REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Sitaram Yechuri

भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका वरिष्ठ नेता सीताराम येचुरी नेपालको तीनदिने भ्रमणका क्रममा राजनीतिक भेटघाटमा व्यस्त रहनुभयो । प्रमुख दलका प्रमुख नेताहरुसँग भेटघाट भए पनि उहाँले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य र डाक्टरले अनुमति नभएकाले भेट्न पाउनुभएन । नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका येचुरीसँग रिर्पार्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलाले गर्नुभएको विशेष कुराकानी :
Q.
राजनीतिक गतिरोध अन्त्यका लागि विभिन्न पहल भइरहेका बेला तपाईं नेपाल आउनुभयो नि ?
A.
म राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री माधवकुमार नेपालको निमन्त्रणामा नेपाल आएको हुँ । नेपालमा राजनीतिक गतिरोध अन्त्य होस् र समयमै शान्ति र संविधान बनोस् भनेर भारतीय जनताका तर्फबाट ऐक्यबद्धता प्रकट गर्न मात्र आएको हुँ । यो मेरो सद्भाव भ्रंमण हो ।
Q.
नेपाल आउनुपर्ने कारण यही हो त ?
A.
हेर्नोस्, नेपाल र नेपालीसँग मेरो भावनात्मक सम्बन्ध छ । हाम्रो सम्बन्ध घनिष्ट र मित्रवत् छ । त्यसैले बेला बेलामा म नेपाल आइरहन्छु । विशेषगरी अन्य दल र माओवादीबीच असमझदारी अन्त्य होस्, तोकिएकै समयमा नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुगोस्, नयाँ संविधान बनोस् र संविधानसभाको जनादेश पूरा होस् भनेर आएको हुँ ।
Q.
जेठ १४ मै नेपालमा नयाँ संविधान आउँछ त ?
A.
म कल्पनाको कुरै गर्न चाहन्न । म भविष्यवक्ता पनि होइन । संविधानसभा चुनावको स्पष्ट जनादेश जेठ १४ मा संविधान समयमै बनाउनुपर्छ । असम्भव केही पनि छैन । म ढुक्क छु । संविधान समयमै जारी हुन्छ, हुन्छ, हुन्छ ।
Q.
दलहरु त संविधानसभाको म्याद थप्ने गृहकार्य गरिरहेका छन् नि ?
A.
त्यो मलाई थाहा छैन । यो दलहरुले गर्ने कुरा हो । नेपालका राजनीतिमा उनीहरु नै निणर्ायक हुन् । म नेपाललाई नजिकबाट चिनेको र नियालेर हेरिरहेको छु । अब संविधानसभाको म्याद थप्नुभन्दा पनि दलहरु लाग्नुपर्छ । यो नयाँ नेपाल बनाउने सुवर्ण अवसर हो । यसमा दलहरु पनि चिन्तित छन् । मलाई विश्वास छ, उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट निकास आउँछ ।
Q.
यति छोटो समयमा जारी हुन सक्ला ?
A.
यसमा तीनवटा आधार छन् । जनआन्दोलनका बेला पनि म नेपाल आएको थिएँ । तपाईंकै रिपोर्टर्स क्लबबाट नेपालको राजतन्त्र अन्तिम भएको घोषणा गरेको थिएँ र राजा नागरिकका रुपमा रहने बताएको थिएँ । पछि संविधानसभाको निर्वाचन हुनेमा पनि विभिन्न शंका थियो मैले रिपोर्टर्स क्लबकै मन्चबाट भनेको थिएँ, निर्वाचन हुन्छ । अहिले पनि तोकिएकै समयमा संविधान जारी हुनेमा आशंका गरिँदैछ । म भन्छु,समयमै सेना समायोजन हुन्छ र जेठ १४ गते संविधान जारी हुन्छ भन्ने मलाई आत्मविश्वास छ ।
Q.
प्रचण्डसँग तपाईंको के कुरा भयो ?
A.
मैले प्रचण्ड, बाबुराम भट्टराई र कृष्णबहादुर महरासँग सबै कुरा राखेको छु । सत्तँ होइन, शान्ति र संविधानलाई प्राथमिकता दिने कुरामा उनीहरु सकारात्मक छन् । मैले उनीहरुलाई यही सरकारमा सहभागी हुन अनुरोध गरे । माओवादीसहितको सहमतिको सरकार बन्नुपर्छ भन्ने भन्ने कुरा पनि राखेँ ।
Q.
माओवादी कसरी यो सरकारमा आउला ?
A.
मैले प्रधानमन्त्री माधवकुमार नेपालसँग दुईपटक भेेटे । एकपटक डिनरमा, अर्कोपटक र्फकने बेला । उहाँमा आत्मविश्वास छ । प्रचण्डलाई पनि प\\mलेक्जिबल देखेको छु । त्यसैले गर्दा छिट्टै माओवादीसहितको सरकार बन्छ ।
Q.
माधव नेपालको नेतृत्वमै ?
A.
यसको, उसको नेतृत्व नभनौं । मुलुकले खोजेको राष्ट्रिय सहमति, एकता र समझदारी हो । समयमै शान्ति र संविधानका लागि माओवादी जस्तोसुकै परिस्थितिमा सरकारमा आउनुपर्छ भन्ने कुरा मैले प्रचण्डलाई राखेको छु ।
Q.
यो सरकारको विकल्प खोज्नु हुँदैन र ?
A.
मैले त्यस्तो भनेको छैन । नेपालमा कस्तो सरकार र कसको नेतृत्वमा बनाउने यहाँकै दलले हो । भारतको नेपाललाई सधैं सद्भाव छ । आन्तरिक कुरामा हामी हस्तक्षेप गर्न चाहन्नौं ।
Q.
तपाईंं त माधव नेपाललाई बहिर्गमन गराउन आउनुभएको रे ?
A.
माधव नेपाल मेरा असल मित्र हुनुहुन्छ । उहाँलाई हामीले किन हटाउने ? म त्यस्तो दृष्टिकोण राखेर हिँड्नेमा मान्छे होइन । अहिलेकै परिस्थितिमा निकास चाहिँ खोज्नुपर्छ ।
Q.
राष्ट्रपतिको कदम नसच्चिए सरकारमा जान सम्भव छ ?
A.
यसमा मेरो कुनै टिप्पणी छैन । राष्ट्रपतिको गरिमा र मर्यादामा आक्षेप लगाउन मिल्दैन । दलहरु सहमतिमा जानुपर्छ भन्ने पक्षमा छु ।
Q.
माओवादीलाई अगाडि बढाउने तपाईं नै हो, अब फेरि माओवादीलाई अघि बढाउन खोज्नुभएको हो ?
A.
कसले के भन्छन् त्यसको पछि दौडने कुरा भएन । तर, मेरो कसैप्रति आग्रह र पूर्वाग्रह छैन । सबै दलका नेतासँग मेरो मित्रता छ । मेरो चाहना नेपालमा राजनीतिक स्थायित्व र समयमै मुलुकका कार्यभार पूरा होस् भन्ने हो ।
Q.
तपाईंलाई त व्यापार गर्न आएको भन्छन् नि ?
A.
सीताराम येचुरी राजनीतिक व्यक्ति हो । उसलाई व्यापार गर्नुछैन । जलविद्युत्मा लगानी गर्नु पनि छैन । नेपालको शुभेच्छुकको नाताले मात्र आएको हुँ ।
Q.
उसो भए दलहरुबीच सहमति हुने भयो होइन त ?
A.
म एकदम आशावादी छु । दलहरुबीच एकता हुन्छ । मुलुक सहमतिको बाटोमा जान्छ । म पूर्ण आशावादी भएर फर्केंदै छु ।
Q.
भ्रमण कस्तो रह्यो ?
A.
मेरो भ्रमण उपलब्धिमुलक रह्यो । नेपाल र नेपालीको समस्या जान्ने मौका पाएँ । सन्तुष्ट भएर फर्केको छु । सहमतिको मिलनविन्दु पहि्रल्याउन यहाँका दलहरु सक्ष्ँम हुनेछन् । मेरो शुभकामना छ ।
Q.
गिरिजाबाबुलाई त भेट्ने मौका पाउनुभएन, होइन ?
A.
हो, मैले गिरिजाबाबुलाई भेट्ने मौका पाइनँ । उहाँको स्वास्थ्यले साथ दिएन । डाक्टरको पनि अनुमति रहेनछ । मैले उहाँको सन्देश पाएका छु र मेरो सन्देश पार्टी नेतामार्फत पुर्‍याएको छु ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.