
A.
म छवि ओझालाई निकै माया गर्छु । यस्ता प्रस्ताव मलाई स्वीकार्य छैन । उहाँ मेरो बाबुआमा दुवै हो ।
Q.
विवाहअघिको यौन सम्बन्धका बारेमा तपाईंको धारणा के छ ?
A.
भोक लाग्यो भने खाना खाइन्छ । तिर्खा लाग्यो भने पानी पिउनुपर्छ । शरीरलाई किन पीडा दिने रु शरीरले चाहेमा सेक्स गर्नु नराम्रँे हैन । अहिलेको युवा पुस्ताले राम्रै जानेका छन् । मन लाग्छ, लाग्दैन, गर्नुपर्छ, पर्दैन सबै जानेका छन् ।
Q.
हनिमुन कहां मनाउनुभयो ?
A.
घरमै ।
Q.
तपाईंलाइ मनपर्ने नेता को को हुन् ?
A.
मलाइ गिरिजाप्रसाद कोइराला, डा. बाबुराम भट्टर्राई, प्रचण्ड, माधव नेपालआदि नेता मन पर्छन् ।
Q.
संविधानसभाको बारेमा थाहा छ ?
A.
किन थाहा नहुनु ? यसले राष्ट्रलाई दिगो शान्तिका दिशामा पुर्याउंछ ।
Q.
चुनाव लड्नुहुन्छ ?
A.
अहं लड्दिन ।राजनीति गर्ने जिम्मा नेताहरुलाई छाडिएकै छ नि ।
Q.
राजनीतिमा लाग्नुहुन्छ ?
A.
म सोच्छु । कुर्सीका लागि राजनीति गर्न आउदिन । मुलुकको समग्र हितका लागि राजनीति गर्न आउन सक्छु ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.