REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
ऋषि धमला with  राजेन्द्र महतो

पार्टीलाई बचाउन विशेष महाधिवेशन अनिवार्य भयो : मन्त्री राजेन्द्र महतो
Q.
० सद्भावना पार्टी आनन्दीदेवीको विशेष महाधिवेशनको उद्देश्य के हो?
A.
पार्टी एकताको सम्झौता र पाटीको राष्ट्रिय कार्यसमितिको निर्र्णयअनुसार महाधिवेशन भएको हो। पार्टीलाई बचाउन विशेष महाधिवेशन अनिवार्य भयो।  
Q.
० विशेष महाधिवेशनले पार्टी त विभाजन गरायो नि?
A.
यो महाधिवेशनले पार्टी फुटाउँदैन। बरु वैधानिक र राजनीतिक रुपमा पार्टीलाई एकताबद्ध गराउनेछ । केही नेता महाधिवेशनमा सहभागी नहुँदैमा पार्टीको कार्यसमितिको निर्णय कार्यान्वयन गर्न कसैले रोक्न सक्दैन। पार्टी कार्यकर्ता र पार्टीको विधानको भावनालाई कसैले कुठाराघात गर्न सक्दैन। पार्टी एकीकृत रुपमा अघि बढ्छ।
Q.
तपाईंका नेताहरुमा हृदयेश एकातिर, भरतविमल अर्कातिर, आनन्दीदेवी एकतिर, तपाईं अर्कातिर?
A.
केही नेताले महाधिवेशन रोक्न भन्दैमा वा उपस्थित नहुँदैमा पार्टी हित, प्रतिष्ठा र विधानविपरीत काम गर्न सकिंदैन। ५, १० जनाले महाधिवेशन स्थगित गर्ने राखेको मान्ने हो भने, फेरि पनि त्यस्ता घटना दोहोरिरहन सक्छ। यस्तै हो भने त महाधिवेशन त कहिल्यै हुन सक्दैन।
Q.
तपाईंको पार्टीमा झगडाको बिउ त रोपियो नि?
A.
अर्को पार्टी खोल्ने तयारी गरिरहेका साथीहरुले किन महाधिवेशनमा किन भाग लिने? उनीहरुलाई महाधिवेशनप्रति कुनै सरोकार छ र?
Q.
हृदयेशले त राजेन्द्र महतोलाई दरबारले पालेको हो भनेर अन्तर्वार्ता दिइरहनुभएको छ नि त?
A.
जो चोर उसकै ठूलो स्वर। दुनियाँलाई थाहा छ, यो महाधिवेशन भाड्न खोज्नेहरु पार्टी एकताविरोधी, मधेसी एकताविरोधी, आठ दलीय गठबन्धनको विरोधी, संविधानसभाविरोधी प्रतिगामी हुन्। उनीहरुलाई न पार्टी कार्यकर्ताले स्वीकार गर्छन् न त मधेसी जनताले नै। मधेसी जनताका अगाडि सबै प्रस्ट भइसकेको छ।
Q.
भनेपछि तपाईंको पार्टीलाई दरबारले पालेको भन्नुमा सत्यता छैन?
A.
दरबार कता छ, मलाई थाहा छैन। जसले दरबारको ढोका हेरिरहेेको छ, उसैले यस्तो कुरा गरेको हुनुपर्छ। यो सबैलाई थाहा छ।
Q.
महाधिवेशन रोक्नुपर्छ किन भनिरहनुभएको छ त उहाँहरु?
A.
महाधिवेशन रोक्नु मधेस आन्दोलन र पार्टीलाई बरबाद गर्नु हो। उहाँ मधेसलाई विखण्डन गर्न खोज्दै हुनुहुन्छ। उहाँले त्यसै उद्देश्यबाट प्रेरित भएर त्यसो भनेको हुनुपर्छ। अर्को पार्टी खोल्ने तयारीमा लागेका हृदयेशमा सद्भावना पार्टीप्रति कुनै मायामोह देखिएन। देखिएको भए महाधिवेशनमा फेस गर्नुपर्थ्यो। त्यसरी भाग्ने होइन। मधेसलाई एकताबद्ध हुन नदिने षड्यन्त्रमा लाग्नुभएको छ।
Q.
पार्टीको नाम नेपाल सद्भावना पार्टी आनन्दीदेवी छ, तपाईं आनन्दीदेवीलाई नै अध्यक्ष हटाउँदै हुनुहुुन्छ किन?
A.
पार्टीको नाम संस्थाको नाम हो, पार्टीको नाम वैधानिक नाम हो। त्यसैले पार्टीको नाम आफ्नो ठाउँमा छ। नाम जे रहे पनि पार्टी हितविपरीत गर्ने अध्यक्ष होस् वा साधारण सदस्य जसलाई पनि पार्टीले कारबाही गर्न सक्छ। यो महाधिवेशन प्रतिनिधिको अधिकारको कुरा हो। उनीहरुले नै निर्णय गर्छन्। उनीहरुले नै नेतृत्व छान्छन्।
Q.
तपाईंको पार्टीमा दरबारियाहरु घुसेकै हुन् त?
A.
दरबारियाहरु घुसेर विगतमा पार्टी बरबाद भएको जगजाहेर छ। बद्री मण्डल त्यसको परिणाम हो। अरु पनि प्रतिगामी तत्वको चलखेल चलिरहेको छ।
Q.
सद्भावना पार्टी पटकपटक फुट्छ, जुट्छ अब के हुन्छ?
A.
कुनै पनि पार्टी विभाजन हुनु दुखद कुरा हो। यसका बाबजुद पार्टी मूल धारमा रहन्छ। लक्ष्य र उद्देश्यमा विचलित हुँदैन। गलत काम गर्नेहरु आफैं किनारा लाग्छन्।
Q.
वैधानिकतामा प्रश्न उठ्दैन?
A.
निर्वाचन आयोगलाई जानकारी गराइएको छ। वैधानिक हिसाबले भइरहेको छ। विधानतः कसैले यसलाई चुनौती दिन सक्दैन।  
Q.
यो संविधानसभाको तयारी नै हो त?
A.
यो महाधिवेशन संविधानसभा निर्वाचनको प्रचारात्मक प्रारम्भ हो।
Q.
मंसिर ६ मा चुनाव होला?
A.
हामी समयमा नै हुन्छ भनेर लागेका हौं। मधेसवादी शक्तिसित तालमेल गरेर हामी अघि बढ्छौं।
Q.
पार्टी राजतन्त्रमा लाग्छ कि गणतन्त्रमा?
A.
लोकतान्त्रिक संघीय गणतन्त्र।
Q.
संसद्बाट गणतन्त्र घोषणा होला?
A.
यो व्यवस्थापिका संसद्को कार्यक्षेत्रभित्रको कुरा हो।
Q.
तपाइं आपूर्ति मन्त्री हुनुहुन्छ तर तेलको हाहाकार छ नि?
A.
यो दुखद हो। यसको स्थायी समाधान मूल्य समायोजन हो। तर, मूल्य समायोजन गर्दा कसैले संविधानसभा बिथोल्ने माध्यम नबनाओस्।
Q.
श्यामसुन्दर गुप्तालाई मन्त्री बनाउन पठाउने कुरा भएको छ नि?
A.
यसको कुनै अर्थ छैन। उहाँले कसैको प्रभावमा त्यस्तो गर्नुभएको होला। तर, व्यक्तिगत मनोमानी पार्टीम्ाा चल्दैन। दुई दुई महिनामा मन्त्री फेर्नुले पार्टीको प्रतिष्ठामा आँच पुर्‍याउँछ। सरकारमा व्यक्ति हैन, पार्टी छ। पार्टीले भनेको खण्डमा म एक मिनेट पनि बस्दिन। पार्टी निर्णय सबैले मान्नुपर्छ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.