REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Jaya Prakash Prasad Gupta with  Rishi Dhamala

त्यसो भए प्रचण्ड प्रधानमन्त्री हुन्छन् जयप्रकाशप्रसाद गुप्ता सहअध्यक्ष मधेसी जनअधिकार फोरम
Q.
भदौ २० गते मुलुकले नयाँ प्रधानमन्त्री पाउला ?
A.
एकीकृत माओवादी अध्यक्ष प्रचण्डको भनाइअनुसार २० गते उहाँको प्रध्ानमन्त्री हुने सम्भावना छ ।
Q.
कसरी प्रधानमन्त्री बन्न सक्नु होला ?
A.
३०१ जनाभन्दा बढी सभासद् भयो भने उहाँ प्रधानमन्त्री बन्नुहुन्छ ।
Q.
त्यसको आधार के देख्नुभएको छ ?
A.
उहाँ प्रधानमन्त्रीको उम्मेदवार हो उम्मेदवार भएपछि पक्कै आधार देख्नुभएको होला ।
Q.
भनेपछि संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाको मत माओवादीलाई जान्छ ?
A.
यसमा मधेसी मोर्चा र फोरमको मात्र होइन सबै सभासद्को भूमिका हुृन्छ । तर हाम्रो पार्टी र मेधसी मोर्चाले यसबारे कुनै निर्णय छैन ।
Q.
मधेसी मोर्चाले प्रचण्डलाई भोट हाल्न तयार होला त ?
A.
चारवटै मधेसी पार्टीमा अहिले मुलुकले सरकार पाउनुपर्छ भन्ने मत प्रबल छ । हाम्रो पार्टीमा त्यसको पक्षमा लबिङ सुरु भएको छ ।
Q.
त्यो मत प्रचण्डलाई जाने त होला नि ?
A.
अहिले नै प्रचण्ड या रामचन्द्र पौडेल कसलाई भोट दिने भन्न सकिन्न । तर हाम्रो पार्टीलगायत मधेसी मोर्चामा मुलुक अनिर्णयको बन्दी हुनुहुन्न र मुलुकले तत्काल सरकार पाउनुपर्छ भन्ने पक्ष बलियो छ ।
Q.
मधेसी मोर्चा र माओवादीबीच कुरा मिलेको हो ?
A.
मेरो जानकारीमा अहिलेसम्म त्यस्तो कुनै निर्णय भएको छैन । हामी त्यो निष्कर्षमा पुगेका छैनौं ।
Q.
विजयकुमार गच्छदार र उपेन्द्र यादवको प्रचण्डसँग वार्ता भइरहेको भनिन्छ नि ?
A.
वार्ता त स्वाभाविक हो । त्यस्तो वार्ता प्रचण्डको झलनाथ खनालसँग कांग्रेससँग पनि भएको हुन सक्छ । विजयकुमार गच्छदार र उपेन्द्र यादवको नहुने भन्ने कुरा छैन ।
Q.
तपाईंहरु प्रचण्डलाई भोट हाल्ने तम्तयार हुनुभएको हो ?
A.
त्यस्तो कुनै निर्णय मोर्चा र फोरममा भएको छैन । पार्टी निर्णय नभई अहिले भन्न सकिन्न ।
Q.
तपाईं भविष्यवाणी गर्न सिपालु मानिनुहुन्छ भन्नोस् न २० गते को प्रधानमन्त्री हुन्छ ?
A.
त्यो घोषणा गर्ने आधार बनिसकेको छैन । कम्तीमा अहिले तपाईं र मबीच कुरा गरिरहँदा त्यस्तो आधार बनेको छैन । अझै दुई तीन समय छ । सबै कुरा सकारात्मक हुन सक्छ ।
Q.
माओवादीलाई भोट हाल्न तपाईंहरुको सर्त के हो ?
A.
पहिलो त माओवादीले मधेसी मोर्चाले प्रस्तुत गरेको आधारपत्रमा सहमति जनाउनुपर्छ । शान्ति प्रकि्रया र सेना समायोजनबारे ठोस प्रतिबद्धतासहित आउनुपर्छ ।
Q.
शान्ति प्रकि्रया र सेना समायोजनबारे ठोस प्रतिबद्धता भनेको के हो ?
A.
समायोजित हुने लडाकु संख्या तोकिनुपर्छ वाइसिएलको ब्यारेकीकरण अन्त्य र कब्जा सम्पत्ति फिर्ताको समयबद्ध तालिका लोकतान्त्रिक संविधान निर्माण मधेसका सवालमा सकारात्मक सोचका साथ आउनुहुन्छ । त्यो भयो भने प्रचण्डको पक्षमा मधेसी मोर्चाले निर्णय सक्छ । त्यो भन्दा पनि पहिले त मोर्चाले निर्णय गर्नुपर् यो ।
Q.
तपाईंहरुले लोकतान्त्रिक मोर्चा बनाउने भन्दै माओवादीलाई मत दिन मिल्छ ?
A.
नेपालमा लोकतान्त्रिक गणतन्त्र एकप्रकारले असफल अभ्यास भइसक्यो । त्यसैले अब लोकतान्त्रिक र अलोकतान्त्रिक भन्ने सवालै छैन । ल्ााेकतान्त्रिक गठबन्धनकै पार्टी एमालेका अध्यक्ष झलनाथ खनाल माओवादीसँग हात मिलाउन त_िम्ससकेपछि अब को लोकतान्त्रिक र को अलोकतान्त्रिक भन्ने विभेद रहेन । अब संविधानसभामा भएका सबै दल लोकतान्त्रिक हुन् ।
Q.
भनेपछि रामचन्द्र पौडेल प्रधानमन्त्री हुन सक्दैनन् ?
A.
एमालेले साथ नदिँदासम्म गणितीय आधारमा रामचन्द्र पौडेल प्रधानमन्त्री हुने सम्भावना छैन । एमालेले भोट नहाल्दा हाम्रो भूमिकाले केही हुनेवाला पनि छैन । एमालेले हाल्दैमा हामी्ले हाल्नुपर्छ भन्ने पनि छैन ।
Q.
रामचन्द्र पौडेललाई किन भोट नहाल्ने त ?
A.
नबन्ने प्रधानमन्त्री मन्त्रीलाई दिएर भोट किन खेर फाल्ने ?
Q.
पाँचौं चरणसम्म प्रधानमन्त्री नचुनिनुमा को दोषी देख्नुहुन्छ त ?
A.
तीनै दल दोषी हुन् । तीनै दल सैतानका पार्टी हुन् । सैतान नं। १ २ र ३ को भन्ने कुरा मात्र हो ।
Q.
सैतान नं. १ २ र ३ को को हुन् त ?
A.
सबै सैतानहरुका पार्टी हुन् । बीच बीचमा सैतानपना देखाएर १ २ र ३ हुने गर्छन् ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.