REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
ऋषि धमला with  सुशील कोइराला

भागबण्डाले पनि एकता रोकिदैन : सुशील कोइराला
Q.
कांग्रेस एकताको हलो फेरि अडकेको हो?
A.
अब कांग्रेस एकता हुन्छ, हलो अड्केको छैन, अड्कँदै अड्कँदैन। हिजो बैठकमा पनि एकतालाई अत्यन्तै महत्त्व दिंदै कांग्रेस केन्द्रीय समितिले यथाशीघ्र प्रयत्न गरेर एकीकरणको घोषणा गर्ने निर्णय गरेको छ। 
Q.
एकीकरणको प्रयत्न गरिरहनुभएको छ भने तर घोषणा हुन सकेको छैन नि?
A.
हामी एकताको लागि कुनै कसर बाँकी राख्दैनौं। ताली दुई हातले बज्नुपर्छ। अर्को पक्ष पनि तयार हुनुपर्छ।
Q.
दुई हातले ताली कहिले बज्ला त?
A.
दुई हातले ताली बज्ने दिन छिट्टै आउँदैछ। प्रजातान्त्रिक कांग्रेसको संसदीय दलको बैठकमा पनि यसबारेमा कुरा भइरहेको छ। त्यसैले एकताको घोषणालाई कसैले रोक्न सक्दैन।
Q.
तपाईहरुले एकताको कुरा गरेको लामो समय भइसक्यो, अहिलेसम्म हुन सकेको छैन कतै भागबन्डाको खेल त होइन?
A.
 हिजोको परिस्थिति एउटा थियो। आजको परिस्थिति बेग्लै छ। आज प्रजातान्त्रिक शक्तिहरुको बीचको एकता अपरिहार्य भएको छ। दुईवटा पार्टीमा केही पनि भिन्नता छैन। हाम्रो एउटै सिद्धान्त छ। फुटेर गएको त हो, त्यसैले अब एकता कुनै भागबन्डाले रोकिंदैन।
Q.
एकताले कुन पक्षबाट सार्थक पाउन सकेन?
A.
 सबै एकता भएको हेर्न चाहन्छन्। अब कुनै पक्षलाई म दोष दिन चाहन्न।  
Q.
एकताको मिति बताइदिनुस् न त?
A.
 एकता अवश्यभावी छ, अब धेरै समय लाग्दैन, एक–दुई दिनमा एकता हुन्छ।
Q.
भोलि एकताको घोषणा हुन्छ?
A.
हुनुपर्छ, त्यसको लागि हामी तयार भएर बसिरहेका छौं। शनिवार–आइतवार नै एकता हुनुपर्छ।
Q.
एकता हुन्छ या हुँदैन, मलाई बताइदिनुहुन्छ कि?
A.
 मैले मात्र कराएर हुने होइन, अर्को पक्षले पनि पहल गर्नुपर्छ। त्यसरी लिनुपर्छ। तर, पहल सुरु भएको छ यो नै खुसीको कुरा हो। कांग्रेस एक भएको दिन धेरै लोकतन्त्रवादीहरुले खुसियाली मनाउनेछन्।
Q.
बुधवार बालुवाटारमा के सहमति भएको हो?
A.
बालुवाटरमा दिनहुँ एकताकै बारेमा कुरा भइरहेको छ। कार्यदलहरुले काम गरिरहेका छन्। कांग्रेस एकता गर्ने सहमति भएको छ। सबैजना गम्भीर रुपमा लागिपरेका छन्।
Q.
एकताको मोडालिटी कस्तो बन्छ?
A.
एकता भनेको एकता हो, हिजो नेपाली कांग्रेस जस्तो थियो, त्यस्तै हुने हो। हामी हिजो एक भएर जस्तोसुकै परिस्थिति पनि सामना गरेका थियौं। त्यस्तै किसिमको एकता अहिले हुँदैछ।
Q.
भागबन्डाले एकता टर्‍यो कि क्या हो?
A.
 भागबन्डाको कुरा मसँग नगर्नुस्, मलाई थाहा छैन। कसैले भागबन्डाको कुरा गरेर एकता टार्न पाउँदैन। के भइरहेको छ। सबै कुरा कार्यदललाई थाहा छ।
Q.
तपाईं पनि कार्यवाहक सभापति बन्दै हुनुहुन्छ नि?
A.
 हेर्नुस्, पार्टी एकताको लागि कार्यदलले पूरा प्रयास गरिरहेका छन्। पदभन्दा पनि पदाधिकारीको कुराहरुमा केही अड्केको होला त्यसमा पछि छलफल भइरहेको छ।
Q.
कुन–कुन पदाधिकारीहरुको कुरा मिलेको छैन?
A.
त्यो कुरा कार्यदललाई सोध्नुहोस्, कुन–कुन पदाधिकारीको कुरा मिलेको छैन। तर, मलाई लाग्छ यी कुराहरु छिट्टै मिल्नेछ। प्रजातान्त्रिकलाई सोध्नुस् न कुनकुन कुरामा अड्केको छ भनेर। 
Q.
तपाईहरुले एकताको कुरा हुँदाहुँदै किन सबै कुराहरु गरिरहनुभएको छ?
A.
यसले एकतालाई सहयोग पुर्‍याउँछ। समय थोरै छ, चुनावको लागि काम सुरु गरेनौं भने झन अप्ठ्यारो हुन्छ। एकतालाई यसले कुनै बाधा, अड्चन पुर्‍याउँदैन। चुनावी घोषणा पक्षमा दुवै पक्ष मिलेर थपघट गरेर परिमार्जन गर्न सकिन्छ।
Q.
काँग्रेस एकता साँच्चिकै हुन्छ कि कुरामात्र गरिरहनुभएको छ?
A.
एकदमै एक हुन्छ, द्विविधा नलिनुहोस्।
Q.
तपाई पद छोड्न तयार हुनुहुन्छ?
A.
 मसँग के पद छ र छोड्ने र राख्ने कुरा।
Q.
उपसभापति हुनुहुन्छ, भोलि कार्यवाहक हुँदैहुनुहुन्छ?
A.
पार्टीको आह्वानमा मैले धेरैपटक पद छोडेको छु। सबैको त्यही स्पिड हुनुपर्छ। सम्म्ाानजनकको कुरा गरेर पनि हुँदैन। सबै जना त्याग गर्न तयार हुनुपर्छ। एकताबाहेक अर्को विकल्प छैन। सबै साथीहरुले त्यसलाई मनन गर्नैपर्छ।
Q.
कांग्रेस एकता भएपछि बहुमत आउँला?
A.
निश्चित छ, कांग्रेस एकभएपछि बहुमत आउँछ, आउँछ। जनताले यत्रो ठूलो संघर्ष गरेको के को निम्ति हो। लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता र कानुनी राज्यको शासनको निम्ति हो। निश्चय नै जनताले कांग्रेसलाई भोट दिन्छन्। अवश्य नै कांग्रेस विजयी हुन्छ।
Q.
त्यसो भए, संविधानसभको चुनाव मंसिर ६ गते हुने नै भयो?
A.
यो चुनावलाई कसैले पनि रोक्न सक्दैन।
Q.
माओवादीले त रोक्न सक्ला नि?
A.
 माओवादीले पनि रोक्न सक्दैन र माओवादीले रोकेर पनि चुनाव रोक्न सक्दैन।
Q.
माओवादीले चुनावमा भाग नलिए के हुन्छ?
A.
माओवादीले चुनावमा भाग लिन्छन्, उनीहरुले प्रतिबद्धता व्यक्त गरिसकेका छन्।
Q.
चुनाव हुन्छ त, मलाई आधार बताइदिनुस् न?
A.
चुनाव भएन भने मुलुक गृहयुद्धको चपेटामा पर्छ। न माओवादी रहन्छन् न दलहरु रहन्छन्। चुनाव भएन भने देशलाई नै ठूलो आघात हुन्छ र देश ध्वस्त हुन्छ। यदि देश बचाउने हो भने चुनाव अपरिहार्य छ। राजनीतिक स्थायित्वको निम्ति र मुलुकको विकासको स्थायित्वको लागि पनि समावेशी प्रजातन्त्रको निम्ति, राज्यको पुनर्संरचनाको निम्ति सबैको निम्ति पनि चुनाव आवश्यक छ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.