REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
ऋषि धमला with  भोजराज पोखरेल

मलाई थाहा छैन, माओवादीलाई सोध्नुहोस् भोजराज पोखरेल, प्रमुख निर्वाचन आयुक्त
Q.
चुनावी तयारी कहाँ पुग्यो?
A.
निर्वाचन आयोगले आफूले गर्ने प्राविधिक तयारीहरुलाई अन्तिम चरणमा पुर्‍याएको छ।
Q.
प्राविधिक तयारी भनेको के हो?
A.
प्राविधिक तयारी भन्नाले हामीले नियम बनाउनुपर्‍यो, निर्देशिका बनाउनुपर्‍यो। पोलिङ बुथहरु कहाँकहाँ राख्ने त्यो निश्चित गर्नुपर्‍यो। चुनावलाई कति कर्मचारी चाहिन्छ र कसरी खटाउने, त्यो हेर्र्नुपर्‍यो। मतदातालाई शिक्षा कसरी पुर्‍याउने, कस्ताकस्ता शिक्षा दिने र कुन माध्यम प्रयोग गर्ने, निर्वाचनलाई स्वच्छ निष्पक्ष, धाँधलीरहित र विश्वसनीय बनाउनलाई के कस्ता रणनीति अख्तियार गर्ने, स्वदेशीविदेशी पर्यवेक्षकहरुको व्यवस्थापन कसरी गर्नेजस्ता विविध कुरा पर्दछन् ।
Q.
विदेशी पर्यवेक्षकहरु कहाँकहाँबाट आउँदैछन्?
A.
यसपटकको संविधानसभाको निर्वाचनमा विदेशी पर्यवेक्षकको राम्रो सहभागिता हुनेछ।        
Q.
कुन कुन देशले ग्रीन सिग्नल दिएको छ?
A.
देशको नाममा नजाऔं। दुई किसिमका पर्यवेक्षक आउँदैछन्। एउटा अन्तर्राष्ट्रिय पर्यवेक्षणमा संलग्न भएका अन्तर्राष्ट्रिय संघसंस्थाले उपस्थिति जनाउने आयोगलाई जानकारी दिइसकेका छन्। युरोपेली संघ, कार्टर सेन्टर, एसियामै बेष्ट भएको एनफेल भन्ने संस्था छ। यसको अवाला द्विपक्षीयहरुले पनि पर्यवेक्षक पठाउने कुरा गरिराख्नुभएको छ।  
Q.
तपाईं चुनाव गराउन कम्मर कसेर लाग्नुभएको छ, कुनै कसर बाँकी राख्नुभएको छैन तर चुनाव होला र?
A.
राजनीतिक दलहरुको सहमतिको आधारमा नेपाल सरकारले मंसिर ६ गते निर्वाचनको मिति घोषणा गर्‍यो। र, त्यो मितिमा निर्वाचनलाई सम्पन्न गराउन आयोगलाई भन्यो। त्यसअनुसार हामीले मंसिर ६ लाई केन्द्रिकृत गरेर निर्वाचनको तयारी गर्‍यौं र निर्वाचनको कार्यक्रम निकालेका छौं। दलहरुको भनाइको आधारमा सरकारले मिति घोषणा गर्‍यो। त्यसको आधारमा चुनावको लागि पूर्ण रुपमा जुटेका छौं। त्यसमा शंका गर्नुपर्ने वा हुँदैन भन्ने आधार कहाँ छ र चुनाव हुन्छ हुन्छ।
Q.
चुनावको वातावरण जसरी बन्नुपर्थ्यो त्यो त देखिएन नि?
A.
चुनावको वातावरण बन्दै जान्छ। कोही अगाडि हुनुहुन्छ, कोही पछाडि हुनुहुन्छ, कोही तयारी गर्दै हुनुहोला। संविधानसभाको निर्वाचनबाहेक अर्को विकल्प छँदैछैन र मैले देखेको पनि छैन।
Q.
जनतालाई त संविधानसभा के हो भन्ने नै थाहा छैन भनिन्छ नि?
A.
आम नेपाली दाजुभाइदिदीबहिनीहरु संविधानसभाको निर्वाचनको प्रतीक्षामा हुनुहुन्छ। किन प्रतीक्षामा हुनुहुन्छ भने यो निर्वाचनले शान्ति र स्थिरता ल्याउनेछ मुलुकमा र सुखपूर्वक बस्न पाइन्छ भन्ने आशा नेपाली जनताहरु भोट हाल्ने दिन कुरेर बसेका छन्। मतदान नेपाली जनताको लागि नयाँ कुरा होइन। अर्को संविधानसभा के हो, यसले के गर्छ र यसमा किन सहभागी हुनुपर्छ भन्ने राजनीतिक प्रश्नहरुको उत्तर राजनीतिक दलहरुले यथासमयमा आफ्ना मतदातालाई नेपाली जनतालाई सन्देश दिनुहुन्छ भन्ने कुरा निर्वाचन आयोग आशावादी छ।
Q.
दलहरुलाई तपाईंले धेरै पटक चेतावनी दिनुभयो तर कार्यान्वयन गरेको त कतै देखिएन नि?
A.
निर्वाचन आयोगले कार्यक्रम भरखरै बाहिर ल्याएको छ। दलहरु गाउँमा जानुहुन्छ जनतालाई चुनावको पक्षमा उतार्नुहुन्छ भन्ने कुरा पूर्णतः विश्वस्त छु। राजनीतिक दल चुनावमा नगएर कहाँ जाने अन्त कहीं जाने ठाउँ छ र?
Q.
माओवादीले चुनावकै मुखमा आएर आन्दोलनको घोषणा पनि त गरेको छ नि त?
A.
आन्दोलनलाई चुनावको रुपमा प्रयोग गर्ने भनेर पनि त माओवादीले भनेको छ नि।
Q.
आन्दोलनले चुनावलाई असर पार्दैन?
A.
चुनावी आन्दोलन त चुनावका लागि चाहियो। केकस्तो आन्दोलन गर्ने हो, त्यसको व्याख्या भएको छैन।  
Q.
आम हड्तालको पनि त घोषणा भइसक्यो नि?
A.
मलाई के विश्वास छ भने कुनै पनि मुलुकवासी र राजनीतिक दलहरुले निर्वाचनलाई अवरोध पुर्‍याउने किसिमको काम गर्नुहुने छैन। र, आफ्नो कारणले मुलुकमा संविधानसभाको चुनाव हुन सकेन भन्ने दोष लिन कोही पनि चाहनुहुन्न होला भन्नेचाहिं हामीमा विश्वास छ।  
Q.
तराईमा चुनावको वातावरण बन्ला?
A.
तराइमा चुनावको वातावरण हामी सबै मिलेर बनाउनुपर्छ। चुनाव हुन्छ।
Q.
शान्तिसुरक्षाको स्थिति कस्तो पाउनुभएको छ?
A.
शान्तिसुरक्षाको स्थिति सुदृढ बनाउँदै जानुपर्छ। चुनावको मितिसम्म सुरक्षामा सुधार हुन्छ।
Q.
मंसिर ६ मा नै तराईमा चुनाव होला त?
A.
चुनाव त नेपालमा गर्ने हो। चुनाव मधेसमा पनि हुन्छ। पहाडमा गर्ने मधेसमा नगर्ने भनेको होइन। नेपालभरि एकै दिन हुन्छ।
Q.
आचारसंहिता कहिलेदेखि लागु गर्नुहुन्छ?
A.
आचारसंहिता छिटै आउँछ, तपाईंले थाहा पाइहाल्नुहुन्छ।
Q.
आचारसंहिता कार्यान्वयन होला?
A.
आचारसंहिता लागु गरेपछि कार्यान्वयन पनि हामी गराउँछौं। आचारसंहिता कार्यान्वयन गराउन निर्वाचन आयोगले कुनै कसर बाँकी राख्दैनौं, हामी चनाखो हुन्छौं।
Q.
आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही पनि गर्नुहुन्छ?
A.
आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने कुरा पनि कानुनले भनेको छ।
Q.
सबैको चाहना नेपालमा चुनाव हुनुपर्‍यो भन्ने छ त्यो पूरा होला?
A.
नेपालमा चुनाव हुनैपर्छ। अहिलेको द्वन्द्वको अवस्थालाई शान्ति र स्थिरतामा रुपान्तरण गर्नुपर्‍यो। सबैको चाहना त्योबाहेक अर्को छैन।
Q.
चुनाव भएन भने संवैधानिक संकट आउने कुरा विदेशले पनि भनिसके, तपाईंचाहिं के भन्नुहुन्छ?
A.
हामी सबै मिलेर विश्वासिलो वातावरण बनाउनुपर्‍यो। चुनाव नहुने स्थिति कसैले पनि सिर्जना गर्नुभएन। सबैजना एकचित्त भएर चुनावको पक्षमा लाग्नुपर्छ। चुनावको लागि कोही पनि पछाडि हट्नुभएन। चुनावको पक्षमा डटेर लाग्नुपर्छ।
Q.
माओवादीले त चुनाव नै चाहँदैन भन्छन् नि?
A.
राजनीतिक दलले काही चुनाव रोक्न लाग्छ? उसले त चुनाव पो चाहन्छ। त्यो कुरा मलाई थाहा छैन, माओवादीलाई नै सोध्नुस्। मेरो एउटै एजेन्डा छ- स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित चुनाव मंसिर ६ मै हुनुपर्छ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.