ऋषि धमला with डा. रामशरण महत
चीनस“गको सम्बन्ध अस्वाभाविक छैन
डा. रामशरण महत, अर्थमन्त्री
Q.
विदेशी चलखेल बढेको हो ?
A.
कसले चलखेल गरेको हो, मलाई थाहा छैन ।
Q.
चीनका राजदूतले माओवादीस"ग सम्बन्ध बढाउने भनेर घोषणा गरे नि त ?
A.
माओवादी सरकारमा आइसकेपछि सरकारको प्रतिनिधिको हैसियतले चीनले सम्बन्ध स्थापना गर्नु स्वाभाविक हो । यो कुनै नौलो कुरा होइन ।
Q.
नेपालको राजनीतिमा चीनको चासो त बढेर गयो नि ?
A.
राजनीतिमा चिनीया चासो त जहिले पनि छ । उनीहरु सत्तामा जो छन्, उनीहरुस\"ग राम्रो सम्बन्ध राख्न चाहन्छन् । हिजो पनि आज पनि भोलि पनि उनीहरु राम्रो सम्बन्ध राख्न चाहन्छन् । सत्तामा माओवादी आइसकेपछि हिजोसम्म सम्बन्ध थिएन भने पनि अब विस्तार हुने भयो ।
Q.
चीनले माओवादीस"ग सम्बन्ध सुधार्दा भारत रिसाउला नि ?
A.
किन रिसाउने भारतको चीनस\"गको सम्बन्ध पनि झन्झन् विस्तार हु\"दैछ, प्रगाढ र घनिष्टताका साथ अगाडि बढिरहेको छ । व्यापारिक सम्बन्ध झन गहिरो भएको छ । भारतले चीनस\"ग सम्बन्ध बढाउ\"दाचाहिं हुने नेपालको कुनै राजनीतिक दलले चीनस\"ग सम्बन्ध बढाउन नहुने भन्ने कुरा मिल्दैन ।
Q.
राजनीतिमा केही हलचल आउला कि ?
A.
राजनीतिमा यसले हलचल र कुनै तरङ् पैदा गराउलाजस्तो मलाई लाग्दैन ।
Q.
राजनीतिमा समीकरण परिवर्तन हुन्छ कि ?
A.
समीकरण परिवर्तन हु\"दै हु\"दैन । भारतस\"ग पनि माओवादीको सम्बन्ध राम्रो छ । हिजोसम्म भारतले माओवादीलाई आतंकवादी भनेको होइन । पछि सात दलस\"ग सम्बन्ध विस्तार गर्न र राजनीतिको मूलप्रवाहमा ल्याउन भारतले माओवादीलाई ठूलो भूमिका खेलेको छ । माअेावादी रुपान्तरण भइसकेपछि हिंसा छोडिसकेपछि माओवादीलाई पनि सबैले मूल धारको पार्टर्ीीे रुपमा स्वीकार गर्नुपर्यो । माओवादीका अहिलेका कतिपय गतिविधिले केही राष्ट्रलाई आशंका पैदा गरेको छ ।
Q.
आगामी बजेट कस्तो आउ"दैछ ?
A.
बजेटको तयारी राम्रोस\"ग अगाडि बढेको छ । के कडा वक्तव्य आयो मलाई थाहा छैन । म सबै राजदूतको वक्तव्य पढेर बस्दिन ।
Q.
आगामी बजेट तयारी कहा" पुग्यो ?
A.
बजेटको तयारी राम्रोस\"ग अगाडि बढेको छ । हामी अन्तिम तयारीमा जुटेका छौं ।
Q.
बजेटमा के के प्राथमिकता पर्दछन् ?
A.
बजेटको फोकस अहिले देखिएका आर्थिक समस्यालाई कतिसम्म सम्बोधन गर्न सकिन्छ, त्यो पहिलो प्राथमिकतामा पर्दछ । शान्तिपर्ूण्ा अवतरण होस् संविधानसभाको निर्वाचन मंसिरमा सम्पन्न होस्, लोकतन्त्र सुदृढ र बलियो होस् भन्नर्ेतर्फ हामी प्रयत्नशील छौं । शान्ति र विकास, दिगो प्रजातन्त्र र आर्थिक विकास नै बजेटको मूल मुद्दा हुनेछ ।
Q.
बजेटको प्रमुख एजेन्डा संविधानसभाको निर्वाचन सम्पन्न गराउनु हो ?
A.
बजेटको प्रमुख एजेन्डा संविधानसभाको निर्वाचन सम्पन्न गर्नमा नै केन्द्रित हुनेछ ।
Q.
बजेट समावेशी विकासमुमी र लोकप्रिय कस्तो हुने छ ?
A.
बजेटको मुख्य उद्देश्य शान्ति, विकास, पुनःनिर्माण, सुशासन, आर्थिक उन्नति गर्नेमा केन्द्रित हुनेछ ।
Q.
बजेट आउ"छ तर कार्यान्वयन हु"दैन नि किन ?
A.
बजेट कार्यान्वयन हु\"दैन भनेर कसले भन्यो । गत सालको तुलनामा ५० प्रतिशत विकास खर्च वृद्धि भएको छ । तथ्यांक बंग्याउन पाइ\"दैन ।
Q.
सुरक्षा खर्च बढ्छ कि ?
A.
त्यो त बजेट आएपछि नै थाहा हुन्छ ।
Q.
दरबारको खर्च घट्छ कि बढ्छ ?
A.
दरबारको खर्च बढ्ने त कुरै आउ\"दैन ।
Q.
दरबारको खर्च कति प्रतिशत घट्ला ?
A.
दरबारको खर्च कति प्रतिशत घट्छ, अहिले म भन्न सक्दिन तर घट्छ । दरबारको खर्च कति प्रतिशत घट्छ अहिले म भन्न सक्दिन तर घट्छ । त्यो अन्तिम अवस्थामा गएर थाहा हुन्छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस