REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
ऋषि धमला with  रामचन्द्र पौडेल

रामचन्द्र पौडेल वरिष्ठ मन्त्री
Q.
आठ दलमा त दरार पैदा भयो नि ?
A.
आठ राजनीतिक दलमा दरार त पैदा भएकै छैन । आठ दलमै संविधानसभाप्रति प्रतिबद्धता कम देखिन थाल्यो । संविधानसभा जसरी पनि हुनर्ुपर्छ भनेर पहिला जोसले कराउने साथीहरु नै अहिले बोली फेरिरहनुभएको छ । राष्ट्रले संविधानसभालाई र्सवसम्मत एजेन्डा बनाएर अगाडि जाने भन्ने सहमति भइसकेपछि त्यसलाई हरतरहले सम्पन्न गर्ने इमानदार र निष्ठापर्ूवक लाग्नुपर्ने ठाउ\"मा त्यसबाट तर्किने कुराहरु हुन थालेको छ । त्यसले आपसमा असमन्वयजस्तो स्थिति ल्याइराखेको छ ।
Q.
प्रधानमन्त्री कोइराला नै संविधानसभाको चुनाव चाहनुहुन्न भन्ने कुरामा माओवादीको आरोप छ नि ?
A.
यो बकवास र वाहियात तर्क हो । योभन्दा झुट अरु कुरा हुन सक्दैन । संविधानसभा फेस गर्न आफूहरु तयार छैनन्, आफूहरु बाहिर गएर गल्ती देखाएर शक्तिशाली भन्न चाहन्छन् । जनतामा गए चुनाव हारिन्छ भन्ने डरले सबै थर्कमान छन् । अनि कांग्रेसले चाह\"दैन भन्छन् । कांग्रेस चुनावको लागि सधैं तयार छ । ऐनहरु पारित गराउनुपर्‍यो संविधानसभाको चुनावमा जानको लागि बाटो खोल्नुपर्‍यो । शान्तिसुरक्षा कायम राख्न सबैले सहयोग गर्नुपर्छ । देशमा सवल वातावरण बनाउनुपर्छ । देशमा असहज वातावरण बनाएको कांग्रेसले हो - विधेयक पास गर्न ढिलाई गरेको कांग्रेसले हो - कांग्रेसलाई मात्र आरोप लगाएर कोही पनि उम्कन पाउ\"दैन ।
Q.
कांग्रेस राजा बचाउन लागेकै कारणले चुनाव हुन नसकेको भनिन्छ नि ?
A.
संविधानसभाको चुनाव छिटो सम्पन्न गरेर राजा फालौं, त्यसमा कांग्रेसलाई कुनै आपत्ति छैन ।
Q.
संसद्बाटै राजा फाल्न सकि“दैन ?
A.
संविधानसभाबाट राला फाल्ने भनेर सहमति भएको कुरालाई अहिले किन संसद्बाट फाल्ने भनिन्छ । संविधानसभाको पहिलो बैठकबाट सामान्य बहुमतबाट निर्ण्र्ाागर्ने भनेर सहमति भइसकेको छ ।
Q.
प्रचण्डले त राजा रहुन्जेल संविधानसभामै जा"दैनौ भन्नुभएको छ नि ?
A.
संविधानसभाको पहिलो बैठकले राजा फाल्ने निर्ण्र्ाागर्ने भनेर हस्ताक्षर गर्ने अहिले किन यसलाई ठूलो मुद्दा बनाइन्छ । संविधानसभामा सामान्य बहुमत पनि ल्याउन सक्छौं भन्ने इच्छाशक्ति छैन कि क्या हो ?
Q.
प्रचण्डले त गणतन्त्र नआइकन चुनाव नै हुन सक्दैन भनेका छन् नि ?
A.
माओवादीको संविधानसभाको नारा हात्तीको देखाउने दा\"त रहेछ ।
Q.
प्रधानमन्त्रीविरुद्ध माओवादी कडा रुपमा प्रस्तुत हुन थाले नि ?
A.
हामी मौन छैनौं । हामी पनि छलफल गरिरहेका छौं । माओवादी प्रधानमन्त्रीविरुद्ध किन प्रस्तुत भएको छ, मैले बुभ\\mन सकेको छैन । धेरै गाली गरेर केही हुनेवाला छैन ।
Q.
वाइसीएलमाथि प्रतिबन्ध लगाइ"दैछ रे हो ?
A.
प्रतिबन्धबारे मकेही जान्दिन । प्रजातन्त्रमा प्रतिबन्ध भन्ने कुरै हु\"दैन । वाइसीएलको गतिविधि मर्यादित र नियन्त्रित हुनुपर्छ ।
Q.
माओवादीस"ग तपाईंहरुको सम्बन्ध बिग्रियो भन्छन् नि ?
A.
सबैले आ-आफ्नो आवश्यकता बोध गर्नुपर्छ आवश्यकताले मिल्ने हो । माओवादीलाई कांग्रेसको आवश्यक छ, कांग्रेसलाई माओवादीको आवश्यकता छ । त्यसैले गर्दा मिल्ने हो ।
Q.
माओवादीलाई एक्ल्याउने खेल खेलेको त होइन ?
A.
कसले खेलेको छ । माओवादी वा अरु कसैलाई एक्ल्याउने हाम्रो खेल नै छैन । आठ दललाई एक बनाएर लैजान्छौं र त्यसमा कुनै कसर बा\"की राख्दैनौं ।
Q.
भारतले त कांग्रेस एमाले मिल माओवादीलाई एक्ल्याऊ भन्यो नि ?
A.
त्यो कुरा भारत वा एमाले जानून् । त्यसबारे हामीलाई केही थाहा छैन ।
Q.
माओवादीले लगेको पैसाको पारदर्शिता छ त ?
A.
 पारदर्शिताको कुरा म अहिले केही बताउन चाहान्न । त्यो पछि हिसाव हेरिन्छ । माओवादीका लडाकुहरुले पैसा बुझेर लिनुपर्‍यो ।
Q.
कांग्रेस एकीकरण कहा" पुग्यो ?
A.
कुराकानी गृहकार्य अन्तिम चरणमा पुगेको छ । कांग्रेस एक हुनैपर्छ । संधिवानसभाको चुनावभन्दा पहिले नै एक हुन्छ त्यति टाढाको कुरा नगर्नुहोस्, छिट्टै एक हुन्छ ।
Q.
संविधानसभा मंसिरमा होला ?
A.
मंसिरमा हुन्छ । जसरी पनि गराउनै पर्छ । संविधानसभाको विकल्प छ\"दैछैन । मंसिरभन्दा टाढाको कुरा कसैले पनि नगरौं, चुनाव जसरी भए पनि गराउनेतिर सबै लाग्नुपर्छ ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.