REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Ram Karki with  Rishi Dhamala

सहमतीका लागि प्रचण्डको विकल्प खोज्न सकिन्छ -राम कार्की पोलिटब्यूरो सदस्य एकीकृत नेकपा माओवादी एकिकृत नेकपामाओवादीले बहुमतको सरकार गठनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डुलाई प्रधानमन्त्रीको प्रत्याशी बनाई तिन पटक पराजयको स्वाद चखाईसकेको छ । यद्यपी माओवादीभित्र यस्ता नेताहरु पनि छन जो बहुमतको हैन सहमतीय सरकारको पक्षमा छन् । माओवादी पोलिटब्यूरो सदस्य राम कार्की पनि यतिबेला बहुमतको हैन सहमतीय सरकार गठन गर्नुपर्ने र त्यसका लागि परेमा पार्टी अध्यक्ष प्रचण्डले समेत प्रधानमन्त्रीको दौड त्याग्नुपर्ने पक्षमा छन् । राष्ट्रिय सहमतीको पक्षमा खरो रुपमा उत्रिएका राम कार्की प्रचण्डको बिकल्प खोज्नसमेत पार्टी पछि पर्न नहुने धारमा छन् । किन त प्रस्तुत छ स्पष्टवक्ता कार्कीसँग l ऋषि धमलाले गरेको कुराकानीः
Q.
प्रचण्डको विकल्प को हुन सक्छ बाबुराम कि बादल ?
A.
होईन अहिले ब्यक्तिको कुरामा नजाऔ । हामी ब्यक्तितिर जाने कुरै छैन । जनमतले त बाबुरामलाई प्रधानमन्त्री हुनसक्छन भनेर त देखाईसकेको छ नि  ? ठिकै हो अरुपार्टीसँग कुरा गरेर मात्र यस विषयमा निक्र्यौल गर्नु उपयूक्त हुन्छ ।  हामीले मात्रै कुरा गरेर हुने कुरा होईन । 
Q.
सहमतीको बातावरण बनाउन प्रचण्डले उमेदवारी फिर्ता लिदाँ कुनै आपत्ति हुन्छ र ?
A.
आजभोली मै सहमति भै हाल्छ भने त निश्कर्षमा पुर् याउन सकिहालिन्छ । मुख्यत माओवादी ठुलो पार्टी भएकोले त्यही पार्टीको नेताको नेतृत्वमा न्यूनतम साझा कार्यक्रम बनाएर राष्ट्रिय सहमति बन्न सक्यो भने त्यो सबैभन्दा राम्रो विकल्प हुन्छ । अब त्यसमा आपत्ति छ भने अरु विकल्पमाथि छलफल गर्न र कुरा अगाडि बढाउन सकिन्छ । 
Q.
त्यसमा सहमती जुटने संभावना त देखिदैन नी ?
A.
संभावना हामीले सिर्जना गर्ने हो । मुलुकलाई डेडलकमा राख्नु हुदैन । अहिले पनि मेजर पार्टी बसेर पहिलो संभावनामाथि विचार गर्ने । अर्थात प्रचण्डको नेतृत्वमाथि विचार गर्ने । त्यसमा कुरा नमिले सहमतिको राजनीति सुरु गर्ने हिसावमा अर्को व्यक्तिलाई पनि विकल्पको रुपमा अगाडि बढाउन सकिन्छ । 
Q.
खै अहिलेको परिदृश्य हेर्दा त प्रचण्डको नेतृत्वमा असम्भव देखियो नी ?
A.
होईन असम्भव छैन । अहिले हामी सबैले चेतेका  पनि छौ । सबैले अब नयाँ ढंगले समिक्षा गर्नुपर्ने अवस्था पनि छ । अब हामी सवैले  मिलेर राजनीतिलाई सहमतिको प्रकि्रयामा लैजाने प्रयत्न गर्नुपर्छ ।
Q.
सहमतिको प्रकि्रयामा लैजान त प्रचण्डले उम्मेदवारी फिर्ता लिनु पर्ला नी तयार हुनुहुन्छ त ?
A.
सबै पार्टीमा सहमति हुन्छ भने नयाँ प्रकि्रयाको थालनी गर्नुपर्छ । उम्मेदवारी परिसकेको स्थितिमा प्रचण्डलाई नै राष्ट्रिय सहमतिको सरकारको नेताको रुपमा अगाडि लैजाउ न त भन्ने विकल्प सबै भन्दा बढी उपयूक्त हुन्छ ।
Q.
तिन पटकसम्मको प्रयासले पनि प्रधानमन्त्री चयन हुन नसकेपछि अब बहुमतीय सरकार बन्ने संभावना टर् यो हैन त ?
A.
भविष्यको बारेमा केही भन्न सकिदैन । हाम्रो ग्राफ बढिरहेको छ । तर हामीले सरकार बनाई हाले पनि त्यसलाई राष्ट्रिय सहमतिको सरकार बनाउनतर्फ अगाडि बढी हाल्नुपर्छ । 
Q.
चौथो पटकको निर्वाचन पनि निरर्थक होला जस्तो छ नी ?
A.
अब साउन २१ गते संभवत हाम्रै पक्षमा बहुमत जुटला । नजुटेको खण्डमा अब हामी राष्ट्रिय सहमतिमा जानै पर्छ । त्यसको लाग्ाी जनताको चाहनाप्रति त हामी नतमस्तक नै छौ ।
Q.
राष्ट्रिय सहमतिको लागी माओवादीको सोच के छ ?
A.
हामीले कुनै न कुनै अगंको बैठक गरेर राष्ट्रिय सहमतिको लागी प्रयत्न गर्नैपर्छ । हाम्रो मुख्य प्राथमिकता भनेको पार्टी अध्यक्षकै नेतृत्वमा सहमतिको सरकार बन्नुपर्छ भन्ने नै हो । त्यसो भएमा शान्ति र संविधान लेखन प्रकृया सहज र छरितो हुन्छ भन्ने अहिले पनी हामीलाई लाग्छ । 
Q.
बाबुराम बैकल्पीक उ्रम्मेदवार हुन सक्नुहुन्छ नी होईन ?
A.
हामी अरु पार्टीहरुसँग बसेर एउटा सहमतिमा पुग्ने हो । त्यसका लागि मेरो गोरुको वाह््रै टक्का भनेर पनि त हुँदैन ।
Q.
सहमतिको सरकारको नेतृत्व गर्न बाबुराम उपयुक्त हो की हैन ?
A.
तपाईले बाबुरामजीलाई बढी मन पराए जस्तो छ । तर हाम्रो पार्टीको जुनसुकै नेता हुन सक्नुहुन्छ । कसको नाममा राष्ट्रिय सहमति बन्छ त्यो मुख्य कुरा हैन । मुख्य कुरा के हो भने बहुमतीयबाट सहमतियमा लैजान सकियो भने अहिले देशलाई बढी नोक्सानबाट बचाउन सकिन्छ । 
Q.
त्यसो भए अब बहुमतको सरकार काम लाग्दैन ?
A.
बहुमतको सरकार काम लाग्दैन भन्दा पनि बहुमतको सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा परिणत गर्न सकिएन भने त्यसको कुनै अर्थ छैन । त्यसैले सहमतिको सरकार नै चाहिन्छ ।
Q.
सहमतिको सरकार किन आवश्यक छ त ?
A.
किनकी सहमतिको सरकार विना शान्ति प्रकि्रयालाई निश्कर्षमा पुर् याउन र संविधान लेख्न सकिदैन । 
Q.
सहमतीको सरकार नभए संविधान पनि बन्न सक्दैन शान्ति पनि कायम हुन सक्दैन होईन त ?
A.
त्यसो मात्र होईन सहमतिको सरकार बनेर न्यूनतम साझा कार्यक्रम तयार पारेर अगाडि बढनु पर्छ भनेको हुँ ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.