ऋषि धमला with यशवन्त सिन्हा
भारतलाई राजा बचाउनुपर्ने कुनै आवश्यकता छैन
यशवन्त सिन्हा, भारतीय जनता पार्टी उपाध्यक्ष
गत साता दुइ भारतीय वरिष्ठ नेताको नेपाल आगमन चर्चित रह्यो । जननेता बीपी कोइरालाकी धर्मपत्नी सुशीला कोइरालाको तेह्रौं पुण्यतिथिमा भारतीय जनता पार्टीी उपाध्यक्ष एवं पूव विदेशी मन्त्री यशवन्त सिन्हा नेपाल आएर हालै स्वदेश र्फकनुभयो । 'ऋषिजी, म अहिले कुनै पनि मिडियासित बोल्न आएको होइन, मैले गर्नुपर्ने कुरा विभिन्न व्यक्तित्वसित गरिसकेको छु,' उहाँले भन्नुभयो । दस मिनेट लामो गलफत्तीपछि मात्र काठमाडौंको होटल सांग्रिलाको कोठा नं ४०४ मा बसेका दिवंगत भारतीय समाजवादी नेता चन्द्रशेखरका अनुयायी सिन्हा ऋषि धमलासित अन्तर्वार्ता दिन तयार हुनुभयो ।
आप\mना घनिष्ट मित्र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासित भेटेर उहँाले निर्भय र स्वतन्त्र रुपमा संविधानसभा निर्वाचन गराउन भारतीय सहयोग रहने जानकारी गराउनुका साथै राजसंस्था जोगाउने पक्षमा भाजपा नरहेको बरु जनताको निर्ण्र्ाााई सम्मान गर्ने स्पष्ट पार्नुभयो ।
सन् १९३७ मा विपिनबिहारी शरण र थानादेवीका पुत्रका रुपमा जन्मनुभएका विद्वान सिन्हाका सात दाजुभाइ र चार बहिनी हुनुहुन्छ । पटनामा विश्वविद्यालयसम्मको अध्ययन पूरा गरी बिहारको सरकारी सेवामा २४ साढे वर्षबिताएपछि मात्र उहाँ भारतीय राजनीतिमा सामेल हुनुभएको हो । उहाँका राजनीतिक गुरु समाजवादी नेता एवं पर्ूवप्रधानमन्त्री चन्द्रशेखर हुनुहुन्थ्यो ।
सन् १९९१ मा चन्द्रशेखर भारतको प्रधानमन्त्री हुँदा उहाँ वित्त मन्त्री हुनुहुन्थ्यो । भारतीय जनता पार्टीीे सरकारमा विदेश मन्त्रीसमेत रहिसकेका प्रसिद्ध राजनीतिज्ञ उहाँ अहिले भाजपाको छिमेकी देशसितको सम्बन्ध हेने समितिका अध्यक्ष समेत हुनुहुन्छ । सरल जीवन बिताउने प्रभावशाली व्यक्तित्व भारतीय लोकसभाका सदस्य सिन्हासित गरिएको अन्तर्वार्ता :
Q.
नेपालमा संविधानसभा निर्वाचनको मुख्य बाधक बनिरहेको छ मधेस समस्या । यसको कसरी समाधान होला ?
A.
मलाई लाग्छ, मधेसमा बस्ने जनताको माग औचित्यपूण्ा छन् । केही माग पूरा भएका छन् भने केही माग पूरा हुने क्रममा छन् । मेरो विचारमा सरकारले विशाल हृदय र सम्मानका साथ उनीहरुको माग पूरा गरिदिनर्ुपर्छ । मधेसमा केही समययता हिंसा पनि देखिएको छ । तर, आप\\mना माग पूरा गराउन हिंसाको बाटो अपनाउन आवश्यक छैन । शान्तिपूण्ा हिसाबमा माग राख्न सकिन्छ । केही माग पूरा भएका पनि छन् । निर्वाचन क्षेत्र सीमांकन हुने क्रममा छ । संवादबाटै समाधानको बाटो निस्कन्छ । तर, हिंसात्मक गतिविधि जारी निर्धारण रहे नेपाल सरकारले पनि त्यसको नियन्त्रणमा कदम चाल्नैपर्ने अवस्था आउन सक्छ । खुला सिमानाको दुरुपयोग हुने सम्भावना भएकाले नेपाल र भारत मिलेर काम गर्न आवश्यक छ ।
Q.
संविधानसभा निर्वाचन हुने सम्भावना छ कि छैन ?
A.
संविधानसभा निर्वाचन त हुनैपर्छ नि । भारत पटक पटक निर्वाचन स्थगित होस् भन्ने चाहँदैन । २२ नोभम्बरमै नेपालमा निर्वाचन होस् र संविधानसभा बनोस् भन्ने हामी चाहन्छौं ।
Q.
भारतमा पनि लामो समय संविधानसभा निर्वाचन हुन सकेको थिएन नि ?
A.
हरेक मुलुक र समयको अलग अलग अवस्था हुन्छ । सन् १९४५ मा भारतको अवस्थासित नेपालको अहिलेको अवस्था तुलना हुन सक्दैन ।
Q.
तपाईंले निर्वाचन गर्नैपर्छ भन्न खोज्नुभएको हो ?
A.
मेरो विचारमा निर्वाचन अत्यावश्यक छ । यसको विकल्प छैन ।
Q.
यसमा भारतको कस्तो सहयोग रहला ?
A.
भारतको कस्तो सहयोग रहने भन्ने नेपाल सरकारले नै तय गर्ने कुरा हो । भारत सहयोग गरिरहेको छ, अझै पनि गर्न चाहन्छ ।
Q.
सीमा सुरक्षाका लागि तत्काल केही हुँदैछ कि ?
A.
यसबारे दुइ देशबीच वार्ता आवश्यक छ । दुवै देशले आप\\mना तर्फबाट सीमा निगरानी राख्न सक्छन् । र, साझा संयन्त्र बनाउन सक्छन् ।
Q.
प्रजातान्त्रिक प्रक्रियामा आएर पनि माओवादी सुध्रिएन भन्ने आरोप छ नि ?
A.
सुध्रिएको छैन भने सुध्रिनर्ुपर्छ । माओवादीमा प्रजातान्त्रिक आचरण जरुरी छ । गैरप्रजातान्त्रिक आचरण लिएर प्रजातान्त्रिक मूलधारमा सामेल हुन सकिँदैन ।
Q.
माओवादी नेताहरुसित तपाईंहरु कुराकानी गर्न चाहनुहुन्न ?
A.
हिंसा छाडेर मूलधारमा रहेका जुनसुकै पक्षसित वार्ता गर्न हामी तयार छौं ।
Q.
प्रचण्डले त माओवादी हिंसा छाडिसकेको बताउनुभएको छ नि ?
A.
त्यसको मूल्यांकन नेपाली जनताले नै गर्ने हो । हाम्रो पार्टर्ीीे यसमा कुनै भूमिका छै्रन । नेपाल एक स्वतन्त्र र र्सार्वभौम मुलुक हो । हामी हजारौं वर्षपुरानो छिमेकी हौं । यहाँका बारेमा यहाँको सरकार र जनताले निर्ण्र्ाागर्ने हो ।
Q.
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासित तपाईंको के के विषयमा कुराकानी भयो ?
A.
गिरिजाबाबुसित मेरो ज्यादै पुरानो र व्यक्तिगत सम्बन्ध छ । त्यसैले अन्तरंग कुराकानी भयो । दसवर्ष लामो सशस्त्र संर्घष्ा गरेको माओवादीलाई शान्तिपर्ूण्ा बाटोमा ल्याएर उहाँको नेतृत्वमा संविधानसभा निर्वाचन हुँदैछ । उहाँप्रति भारतीय जनताको पर्ूण्ा र उच्च सम्मान छ । यको सफलताका निम्ति हामी जुनसुकै सहयोग गर्न तयार छौं ।
Q.
अन्य कुराकानीबारे बताउन मिल्छ ?
A.
यसबारे म बताउन चाहन्न । व्यक्तिगत कुरा बताउन मिल्दैन ।
Q.
शान्ति र प्रजातन्त्रका कुरा त भए होलान् नि ?
A.
हो, लोकतन्त्र र शान्तिबारे हाम्रा प्रतिबद्धता बाहिर आइसकेका छन् । त्यो धारणा निरन्तर रहन्छ । नेपालमा लोकतन्त्र सदा रहिरहनर्ुपर्छ ।
Q.
राजतन्त्रका बारेमा नि ?
A.
राजतन्त्रका बारेमा हामीले के भन्ने - त्यो त नेपाली जनताले नै फैसला गर्छन् ।
Q.
सेरेमोनियल राजा रहनुपर्छ या पर्दैन ?
A.
यस्तो कुरा हामीले कसरी भन्ने - यसबारे जनताले नै तय गर्छन् । संविधानसभा निर्वाचनबाट गर्ने या संसदबाट गर्ने भन्ने पनि यहाँकै जनताले तय गर्नुपर्छ । यसबारे भारतको आप\\mनो धारणा हुन सक्दैन ।
Q.
२३८ वर्षो राजतन्त्र अहिले अन्तिम लर्डाईं लड्दैछ । यसमा भारतको दृष्टिकोण के हो ?
A.
ऋषिजी, राजतन्त्रबारे तपाईं किन पटक पटक सोध्नुहुन्छ - ज्ञानेन्द्र नेपालका राजा हुन्, भारतका राजा त होइनन् नि । नेपालका राजाका बारेमा नेपाली जनताले नै फैसला गरुन् । भारतले गर्ने होइन ।
Q.
भारतीय जनता पार्टीको त खास आग्रह होला नि ?
A.
मैले भनिसकेँ । यो प्रश्न नितान्त नेपाली जनताका निम्ति हो । भारत सरकार, भारतीय जनता र भाजपाको यसमा लेनादेना छैन ।
Q.
नेपालमा गणतन्त्रको माहोल देखिँदैछ । तर, यसमा सबैभन्दा ठूलो पार्टर्ीीेपाली कांग्रेस अस्पष्ट छ । कम्युनिस्ट गणतन्त्र नेपालका निम्ति उपयुक्त होला कि नहोला ?
A.
यसबारे सारा फैसला नेपाली जनताले नै निर्वाचनबाट गर्नेछन् । कस्तो संविधान, कस्तो लोकतन्त्र या कस्तो गणतन्त्र चाहने भन्ने कुरामा म कुनै राय दिन सक्दिन ।
Q.
तपाईं राजतन्त्र बचाउन आएको हल्ला छ नि ?
A.
यो कपोलकल्पित अफवाह हो । म कसैलाई राख्न या फाल्न आएको होइन । नेपाली जनता राजतन्त्र राख्ने या नराख्ने निर्ण्र्ाागर्न सक्षम छन् ।
Q.
माओवादीका बारेमा तपाईँको कस्तो दृष्टिकोण छ ?
A.
माओवादी नेतृत्वसित मेरो भेट भएको छैन । न काठमाडौं भयो, नत दिल्लीमा नै । यो म स्पष्ट पार्न चाहन्छु । हाम्रो भनाइ के हो भने, हिंसाबाट कुनै समस्याको समाधान हुन सक्दैन । चाहे माओवादी होस् चाहे मधेसी, हिंसाको बाटो छाड्नर्ुपर्छ, शान्तिपर्ूण्ा वार्तामा आउनर्ुपर्छ, राजनीतिक मूलधारमा आउनर्ुपर्छ र प्रजातान्त्रिक प्रक्रियामा सामेल हुनुपर्छ ।
Q.
नेपालमा गणतन्त्र आयो भने, भारतको आपत्ति रहँदैन त ?
A.
आपत्ति हुने त सवालै भएन ।
Q.
तर्राई जनतान्त्रिक तर्राई मोर्चाको ज्वाला सिंह छुट्टै मधेस राज्य मागिरहेको छ नि ?
A.
कसले के बोल्छ ? त्यसमा प्रतिक्रिया दिँदै हिँड्नु जरुरी छैन । तर, भारत र भाजपा नेपालको विखण्डनको पक्षमा छैनन् । नेपाल स्वतन्त्र, अखण्ड र र्सार्वभौमसत्तासम्पन्न रहिरहनुपर्छ।
Q.
काठमाडौं बर्साईमा राजालाई भेट्नुहुन्न ?
A.
राजासित भेट्ने मेरो कुनै कार्यक्रम छैन । मैले भेट्नुपर्ने कुनै विषय पनि छैनन् ।