ऋषि धमला with माधवकुमार नेपाल
सात दलबीच नयाँ सहमति बन्छ :
माधवकुमार नेपाल, एमाले महासचिव
Q.
सात दलको बैठकमा के कुरा भयो?
A.
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, माओवादी अध्यक्ष प्रचण्ड र म बसेर मंसिर ६ को संविधानसभाको निर्वाचनमा माओवादीलाई सहभागी गराउनेबारेमा व्यापक छलफल भएको छ। हामी सहमतिका नजिक पुगेका छौं। सात दलको बैठकमा पनि संविधानसभाको निर्वाचन समयमै सम्पन्न गराउनुपर्छ भन्नेमा प्रधानमन्त्री कोइरालाले आफ्नो दृष्टिकोण राख्नुभएको छ। बैठक सौहार्दपूर्ण रुपमा टुंगिएको छ। बैठकले पाँच दिन निर्वाचन कार्यतालिका र्सार्न सहमति जुटाएको छ ।
Q.
० सात दलबीच कसरी सहमति जुट्छ?
A.
सहमति नजुटाई सुखै छैन। सहमति अनिवार्य र अपरिहार्य छ। मलाई लाग्छ १२ बुँदे समझदारीदेखि सुरु भएको माओवादी र अरु दलबीचको सहकार्य कुनै पनि हालतमा टुट्दैन।
Q.
माओवादीले अघि सारेका मागहरु पुरा नभई त चुनाव हुन सक्दैन नि?
A.
माअेावादीले अघि सारेका २२ बुँदे मागका बारेमा दलहरुबीच व्यापक छलफल भएको छ। संसद्बाटै तत्काल गणतन्त्र घोषणा गर्ने र समानुपातिक निर्वाचन प्रणालीबाहेक अरु मागमा सहमति भइसकेको छ। यी दुई मागका बारेमा भने छलफल चलिरहेको छ।
Q.
संसद्बाट गणतन्त्र घोषणा गर्न के आपत्ति छ?
A.
एमालेलाई संसद्बाटै गणतन्त्र घोषणा गर्न कुनै आपत्ति छैन, तर पहिला आठ दलको बीचमा एउटा सहमति बनिसकेको छ। संविधानसभाको पहिलो बैठकले नै राजसंस्थाको बारेमा टुंगो लगाउने निर्णय भइसकेको कारणले यसलाई नै मुद्दा बनाएर संविधानसभाको चुनाव कसैले कुनै बहाना पछि सार्ने वा हुन नदिने रणनीति बनाउनुहुँदैन। हामीले पहिला जनमत सँग्रहबाट राजतन्त्रको टुंगो लगाउनुपर्छ भन्दा विरोध गर्ने अहिले चुनावको मुखमा आएर किन अड्को थाप्ने? हामीले पूर्ण समानुपातिक निर्वाचनको कुरा उठाँउदा अस्वीकार गर्ने अहिले आएर संविधानसभाको मुखमा किन हलो अड्काउने काम गर्ने। सहमति हुनै पर्छ चुनावबाट कोही पनि भाग्न मिल्दैन।
Q.
चुनाव होला मंसिर ६ गते?
A.
एकदम हुन्छ हुनैपर्छ यसको विकल्प छैन।
Q.
चुनाव सार्न सकिँदैन?
A.
चुनाव सार्नु भनेको संवैधानिक संकट निम्तिनु र दलहरुप्रति फेरि जनतामा अविश्वास बढ्नु हो। अहिले जनमत चुनावको पक्षमा छ। राष्ट्रिय अन्तर्राष्ट्रिय समुदाय सबै मंसिर ६ गते नै संविधानसभाको चुनाव हुनुपर्छ भन्ने पक्षमा छ। २०६२/६३ सालको जनआन्दोलनको भावनालाई सफल पार्न पनि चुनाव गर्नैपर्छ।
Q.
माग पूरा नभए माओवादीले चुनाव हुन दिन्न भनेको छ नि?
A.
माओवादीले त्यो माग तत्काल छोडेर चुनावमा जानै पर्छ। चुनावबाट भाग्नु माओवादीका लागि कुनै पनि किसिमले हितकर छैन। हामी माओवादीलाई चुनावमा सँगै लिएर जान्छौं।
Q.
बैठकले निकास निकाल्छ?
A.
म पूर्ण आशावादी छु। बैठकले निकास निकाल्छ। सात दलबीचमा एउटा नयाँ सहमति बन्छ।
Q.
सिटको भागबन्डाको सहमति हो?
A.
माओवादीलाई केही सिट दिनुपर्छ भन्ने बारेमा पनि छलफल भएको छ। त्यो पनि एउटा समझदारीको पाटो हो।
Q.
माओवादीलाई कति सिट दिने सहमति भएको छ?
A.
माओवादीलाई कति सिट दिने भन्ने बारेमा अहिले म केही बताउन चाहन्नँ। तर, त्यसको बारेमा छलफल भएको छ।
Q.
एमाले र माओवादीको त आमनेसामने देखिएको छ नि?
A.
माओवादीको रबैया ठीक छैन। माओवादीका कार्यकर्ताले एमालेमाथि जसरी आइलागेको छ, त्यसको हामी कडा रुपमा प्रतिवाद गर्दछौं। यो गैर जिम्मेवारी र अराजनीतिक गतिविधि उनीहरुले तत्काल रोक्नुपर्छ। प्रचण्डजीसँग मैले धेरैपटक कुरा गरेको छु। प्रचण्डजीको नियन्त्रणमा माओवादी कार्यकर्ता छैनन्। यो कुरा गम्भीर रुपमा उठेको छ। प्रचण्डले पार्टीको कार्यकर्तालाई किन नियन्त्रणमा राख्न सक्दैनन्? हामी ससंकित भएका छौं। यस्तो खालका घटना भइरहेमा एमाले चुप लागेर बस्दैन।
Q.
सात दलको एकता कायमै रहला?
A.
सात दलको एकता कायम रहनुपर्छ यसको विकल्प छैन। अझ यसलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्छ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस