Ramchandra Poudel with Rishi Dhamala
रामचन्द्र पौडेल कांग्रेस संसदीय दलका नेता
दलहरुबीच सहमति हुन लागेको हो
नेपाली कांग्रेसले जहिले पनि जस्तोसुकै परिस्थितिमा पनि सहमति र सहकार्यलाई अघि बढाउन कुनै कसर बाँकी राखेको छैन । अब माओवादीले आफूले बोलाएको संसद अधिवेशन आफैं फिर्ता लिन्छु भन्दा हामीले सहमति नगर्ने कुरै आएन । अझै पनि सहमति बनोस् भन्ने कांग्रेसको स्पष्ट अडान छ ।
Q.
सहमति कसरी बन्न सक्छ त ?
A.
माओवादीले लडाकु समायोजन पुनस्र्थापना र सम्पूर्ण रुपमा नेपालको शान्ति प्रकि्रया निष्कर्षमा पुर् याउनुपर्छ भन्ने कांग्रेसको अडान हो । दिगो शान्ति नै नेपाली कांग्रेसको मूल लक्ष्य हो । लोकतान्त्रिक संविधान निर्माण गर्न माओवादी तयार हुनुपर् यो । शान्ति प्रकि्रयालाई टुंग्याउन माओवादी सहमत भयो भने सबै कुरा मिल्छ । कांग्रेसले नै शान्ति प्रकि्रयाको सुरुवात गरेको हो । यसलाई तार्किक निष्कर्षमा पुर् याउने जिम्मेवारी पनि हाम्रै हो । यसका लागि कांग्रेस जस्तोसुकै कदम उठाउन पछि पर्दैन ।
Q.
माओवादी र कांग्रेसको कुरा मिल्छ त ?
A.
नेपाली जनताको शान्तिको चाहना पूरा गर्न माओवादी हतियारविहीन हुनैपर्छ । सेना समायोजन गर्नका लागि माओवादी तयार हुनुपर्छ । माओवादी विगतमा गरेका सबै सम्झौता र सहमति कार्यान्वयन गर्नुपर्छ । र नागरिक पार्टीमा रुपान्तरण गर्नुपर्छ । लोकतन्त्रप्रति उसको पूर्ण प्रतिबद्धता व्यवहारमा देखिनुपर्छ । लोकतान्त्रिक संविधान निर्माण प्रकि्रयामा जिम्मेवार पार्टीको रुपमा प्रस्तुत हुनुपर्छ । त्यसो भयो भने कांग्रेस र माओवादीबीच नमिल्ने कुरा छैन । व्यक्तिगत रुपमा माओवादीसँग हाम्रो कुनै रिसराग र वैमनस्य छैन ।
Q.
माओवादी नेतृत्वमा सरकार बनाउन सकिँदैन ?
A.
जबसम्म माओवादी हतियार र लडाकुविहीन हुँदैन तबसम्म उसको नेतृत्वमा कुनै पनि हालतमा सरकार बन्न सक्दैन । शान्ति प्रकि्रया निष्कर्षमा नपुगेसम्म उसको नेतृत्वमा बन्ने सरकारमा कांग्रेस सहभागी हुँदैन र सहयोग पनि गर्दैन ।
Q.
तपाईंको उम्मेदवारीचाहिँ के हुने भयो ?
A.
मेरो उम्मेदवारी कायमै छ भन्ने बिहीबारको तीन दलबीचको सहमतिले प्रस्टाएको छ । सर्वोच्च अदालतको फैसलादेखि अहिलेसम्मको सबै सहमति र निर्णय हेर्ने हो भने मेरो उम्मेदवारी कायमै रहेको आधार देखाएको छ । सबै दल मेरो उम्मेदवारी कायम रहेकोमा सहमत भइसकेका छन् । यसमा कुनै विवाद छैन ।
Q.
तपाईं कुन प्रकि्रयाबाट प्रधानमन्त्री हुने हो ?
A.
अब संसदको नियमित अधिवेशन केही दिनमै बस्छ । त्यसले नै मलाई प्रधानमन्त्रीमा निर्वाचित गर्ने छ ।
Q.
तपाईंलाई प्रधानमन्त्री बनाउन कसले सहयोग गर्छ ?
A.
एमालेले अबको प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेसलाई सहयोग गर्नुपर्छ । किनभने अब तटस्थ बस्न कसैले पनि पाउँदैन । त्यसैले आउने चुनावमा एमालेले पनि विगतमा भएका सहमतिलाई पालना गर्ने हो भने मलाई निर्वाचित गर्नुको विकल्प छैन ।
Q.
तपाईं प्रधानमन्त्री हुने पक्का भएको हो त ?
A.
हेर्नोस् म आफ्ना बारेमा धेरै बोल्न चाहन्न । मुलुकमा दिगो शान्ति कायम गर्ने र लोकतान्त्रिक संविधान निर्माण गर्न कांग्रेसले मात्र सक्छ । त्यसैले कांग्रेसको नेतृत्वको सरकारको विकल्प छैन । यो नै मुलुकको अपरिहार्य आवश्यकता हो । म सबै दललाई आग्रह गर्न चाहन्छु मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऊँ र मुलुकलाई सहमतिको मार्गमा अगाडि बढाऊँ ।
Q.
अधिवेशन कहिले बस्ने सहमति भएको हो खुलासा गरिदिनोस् न ?
A.
छिट्टै अधिवेशन बोलाउने सहमति भएको हो । राष्ट्रपति र प्रधानमन्त्रीबीच कुरा भएपछि चाँडै अधिवेशन बस्न सक्छ ।
Q.
अनमिनलाई विदा गर्न कांग्रेस तयार भएको हो ?
A.
यसमा कांग्रेसको कुनै दुबिधा छैन । अनमिनले अब नेपाली सेनाको सुपरीवेक्षण गर्न सक्दैन । सरकारले अनमिनलाई फिर्ता पठाउने निर्णय गरिसकेको परिस्थितिमा फेरि राख्न मिल्दैन । तर शान्ति प्रकि्रयामा कहीँ न कहीँ राष्ट्रसंघको भूमिका रहँदा हामीलाई आपत्ति छैन ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस