Bijaya Kumar Gachedar with Rishi Dhamala
कार्यबाहक प्रधानमन्त्री एवम मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय
अध्यक्ष विजयकुमार गच्छदार नेपाली राजनीतिका धुरन्धर खेलाडीको रुपमा परिचित हुनुहुन्छ । आफूले बोलेको कुरालाई पुर् याईछाडने प्रष्ट अडान भएका
राजनीतिज्ञ गच्छदारलाई भावी प्रधानमन्त्रीको रुपमा पनि हेर्ने गरिन्छ । मधेसमा
मात्रै होईन पहाडीयाहरुको वीचमा पनि उत्तिकै लोकपि्रय नेता गच्छदारसँ रिपोर्टस्र नेपाल डटकमका लागी ऋषि धमलाले गर्नुभएको कुराकानीः
Q.
माओवादी विस्तारित बैठकमा लडाकु सहभागी भए तर सरकारले केही गर्न सकेन नी त ?
A.
विस्तारित बैठकमा लडाकु सहभागी गराएर माओवादीले शान्ति सम्झौता विपरितकाम गरेको छ । राज्यको ढुकुटी खाएर बसेको र विशेष समिति अन्र्तगतआईसकेको लडाकुलाई पार्टीको आन्तरिक बैठकमा सहभागी गराउनु भनेकोहालसम्म भएका सम्झौता विपरित काम हो । माओवादीहरु अझै पनि सेनासमायोजन गर्न चाहदैनन र आफ्नो सेनालाई कायमै राखेर मुलुकको सत्ता कब्जा गर्न चाहन्छन भन्ने यसले प्रष्ट पारेको छ ।
Q.
अब विस्तारित बैठकमा लडाकु फेरि शिविरमा बस्न सक्छन् ?
A.
सरकार यसमा प्रष्ट छ । माओवादीको विस्तारित बैठकमा सहभागी लडाकुलाई कुनै पनि हालतमा हामि समायोजनमा सहभागी गराउँदैनौ । उनीहरु जो जो बैठकमा सहभागी भएका छन् । उनीहरु पार्टीकै कार्यकर्ता भएर बसुन । सरकार अब उनीहरुलाई पुरानै हैसियतमा राख्ने बाला छैन ।
Q.
तपाईहरु कसरी रोक्नु हुन्छ त ?
A.
यस विषयमा हामि अनमिनसँग पनि कुरा गर्छौ । कति लडाकुहरु बैठकमा सहभागी भए त्यसकोहामि तथ्याङक संकलन गर्छौ र उनीहरु पार्टीकै मातहतमा बस्नु पर्छ । अब सरकारले उनीहरुलाई समायोजनको प्रकि्रयामा सहभागी गराउन सक्दैनौ भन्ने कुरा हामि माओवादीका नेताहरुलाई पनि प्रष्ट भनिदिन्छौ । सरकारले त्यस्तालाई समायोजन प्रकि्रयाबाट अलग राख्न हर सम्भाव प्रयास गर्छ । यसमा कसैले पिन आशंका नगरे हुन्छ ।
Q.
यसले समायोजन प्रकि्रयामा असर पार्ला नि त ?
A.
मैले पहिले देखिनै भनेको छु माओवादी सेना समायोजन गर्न चाहदैन ।शान्ति प्रकि्रया निश्कर्षमा पुर् याएर संविधानको सुनिश्चितताकोलागी जुनगंभिरता देखाउनु पर्ने हो त्यसमा पनि जिम्मेवार देखिदैन । जसरी हुन्छ सत्ता कब्जा गर्ने मनासायले नै अगाडि बढेको देखिदैन । त्यसैले मत अझै भन्छु माओवादी लडाकुलाई नेपाली सेनामा कुनै पनि हालतमा समायोजन गर्नु हुदैन । माओवादीले एकतर्फी रुपमा शान्ति सम्झौता विपरित काम गर्दै जाने हो भने समायोजनमा असर पक्कै पर्छ ।
Q.
त्यसो भए शान्ति र संविधानको सुनिश्चितता नहुने नै भयो होईन त ?
A.
तीन ठूला दलको ब्यवहार हेर्दा त शान्ति र संविधान निर्माण संकटमा परेकोजस्तो लाग्छ । खास गरी माओवादीमा यूद्धको धङधङगी बाँकी रहेको कारणलेपनि यो प्रकि्रया संकटमा छ । काग्रेस र एमाले पनि अब जिम्मेवार र गंभिर भएर आगाडि नआउने हो भने लोकतन्त्र नै कमजोर हुन सक्छ । त्यसैले माओवादीको त लोकतन्त्र प्रति विश्वास छैन भन्ने कुरा शुक्रवार संसदमा ताण्डव नृत्य देखाएर माणित गरिसकेको छ ।
Q.
शुक्रवारको संसदको घटनालाई तपाईको पार्टीले कसरी लिएको छ ?
A.
त्यो समग्र लोकतन्त्रमाथिको आक्रमण हो । सबै लोकतन्त्रबादीले घटनाको कडा भत्स्रना र निन्दा गरेर मात्र हुदैन । त्यस्तो ताण्डव नृत्व गरेर वितण्डा मच्चाउने हरुलाई कारवाही नै गर्नुपर्छ । त्यसमा सभामुखले खुट्टा कमाउनु हुदैन । त्यस्ता सभासदहरुलाई परिआयो भने निलम्बन गरेर देखाउनुपर्छ । त्यसले मात्र लोकतन्त्र प्रतिको नेपाली जनताको आस्था र विश्वास बढ्छ ।
Q.
कारवाही गर्न नियमावलीले दिन्छ र ?
A.
सभामुखले चाहनु भयो भने त्यो सम्भव छ । कारवाही गर्न सकिन्छ । कस्तो कारवाही गर्ने भन्ने कुरा सभामुखमा भर पर्ने कुरा हो ।
Q.
संसदको स्थगन पछि प्रधानमन्त्री निर्वाचन प्रकि्रया तुहिएको हो
A.
संसदको स्थगनले प्रधानमन्त्रीको निर्वाचनको प्रकि्रयालाई कुनै प्रभाव पार्दैन । जुन दिन संसद खुल्छ त्यही दिन पुरानै प्रकि्रया अगाडि बढछ । अहिले प्रकि्रया टुङगियो र खारेज भयो भन्नु गलत ब्याख्या हुन्छ त्यो कानून र संविधान सम्मत हुदैन ।
Q.
नियमावलीले अस्पष्ट भएको कारण रामचन्द्र पौडेलको उमेदवारी खारेज भयो
A.
त्यो गलत ब्याख्या हो । संसद सुचारु भएकै दिनदेखि उहाको उमेदवारी यथावत रहन्छ । संसदमा रामचन्द्र पौडेलको उमेदवारी कायम रहेको कारणले जब सम्म चुनाव भएर यो प्रकि्रया टुङगोमा पुग्दैन । तबसम्म कसैले चाहेर पनि यो उमेदवारी खारेज हुदैन ।
Q.
एमाले र माओवादीले त उमेदवारी खारेज हुन्छ भनेका छन नी त ?
A.
त्यो कसले के भनेको छ मलाई थाहा छैन । तर खारेज भयो भन्नु चाहीआत्मरतीमा रमाउनु मात्र हो । यदि उनीहरुले त्यो भनेका छन् भने त्यो गलत ब्याख्या भयो त्यसो गर्न सुहाउने कुरा होईन ।
Q.
अब फेरी प्रकि्रया सुरु हुदा के प्रधानमन्त्री होला ?
A.
प्रकि्रया त अहिले पनि कायमै छ । रामचन्द्र पौडेलजीको उमेदवारी यथावत छ । एमालेले आफ्नो निर्णय परिवर्तन गर्ने वित्तिकै पौडेलजी प्रधानमन्त्री बन्न सक्नु हुन्छ । तर त्यसकोलागी एमाले तयार हुनु पर् यो र मुलुकलाई एउटा निकास दिनु पर् यो । नेपाली जनताको दिगो शान्तिको चाहना र लोकतान्त्रिक संविधान निर्माणको आकांक्षा पुरा गर्नै पर्छ । त्यसकोलागी सबैले आ-आफ्नो ठाउबाट त्याग गर्नु पर्छ । ठूला पार्टीले कुसर्ी मोह त्याग्नु पर्छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस