Puspakamal Dahal ( Prachanda ) with Rishi Dhamala
सबैलाई मिलाएर अगाडि बढ्छुः प्रचण्ड
अध्यक्ष एकीकृत नेकपा माओवादी
Q.
प्रधानमन्त्री माधवकुमार नेपालको राजिनामालाई तपाईले साच्चिकै कसरी लिनु भएको छ ?
A.
माधव नेपालजीको राजिनामा पहिले आउनु पथ्र्यो । हामिले यो सरकार बनेदेखि नै शान्ति र संविधानको बाधक हो । यसले त्यसलाई पुरा गर्न सक्दैन भनेर भनेका थियौ । त्यो साच्चिकै प्रमाणित भएको छ । जे भए पनि ढिलै भए पनि प्रधानमन्त्रीले दिएको राजिनामालाई पार्टीले सकारात्मक रुपमा लिएको छ ।
Q.
राजिनामाले के सबै समस्याको समाधान गर् यो त ?
A.
राजिनामा ले सहमतिको ढोका खोली दिएको छ । शान्ति प्रकि्रयालाई निश्कर्षमा पुर्याउन र नयाँ संविधान निर्माण गर्नको लागी यो एउटा सकारात्मक र उपयूक्त कदम हो । यसले मुलुकलाई एउटा निकास दिन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।
Q.
शान्ति प्रकि्रया निश्कर्षमा पुग्ने र समयमै संविधान लेखिने भन्ने के आधार छ त ?
A.
हामिले एक वर्षदेखि नै सहमतिको लागी भरमददुर प्रयास गर्यौ । अव पनि हामि सबै दलहरुसँग कुराकानी गरेर सहमतिको साथ अगाडि बढ्ने छौ । त्यसकोलागी पनि विहीवार सम्पन्न हाम्रो पार्टीको स्थायी समितिको बैठकले मेरो अध्यक्षतामा तीन सदस्यीय बार्ता टोली गठन गरेको छ । यो वार्ता समितिले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दल र तीनका शिर्ष नेतृत्वसँग कुराकानी गरेर सहमतिको सरकार निर्माणको बातावरण बनाई छाड्छ ।
Q.
अब सहमतिको सरकार कसको नेतृत्वमा बन्ला त ?
A.
संविधान सभाको सबैभन्दा ठुलो दल र सबैभन्दा बढी जनसमर्थन प्राप्त गरेको पार्टीको नाताले एकीकृत नेकपा माओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नु पर्छ भन्ने हाम्रो पार्टीको निर्णय पनि हो र यसकालागी हामि कुनै कसर बाँकी राख्दैनौ ।
Q.
माओवादीभित्र सरकारको नेतृत्व गरे कसले गर्छ त्यो त विवादको विषय भएको छ त ?
A.
हाम्रो पार्टीभित्र कुनै विवाद छैन । हामि एक ढिक्का छौ । हाम्रो पार्टीले सरकारको नेतृत्व गर्ने पोलिटब्यूरोको निर्णय नै हो । हिजोको स्थायी कमिटिको बैठकले पनि माओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने भनी सकेपछि तपाई आफै बुझ्नुस् । विवाद छ भन्ने कुरा बाहिरको हल्ला मात्र हो । नेतृत्वको विषयमा कुनै विवाद छैन ।
Q.
त्यसो भए अबको प्रधानमन्त्री तपाई नै हो त ?
A.
अहिले म यस बारेमा धेरै कुरा बोल्न चाहन्न । अब म कम बोल्छु । मैले बोलेको कुरालाई धेरै विवादमा पारिन्छ । माओवादीको नेतृत्वमा सरकार बनेपछि को प्रधानमन्त्री बन्छ भन्ने कुरा त जगजाहेर नै छ नी ।
Q.
काग्रेस एमालेले तपाईलाई नेतृत्व गर्न देलान र ?
A.
अहिले अब विगतका कुरा नकोट्याउ । म तिक्ततापूर्ण कुरा गर्न चाहन्न । सहमति सहकार्य र एकताको साथ अगाडि बढनु पर्छ । प्रमुख दलहरुवीचको समझदारी अहिलेको अपरिहार्य आवश्यकता हो । काग्रेस र एमाले पनि जिम्मेवार दलहरु हुन । उहाँहरुसँग सहमति गरेर अगाडि बढने पक्षमा म छु । त्यसैले अहिले मेरो ध्यान भनेको समयमा शान्ति प्रकि्रयालाई निश्कर्षमा पुर्याउनलाई दलहरुविच रहेको विश्वासको संकटलाई अन्त्य गरी विगतमा भएका सहमति र सहकार्यलाई कार्यान्वयन गरेर अगाडि बढन म प्रतिबद्ध छु र समयमा संविधान लेखेर मुलुकलाई अग्रगमन तर्फ लैजानतर्फ नै मेरो ध्यान केन्द्रीत छ ।
Q.
अब के साच्चिकै दलहरु सहमतिका साथ अगाडि बढलान त ?
A.
सहमतिको विकल्पै छैन् । सहमति सरकार निर्माण गर्ने मेरो प्रमुख दायित्व र जिम्मेवारी हो । शान्ति सम्झौता गर्दा बखतको स्टेक होल्डर मध्ये म मात्रै बाँकी रहेकोले सबैलाई मिलाएर लैजानु मेरो प्रमुख जिम्मेवारी पनि हो ।
Q.
तपाईको पार्टीले नै तपाईलाई प्रधानमन्त्री हुन दिन्न भन्छन नी ?
A.
हाम्रो पार्टी निक्कै अनुशासित पार्टी हो । पूर्ण लोकतान्त्रिक पार्टी पनि हो । यो पार्टीमा ब्यापक छलफल हुन्छ र सहमति मै निर्णय हुन्छ । त्यसैले अहिले बाहिर जे हल्ला छ । त्यो सब वाहियात र बकवास मात्र हो । हामि जे गर्छौ सहमतिका साथ गछौ । देश र जनताको हितकोलागी गर्छौ ।
Q.
प्रधानमन्त्रीले राजिनामा दिदाँ त तपाईहरु प्रति निक्कै आक्रोस प्रकट गर्नु भयो नि त ?
A.
अब राजिनामा दिदाँ माधवजीले के के बोल्नु भयो । म त्यता तर्फ जानै चाहन्न । उहाँले जुन मुद्दाहरु माओवादीका कारणले गर्न सकिन भनेर आरोप लगाउनु भएको छ । त्यो यथार्थ होईन । शान्ति र संविधानकोलागी गति लिन नसक्नु को मुख्य जिम्मेवारी सरकार कै हो । त्यसैले म अहिले विगतमा भएको कुरा कोट्याएर सहमतिको बातावरण विथोल्न चाहन्न । अब जे भयो त्यसलाई विसे्रर एकताबद्ध भएर राष्ट्रपति महोदयले दिएको समयभित्रमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने महान अभियानमा लागेको छु ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस