ऋषि धमला with सुर्यबहादुर थापा
..त्यसपछि मुलुक विघटनतिर जान्छ
Q.
अस्ति दरबार जानुभयो, राजासग केही कुरा भयो?
A.
शुभकामना दिन गएअरु केही कुरा भएन।
Q.
अब तपाईंले राजतन्त्र जोगाउन सक्नुहुन्छ?
A.
राजाले के सोचिरहेका छन्, उनको नितान्त व्यक्तिगत कुरा के होला, त्यो मैले जान्ने कुरा होइन। राजा के सोच्दैछन् र उनको मनमा के छ म भन्न सक्दिन।
Q.
तपाईंको धेरै व्यक्तिहरुसग कुरा भइरहेको छ विदेशीहरुसग पनि भेट्नुहुन्छ। के भन्छन् उनीहरु के विचार पाइराख्नुभएको छ?
A.
जुन कुरा छ, नेपालको लागि प्रमुख विषयहरुमध्ये एउटा हो। यस्तो कुराको विश्लेषण गर्न पनि तौरतरिका हुन्छ। त्यसमा आठ दलले तय गरेका छन्। मलाई त्यो उपयुक्त नै लाग्दछ। संविधानसभामार्फत राजसंस्थाको टुंगो लगाउने भन्ने आठ दलको निर्णय ठीक छ।
Q.
संविधानसभाको निर्वाचनसम्म पुग्दा राजसंस्थाले छवि बनाउन सक्ने उपाय केही छ?
A.
अहिले कुनै कुरा गरेर भनेर कुनै तार्किक फरक पर्दैन। संविधानसभाको निर्वाचनको लागि मुलुक अगाडि बढिसकेको छ। चुनावको विकल्प छैन, चुनाव हुनैपर्छ र गराउनैपर्दछ। चुनावसम्म राजा चुप लागेर बस्नुपर्छ। जनताले जे निर्णय गर्दछन्, त्यसलाई मान्नुपर्छ।
Q.
राजाचाहिं अब चुपचाप दरबारभित्रै बसिरहनुपर्ने?
A.
सबभन्दा बढी बुद्धिमानी भनेको राजा चुप लागेर बस्नु नै ठीक हुन्छ। नचाहिंदो कुरा गरेर हिंड्दा केही फाइदा छैन। शोभा नदिने कुरा गरेर किन समय खेर फाल्ने? वादविवाद र प्रतिवाद गरेर हिंड्नु उचित हु147दैन। अहिले शान्तिसुरक्षा सुदृढ गरेर चुनावको वातावरण बनाउन सबै लाग्नुपर्छ। जनता निर्धक्क भयरहित वातावरणमा मत हाल्ने वातावरण बन्नुपर्छ। त्यसपछि जनताले जे निर्णय दिन्छन्, त्यो सबैले मान्नुपर्छ।
Q.
अब मुलुक गणतन्त्रतिर गएको होइन र?
A.
पहिला संविधानसभाको चुनाव हुन दिनुस् अनिमात्र जनताले कस्तो निर्णय दिन्छन् त्यो सबैले थाहा पाइहाल्छन्। गणतन्त्रको नारा त जबर्जस्ती उठेको छ। तर, कस्तो गणतन्त्र हो त्यो कसरी आउने हो अहिले अनुमान लगाउन गाह्रो हुन्छ। जनताले जे चाहन्छन्, त्यही हुनुपर्छ।
Q.
संसद्बाट राजा फाल्ने कुरा पनि आइरहेको छ नि?
A.
संसद्बाट राजा फाल्ने कुरा वैधानिक होइन। त्यसलाई उपयुक्त पनि मान्न सकि147दैन। संविधानसभालाई नै राजसंस्थाको टुगो लगाउने जिम्मा दिनुपर्छ जनताले गरेको निर्णय सबैले मान्नुपर्छ। आठ दलले नै संविधासभाको चुनावपछिको पहिलो बैठकबाट राजसंस्थाको टुंगो लगाने भनिसकेपछि त्यसलाई सबैले आत्मसात् गर्नुपर्छ।
Q.
मंसिरसम्म चुनावको वातावरण बन्ला त?
A.
अहिलेसम्म त देखि147दैन। दुई तीन महिनाअघिको भन्दा अहिले झन बिग्रिएर गएको छ। तत्काल त्यसलाई पनि सम्बोधन गरेर सबै दलहरु गम्भीर र एक भएर अगाडि बढे भने चुनाव हुने वातावरण बन्छ। सबै जनाको नियत सफा हुनुपर्यो। चुनाव गर्छु भनेर प्रतिबद्धता जाहेर गरे पनि वातावरण बनाउनेतिर अझै पनि सबै जना लागिरहनुभएका छैनन्। संविधानसभा राष्ट्रको साझा एजेन्डा हो त्यसमा सरकार र आठ दलमा सा147च्चिकै गम्भीर हुनुपर्यो। अझै हामीले चुनावको आशा गर्नुपर्छ र गराउने वातावरण बनाउनुपर्छ।
Q.
चुनावको वातावरण बनेन भने के गर्ने?
A.
नेपालको वर्तमान स्थितिमा चुनाव हुन सकेन भने केे हुन्छ र के सम्भावना छ भनेर मैले मनमा भएका कुरा भन्दा पनि जनतामा नकारात्मक असर पार्छ। म त्यो काम गर्न चाहन्न। एक महिनाभित्र चुनावको लागि वातावरण बनेन भने संविधासभाको चुनाव हुन सक्दैन। त्यसले मुलुकमा नराम्रो स्थितिको सिर्जना हुन्छ। हामी सबै चुनावको लागि एक भएर लाग्नुपर्छ। मैले सेन्सनल कुरा गर्नै हुदैन।
Q.
मनमा लागेको कुराचाहिं के खुलासा गरिदिनुस् न?
A.
अहिले हामी अप्ठ्यारो स्थितिमा छौं। मैले थाहा पाउ147दै पनि त्यो विषयमा मैले सबै कुरा भन्नु राम्रो हु147दैन। एक महिनाभित्र चुनावको वातावरण बनोस्। एक महिनाभित्र पनि चुनावको वातावरण बनेन भने मुलुक विघटनतिर जान्छ।
Q.
मुलुक विघटनतिर गयो भने सेनाको भूमिका के हुन्छ?
A.
यसको उत्तर म पनि भन्न सकूला त्यो तपार्इंंलाई पनि थाहा छ। सूर्यबहादुरले मनमा राखेर भड्काउने कुराहरु गर्न थाल्यो भनेर कुरा काट्नेहरु यहा147 धेरै छन्। त्यस्ता व्यक्तित्वहरुले धेरै अर्थ लगाउन सक्दछन्। यो कुरामा मलाई अहिले कुनै कमेन्ट गर्न नलगाउनुस्।
Q.
फेरि राजा सक्रिय हुनुपर्छ भन्ने तपाईंको भित्री आशय हो?
A.
अहिलेको प्रमुख विषय भनेको देश नै हो। नेपाल अहिले युगान्तकारी परिवर्तनको संघारमा छ। युगान्तकारी परिवर्तन कुनै एक व्यक्तिले गराएको पनि होइन कुनै सात व्यक्तिले पनि होइन। जनताले युगान्तकारी परिवर्तन चाहेका छन्। यस्तो बेलामा सूर्यबहादुर राजालाई सक्रिय हुनुपर्छ भनेर कहिल्यै भन्दैन। राजा सक्रिय हुने कुरा अब छोड्नुस्। यस्तो नचाहिंदो र अनावश्यक कुरा कसैले पनि गर्नुहु147दैन। जनता सार्वभौमसत्ता सम्पन्न भइसकेका छन्। अब जनताले जे चाहन्छन्, त्यहीं हुन्छ। राजा सक्रिय हुने जमाना गइसक्यो।
Q.
राष्ट्र संकटमा पर्यो भने नि?
A.
राष्ट्र संकटमा पर्यो भने सम्हाल्ने मान्छेहरु जति भने पनि निस्कन्छन्।
Q.
सम्हाल्ने मान्छे को निस्कन सक्ला?
A.
कोही पनि निस्कन्छ मैले देखेको भए त भन्दिहाल्थें नि। अब मुलुक पछाडि जादैन। जनता अब युगान्तकारी परिवर्तनको पर्खाइमा छन्। जनताले जे निर्णय गर्दछन् राजाले त्यसलाई शिरोधार्य गर्नुपर्छ। राजा चुपचाप केही नगरिकन बस्नुपर्छ।