REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
ऋषि धमला with  कृष्णप्रसाद सिटौला

अब चुनाव हुन्छ, हुन्छ, हुन्छ - कृष्णप्रसाद सिटौला, गृहमन्त्री
Q.
गृहमन्त्रीज्यू, मंसिर ६ मा संविधानसभाको चुनाव हुन्छ ?
A.
शतप्रतिशत रुपमा मंसिर ६ मा संविधासभाको चुनाव हुन्छ, हुन्छ, हुन्छ। चुनावलाई कसैले रोक्न सक्दैन संविधानसभाको चुनाव नेपाली जनताको राष्ट्रिय एजेन्डा हो। यसलाई चाडपर्वको रुपमा लिनुपर्छ।
Q.
मधेसको समस्याले कतै चुनाव त भाडिंदैन ?
A.
मधेसको समस्या समाधान हुन्छ चुनाव हुन्छ। चुनावलाई कुनै समस्याले पनि प्रभाव पार्दैन। राष्ट्र नै संविधानसभाको चुनावमा होमिएको छ। आठ दलको साझा प्रतिबद्धता छ, नेपाली जनताको चाहना छ, सरकारले गम्भीर जिम्मेवारी छ। तपाईंहरुले चुनाव भाडिन्छ भन्ने कुरै नगर्नुहोस्।
Q.
मधेसको समस्या कसरी समाधान गर्नुहुन्छ?
A.
मधेसको समस्या संवाद र सहमतिबाटै समाधान हुन्छ। सरकार वार्ताको लागि गम्भीर रुपमा जुटेको छ। वार्ताबाटै सरकार सबै समस्याको समाधान सक्रिय छ।  
Q.
मधेस समस्याको समाधान वार्ता कि दमन?
A.
वार्ताबाटै सरकार समस्याको समाधान गर्न चाहन्छ। वार्ता सरकारको पहिलो प्राथमिकता हो।
Q.
वार्ताको लागि ज्वाला सिंह र गोइतसग पनि सम्पर्क भएको छ?
A.
सबै समस्याको समाधान वार्ता नै हो, त्यसको लागि सरकारले कुनै कसर बाकी राख्दैन। हामी आन्दोलनरत सबै पक्षसग वार्ता गर्न गम्भीरतापूर्वक लागिपरेका छौं। सबै पक्षसग वार्ता हुन्छ, भोलिदेखि सरकारी वार्ता टोलीका संयोजक रामचन्द्र पौडेल र म तराईका केही जिल्लामा जादैछौं। त्यहा गएर हामी सबै पक्षसग अन्तर्त्रि्कया र कुराकानी गर्छौं। त्यहाको समस्या के छ कसरी समाधान गर्न सकिन्छ, त्यसमा हामी एउटा निचोट निकाल्छौं।
Q.
तपाईंहरु मधेस किन जादै हुनुहुन्छ?
A.
संविधानसभाको निर्वाचन निष्पक्ष र भयरहित रुपमा सम्पन्न गराउनका सरकार कठिबद्ध छ। अहिले जुन किसिमले तराईमा आन्दोलन भइरहेको छ, त्यसलाई समाधान गर्न र जनतालाई संविधानसभाको निर्वाचनमा निधक्क भएर लाग्नको लागि आग्रह गर्नको लागि हामी तराईमा जादैछौं, त्यहा हाम्रो सबै पक्षसग कुराकानी हुन्छ।  
Q.
तपाईंले पन्ध्र दिने अल्टिमेटम दिनुभएको हो?
A.
म संवाद र सहमतिको पक्षधर हु । मैले त्यतिबेला पनि वार्ताकै लागि आग्रह गरेको हु। मेरो आसय संविधानसभाको चुनाव सम्पन्न गराउनलाई मधेसको समस्या छिटो समाधान हुनुपर्छ भन्ने हो, त्यसैले मैले वार्तामा छिटो बसौं र समाधान तुरुन्त खोजौं भनेको हु।
Q.
तपाईंको आलोचना किन भइरहेको छ?
A.
मैले लोकतन्त्रको स्थायित्व, दीगो शान्ति र सम्मुनत नेपालको निर्माणको लागि कोहीसग पनि सम्झौता गरेको छैन। मुलुकमा दिगो शान्ति कायम गर्न र लोकतन्त्रलाई कसैले कहिल्यै पनि खोस्न नसक्ने स्थितिमा पुर्‍याउनलाई सम्माननीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निर्देशनलाई हरदम मानिरहेको छु र जीवनभर मानिरहनेछु। कसैले मेरो आलोचना गर्छ भने त्यसलाई म मुद्दा बनाएर हिंड्दै हिंड्दिन। लोकतन्त्रमा कसैले कसैको आलोचना गर्नु स्वाभाविक हो, म त्यसबाट विचलित पनि हुन्न। प्रधानमन्त्री कोइरालाको जुन दृढ संकल्प छ, संविधानसभाको मंसिर ६ मा सम्पन्न गराउने त्यसलाई सफल बनाउन म कुनै कसर बाकी राख्दिन।
Q.
कांग्रेस एकीकरणचाहिं कहिले होला त?
A.
कांग्रेस एककिरण अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री तथा पार्टी सभापति गिरिजाप्रसाद कोइराला र प्रजातान्त्रिक कांग्रेसका सभापति शेरबहादुर देउवाकाबीचमा बुधबार साझ महत्वपूर्ण कुराकानी भएको छ। दुवै कांग्रेसका शुभेच्छुक, समर्थक, सहयोगी र नेताकार्यकर्ताहरुको एउटै चाहना छ दुई कांग्रेस एक भएर संविधानसभाको निर्वाचनमा सहभागी भएको हेर्न चाहने। त्यो केही दिनभित्रै पूरा हुदैछ, सबै कुरा मिलिसकेको छ एकताको घोषणा हुनमात्र बाकी छ। नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेसको एकता समयको आवश्यकता हो।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.