ऋषि धमला with गोपालमान श्रेष्ठ
राजाले भोजमा बोलाएनन्
गोपालमान श्रेष्ठ, नेता, कांग्रेस प्रजातान्त्रिक
Q.
फेरि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजालाई गद्दी छाड्न भन्नुभयो। राजाले कहिले गद्दी छाड्लान् त?
A.
छाडेको दिन।
Q.
मिति तोकेर भन्नुस् न?
A.
मेरो भविष्यवाणी काम लाग्दैन हेर्नुस्। मैले त अत्यन्त राम्रो उपाय सुझाएको थिएँ। नेताको घैंटोमा घाम लागेन।
Q.
तपाईंले राजालाई राष्ट्रपति बनाउने भन्नुभएको थियो होइन?
A.
राजालाई चाँडै गद्दीबाट छुटाउने उपाय त्यही थियो।
Q.
भनेपछि राजा गद्दीबाट हट्ने सम्भावना छैन?
A.
त्यति चाँडो मैले देखेको छैन। संविधानसभा निर्वाचनपछि मात्र त्यो सम्भव होला।
Q.
भारतबाट अंग्रेज भागेजस्तै राजाले छाड्लान् त?
A.
छाडिदिए त हुन्थ्यो। त्यो धेरै कठिन कुरा हो।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस