Rishi Dhamala with Sadananda Singh
भारतीय कंग्रेस आईका वरिष्ठ नेता सदानन्द सिंह नेपाली कांग्रेसको बाह्रौं महाधिवेशनमा भाग लिनका लागि काठमाडौं आउनुभएको थियो । उहााको नेतृत्वमा कंग्रेस आईले चार सदस्यीय प्रतिनिधिमण्डल महाधिवेशनमा सहभागी हुन पठाएको थियो । भारतीय राजनीतिमा राम्रो छाप बनाएका सिंह बिहार राज्य सभाका सभामुख पनि रहिसक्नुभएको छ । विभिन्न समयमा मन्त्री रहेका सिंह कंग्रेस आई अध्यक्ष सोनिया गान्धीको निकट रहेर काम गर्ने नेता हुनुहुन्छ । काठमाडौंमा रहादा उहाासाग रिपोर्टर्स नेपाल डटकमका लागि ऋषि धमलाले गर्नुभएको कुराकानीको प्रमुख अंश :
Q.
नेपाल र भारतबीचको सम्बन्ध कस्तो देख्नुभएको छ ?
A.
नेपाल र भारतबीच राम्रो सम्बन्ध छ । म बिहारको सभामुख भएर काम गरेको छु । दुई देशको सम्बन्ध सिमानामा गएर हेर्नुपर्छ । एसियामा हाम्रो सबैभन्दा राम्रो सम्बन्ध भएको मुलुक नै नेपाल हो । दुई देशबीच भौगोलिक, सांस्कृतिक, आर्थिक, सामाजिक सम्बन्ध जनस्तरसम्म फैलिएको छ ।
Q.
नेपालका माओवादीसाग कंग्रेस आईको सम्बन्ध सुधार भएको हो ?
A.
लोकतन्त्रमा विश्वास राख्ने सबै दलसाग हामी समान सम्बन्ध राख्न चाहन्छौं । माओवादीसाग हाम्रो आग्रह, पूर्वाग्रह छैन । माओवादीले लोकतन्त्रलाई पूर्ण स्वीकार गरेको खण्डमा कंग्रेस आई सम्बन्ध स्थापित गरेर अघि बढ्न तयार छ । तर, ऊ हतियार र लडाकुविहीन पार्टी बन्नुपर्यो । पार्टीगत रुपमा सम्बन्ध नराम्रो छैन ।
Q.
नेपाल सरकारविहीन हुादा भारतले आफ्नो अनुकूल प्रधानमन्त्री बनाउन चाहेको चर्चा गरिन्छ नि ?
A.
हामी यति मात्र भन्न सक्छौं, नेपालमा लामो समयसम्म सरकार विहीन अवस्था रहनु हुादैन । छिटोभन्दा छिटो लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार सरकार बन्नुपर्छ । त्यस्तो सरकार नै दिगो र स्थायी हुन्छ ।
Q.
नेपालमा तीन महिनादेखि सरकार बन्न सकेको छैन । कंग्रेस आईले नेपालमा कस्तो सरकारको अपेक्षा गरेको छ ?
A.
हामी नेपालको आन्तरिक मामिलामा केही बोल्न चाहादैनौं । कस्तो सरकार बनाउने, कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा नेपालकै दलहरुले तय गर्नुपर्छ ।
Q.
शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउन भारतको कस्तो सहयोग रहन्छ ?
A.
नेपाल हाम्रो नजिकको घनिष्ट मित्र हो । नेपालमा शान्ति प्रक्रिया निष्कर्षमा पुगेको हेर्न हामी आतुर छौं । त्यसका लागि भारत सरकार या कंग्रेस आईबाट कस्तो किसिमको सहयोग गर्नुपर्छ, त्यसका लागि हृदयदेखि तयार छौं । अर्को कुरा नेपालमा परिवर्तनपछि लोकतान्त्रिक संविधान बन्नुपर्ने हुन्छ, त्यसका लागि भारत जस्तो सुकै सहयोग गर्न तयार छ । तर कस्तो संविधान बनाउने भन्ने कुरा नेपालकै दलहरु र संविधानसभाले तय गर्ने हो । मलाई विश्वास छ, बााकी अवधिमा नेपाल प्रमुख दुई एजेन्डा पूरा गरेर लोकतन्त्रलाई बलियो बनाउन सक्षम हुने छ ।
Q.
महाधिवेशनले कांग्रेसलाई बलियो बनाउन सक्ला ?
A.
नेपालको मुख्य समस्या के हो र त्यसको समाधान कसरी गर्न सकिन्छ भन्नेबारे कांग्रेस महाधिवेशन केन्दि्रत हुनुपर्छ । नेपाली जनताले शान्ति खोजेका छन् । नेपालमा शान्ति, राजनीतिक स्थायित्व र लोकतान्त्रिक संविधान समयावधिभित्रै लेखेर आर्थिक समृद्धिको फड्को मार्नुपर्यो ।
Q.
नेपालमा शान्ति र संविधान समयावधिभित्रै सम्पन्न हुने आधार देख्नुभएको छ ?
A.
मलाई लाग्छ, नेपालका राजनीतिक दलहरु समय र परिस्थितिअनुरुप आफ्नो निर्णय लिन सक्षम छन् । दलहरुसाग हाम्रो यति मात्र आग्रह छ- दलहरुले राष्ट्रिय सहमति गरेर मुलुकका प्रमुख एजेन्डा पहिचान गरी समस्या समाधानमा लाग्नोस् । कांग्रेस महाधिवेशन समारोहमा जुन किसिमको उपस्थिति देखियो । त्यो एउटा शुभ संकेत हो । त्यसैले नेपालमा लोकतन्त्र संस्थागत हुने मैले विश्वास लिएको छु ।
Q.
भनेपछि कांग्रेस महाधिवेशनले कस्तो सन्देश देला ?
A.
हामीले जानेबुझेदेखि अहिलेसम्म कांग्रेसले जहिले पनि जनतालाई स्वतन्त्र र अधिकारसम्पन्न गराउन काम गरेको छ । हरेक लोकतान्त्रिक आन्दोलनमा उसको भूमिका अग्रणी छ । कांग्रेसले मुलुकको राजनीतिक परिस्थितिको सूक्ष्म विश्लेषण गरेर पार्टीलाई समयानुकूल र चुस्त दुरुस्त पार्न सक्नुपर्छ । मास बेस पार्टी भएकाले कार्यकर्तालाई सुरक्षाको अनुभव गराएर संगठनमा ध्यान दिनुपर्छ ।
Q.
तपाईले नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुनुभयो, कस्तो अनुभव गर्नुभयो ?
A.
नेपाली कांग्रेसको बाह्रौं महाधिवेशनमा भाग लिन पाउादा मलाई अत्यन्त खुसी लागेको छ । नेपाली कांग्रेसको इतिहास लामो छ । नेपाल र नेपालीलाई स्वतन्त्र बनाउन यसले ठूलो संघर्ष गरेको छ । विश्वको इतिहास नियाल्ने हो भने एउटा पार्टीले तीनवटा क्रान्तिको नेतृत्व गरेको कमै देखेका छौं । त्यसैले कांग्रेसले नेपालमा राणा शासनविरुद्ध लड्ने बखत भारतमा स्वतन्त्रताका लागि समेत सहयोग पुर्याएको थियो । भारतीय स्वतन्त्रता संग्राममा जवाहरलाल नेहरुसागै बीपी कोइराला पनि जेल बसेको इतिहास साक्षी छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस