REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Rakam Chemjong

एमालेका निस्कलंक एवं प्रभावशाली नेता रकम चेमजोङ अहिले शान्ति तथा पुनस्र्थापना मन्त्री हुनुहुन्छ । पछिल्लो समय माओवादी लडाकुको समायोजन प्रकि्रया तिनको संख्या तिनको तलबभत्तालगायत विषयमा विवाद देखापरेका छन् । यिनै विषयमा शान्ति मन्त्रीसँग रिपोर्टस्र नेपाल डटकमका लागि ऋषि धमलाले गरेको कुराकानी :
Q.
सेना समायोजन प्रकि्रया कहाँ पुग्यो ?
A.
सेना समायोजन प्रकि्रया अहिले छलफलकै क्रममा छ । तर छलफलमा माओवादीले त्यति तत्परता देखाइरहेको छैन । त्यसले गर्दा अवरुद्ध भएको छ ।  
Q.
भनेपछि माओवादीका कारण सेना समायोजन प्रकि्रया अवरुद्ध भयो ?
A.
भनेपछि माओवादीका कारण सेना समायोजन प्रकि्रया अवरुद्ध भयो ?बिलकुल ।    
Q.
अब निकास के त ?
A.
ठोस कार्ययोजना संख्या आदि विविध किसिमले तोकेर फेरि प्रस्ताव गर्नुपर्छ भन्न सोचाइ छ । त्यसपछि पनि आएनन् भने उनीहरु नै जिम्मेवार हुनेछन् ।  
Q.
म्ााओवादी जिम्मेवारका साथ समायोजनमा आएन भने सरकारले विकल्प सोच्छ कि सोच्दैन ?
A.
पहिलो कुरा त उनीहरु आउँछन् भन्ने विश्वासका साथ हामीले काम गरिरहेका छौं । सेना समायोजनमै आउँदैन शान्ति प्रकि्रयामै आउँदैन संसदबाटै भाग्छ संविधान बनाउने प्रकि्रयाबाटै भाग्छ भने त बेग्लै कुरा हो । परिस्थिति त्यस्तो छैन । माओवादी शान्ति प्रकि्रयाबाटै बाहिरिने देखिँदैन । उनीहरु जसरी पनि आउँछन् ।
Q.
माओवादी आउँदै आएन भने के गर्ने त सरकार चूप लागेर बस्छ ?
A.
त्यसको पनि विकल्प होला । तर अहिले हामीले त्यसबारे सोचिसकेका छैनौं । यो संसारमा विकल्पहीन त के छ र ?  
Q.
म्ााओवादीविना पनि सेना समायोजन हुन सक्छ ?
A.
त्यसबारे अहिले हामी किन टाउको दुखाउने हामी त उसको सहमतिको आधारमा शान्ति र संविधान टुंगोमा पुर् याउने सोचिरहेका छौं ।    
Q.
तपाईंहरुको चाहना आफ्नो ठाउँमा छ तर त्यतिखेर माओवादी आएन भने के हुन्छ ?
A.
अहिले नै हामीले किन अन्दाज गरिरहने ?    
Q.
भनेपछि अहिलेको बाधक माओवादी नै हो ?
A.
अहिले बाधक भन्दा पनि संविधान घोषणाभन्दा अघि सेना समायोजन गर्न माओवादी अनिच्छुक देखियो ।
Q.
माओवादी किन अनिच्छुक देखियो त ?
A.
ऊ संविधान घोषणा अघिसम्म वा अर्को चुनावसम्म आफ्ना सेना राख्न चाहन्छ भन्ने आशंका विभिन्न कोणबाट गरिएका छन् । म अहिले त्यस्तो शंका गरिहाल्दिन । तर समायोजनसंविधान घोषणा अघि सेना समायोजन पछि भन्नु सर्वथा गलत हो । त्यो विस्तृत शान्ति सम्झौताविपरीत छ । त्यो अडान छाडेर ऊ समायोजन प्रकि्रया आउनुपर्छ ।    
Q.
संविधान घोषणापछि सेना समायोजन गर्न तपाईंहरु तयार हुनुहुन्छ ?
A.
त्यो त कुनै हालतमा सम्भावनै छैन ।
Q.
म्ााओवादी सेनाकेा संख्या कसरी निर्धारण होला ?
A.
अहिले बजारमा जे आइरहेको छ त्यही हो । तीन हजारभन्दा बढी त गर्न सकिँदैन । उनीहरुको हतियार पनि त्योभन्दा बढी छ जस्तो लाग्दैन ।    
Q.
तीन हजार लडाकुलाई सेनामा समावेश गर्ने कि अन्यमा ?
A.
सबैमा हो । तर तीन हजारभन्दा बढी त गर्न सकिँदैन ।
Q.
उनीहरु त १९ हजारलाई नै गर्नुपर्छ भनिरहेका छन् नि त ?
A.
त्यो असम्भव छ ।
Q.
भनेपछि मुलुक फेरि द्वन्द्वमा जाने भयो नि त ?
A.
त्यो अडान नछाड्ने हो भने शान्ति र संविधान नभएको अवस्थामा सबै कुराको जिम्मेवार माओवादी नै हुन्छ । त्यसपछिको परिणामबारे पनि उसैले जिम्मेवारी लिनुपर्छ ।
Q.
सेनामा आउन मापदण्ड पूरा गर्नु पर्छ कि पर्दैन ?
A.
त्यो त शान्ति सम्झौतामै स्पष्ट छ नि । विना मापदण्ड सेना बन्न पाइन्छ र ?
Q.
शान्ति मन्त्रालयले माओवादी लडाकुलाई दिने पैसा रोकेको हो ?
A.
शान्ति मन्त्रालयले माओवादी लडाकुलाई दिने पैसा रोकेको हो ?छैन रोकेको छैन । एक वर्षअघि तलब वितरण सम्बन्धमा कार्यविधि बनेको छ । त्यसै अनुसार बाँड्ने भनेको हो । शिविरमा भएकालाई नदिने भनेको होइन । तर मरेका भागेका र हुँदै नभएकालाई दिन हामी तयार छैनौं । बेरुजु बेहोर्न कोही तयार छैन ।
Q.
पहिले जति पैसा माग्छ त्यति दिने अहिले नदिने भन्ने हुन्छ र ?
A.
तत्कालीन समयमा अपर्झट दिनुपर्ने भएर दिइएको हो । आर्थिक नियमका हिसाबले अहिले बेरुजु छ । सामान्य अवस्थामा पनि त्यही हुन सक्दैन ।
Q.
चार हजार अयोग्य लठाकुमा २५ सय मात्र निस्किए । अहिले शिविरमा कति होला ?
A.
अहिले १९ हजार पूरै छैनन् ।
Q.
भनेपछि सेना समायोजन विशेष समिति निकम्मा भयो ?
A.
यसको औचित्य छ । आवश्यकता छ । माओवादीले सकि्रय बनाउन नचाहेको हो । यसको जिम्मेवारी पूरा भएको छैन । समयमै पूरा गर्न हामी तयार छौं ।
Q.
संविधान नआए चुनावको तयारीमा लाग्नुभएको हो ?
A.
१४ जेठमा संविधान आउँछ । त्यसपछि त चुनावमा जानैपर् यो । गलत दिशामा गयो भने लोकतन्त्र र गणतन्त्रको उपलब्धि खेर जान्छ । सबैभन्दा राम्रो संविधान जारी हुनुपर्छ । नभए मुलुक दुर्घटनामा जान्छ र गणतन्त्र धरापमा पर्छ ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.