ऋषि धमला with सूर्यबहादुर थापा
भारतलाई राजाको के मतलब - सूर्यबहादुर थापा
Q. तपाईंको श्यामशरणसँग के कुराकानी भयो ?
A. श्यामशरणसँग संविधानसभाको निर्वाचनको चुनाव सरेको बारेमा विशेष कुराकानी भयो। चुनाव सारेपछि भारत निकै चिन्तित भएको मैले पाएँ। चुनाव सार्नु हुँदैनथ्यो भन्ने भारतको दृष्टिकोण रहेछ।
Q. मंसिर ६ मै चुनाव गराउने पक्षमा भारत रैछ ?
A. तोकिएको समयमै चुनाव हुनुपर्छ त्यसको विकल्प थिएन भन्ने भारतको ठम्याइ रहेछ। चुनावले नै समस्याको समाधान गर्छ भन्ने भारतको चाहना रहेछ।
Q. श्यामशरण अहिले किन नेपाल आएका रहेछन् ?
A. यहाको वास्तविकता बुझ्न र चुनावको मिति चाँडै तय होस् भन्ने सद्भाव लिएर आएका हुन्।
Q. गणतन्त्र घोषणालाई बल पुर्याउन आएको भन्ने चर्चा छ नि ?
A. अर्काको देशमा गणतान्त्रिक, लोकतान्त्रिक, के तान्त्रिक हुन्छ भन्ने कुरा भारतले आएर यसो गर, उसो गर भन्दै भन्दैन। भारतजस्तो त्यस्तो परिपक्व ठूलो प्रजातान्त्रिक देशले छिमेकी राष्ट्रमा आएर गणतन्त्र घोषण गर या नगर भन्दै भन्दैन।
Q. संसद्बाट गणतन्त्र घोषणा गर भन्ने भारतको दृष्टिकोण हो या होइन ?
A. भारतले संसद्बाट घोषणा गर भनेको पनि छैन। उसले भन्दा पनि भन्दैन। गणतन्त्रको एजेन्डा लिएर श्यामशरण आएकै होइन। गणतन्त्रको बारेमा त्यति हाम्रो कुराकानी नै भएन।
Q. श्यामशरण के कोसेली लिएर आएका रहेछन् ?
A. नेपालबारे भारतलाई चासो छ। चुनाव हुन नसकेकोमा धेरै दुखित र चिन्तित छन्। चुनाव सम्पन्न होस् नेपाली जनताको दिगो शान्तिको चाहना पूरा होस् र सात दल बीचको एकता कायम होस् भन्ने भारतको मनसाय रहेको छ।
Q. अर्को चुनावको मिति तय गर्न भारतको दबाब हो ?
A. अर्को चुनावको मिति छिटो तय गर्नुपर्छ भन्ने नै भारतको दबाब छ। चुनाव चाँडो हुनुपर्छ र यसबाटै समस्याको समाधान हुनुपर्छ। दुईपटक चुनाव सार्दा फेरि चुनाव हुँदैन भन्ने डर त हुन्छ नि।
Q. श्यामशरणको परामर्शले निकास देला कि राजनीतिक मुठभेड निम्त्याउला ?
A. श्यामशरण मुठभेड निम्त्याउन पनि आएको होइन। भारतको त्यो चाहना छँदा पनि छैन। एकता र सहमतिमै दलहरु अगाडि बढून् भन्ने भारतको चाहना छ।
Q. सात दललाई विभाजन ल्याउन आएको त होइन ?
A. सात दलको गठबन्धनलाई फुटाउन होइन, जुटाउन र एकताबद्ध भएर अगाडि बढोस् भन्न चाहन्छ।
Q. नेपालको समस्या समाधान गर्न नेपाली आफैं सक्षम देखिएन नि ?
A. नेपालीहरु आफ्नो देशको समस्या आफैं समाधान गर्न सक्षम छन् र भारतको सद्भाव भए पुग्छ।
Q. संसद्को विशेष अधिवेशन चलिरहेको बेला किन आए त ?
A. संसद्को विशेष अधिवेशन भारतलाई कुनै मतलब छैन। चुनाव निश्चित भएको मुलुकमा हताहत नहुने भन्ने थाहा पाएपछि यहाँको स्थिति के रहेछ भनेर बुझ्न आएको छ।
Q. सात दलबीच कुरा मिल्ला त ?
A. अब यो कुरा त सात दलका नेतालाई नै सोध्नुपर्छ। उनीहरुले कुरा मिलाउनुपर्छ मैले जान्ने कुरा होइन।
Q. संसदबाट गणतन्त्र घोषणा हुनुपर्छ या पर्दैन ?
A. संसदबाट घोषणा गर्नु वैधानिक र कानुनी रुपमा पनि मान्य हुदैन। संविधानसभाको निर्वाचन पछिको पहिलो बैठकले नै निर्णय गर्दछ। संसद्मा प्रस्ताव आएर छलफल सुरु भएको छ। के गर्ने भन्ने त दलहरुले निर्णय गर्लान् नि
Q. तपाईंको भित्री चाहनाचाहिं के हो ?
A. अन्तरिम संविधान र शान्ति सम्झौतामा जे लेखिएको सोहीअनुरुप चल्नुपर्छ भन्ने मेरो मान्यता हो। त्योभन्दा बाहिर गएर निर्णय परिवर्तन गर्न दलहरुको कुनै अधिकार छैन।
Q. कांग्रेससग कुराकानी भइरहेको होला नि ?
A. कांग्रेसको कुनै पनि नेतासँग मेरो केही कुराकानी पनि भएको छैन। गिरिजाबाबुसग पनि मेरो अहिले भेटघाट भएको छैन।
Q. प्रचण्डसँग नि ?
A. प्रचण्डसँग कुरा गर्ने योजना अथवा आवश्यकता पनि छैन।
Q. राजाको आयु सिद्धियो कि लम्बियो ?
A. यो कुरा नेपाली जनतालाई सोध्नुपर्छ। नेपाली जनताले मात्र भविष्यबाणी गर्न सक्छन्।
Q राजा बचाउन भारत चाहन्छ कि चाहँदैन ?
A.यस्तो नचाहिंदो कुरा भारतलाई के मतलब। भारत पनि नेपाली जनताले जे निर्णय गर्छ, उसलाई नै मान्यता दिन्छ। भारतले बारम्बार भनिरहेको छ नेपाली जनता जे चाहन्छन्, त्यो हामीलाई स्वीकार्य छ। ००
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस