REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
ऋषि धमला with  श्यामशरण

श्यामशरण भन्नुहुन्छ– प्रचण्डले लचकता अपनाउनुहुनेछ - नेपालको जारी राजनीतिक संकटमोचनका लागि यसै साता भारतीय पूर्व विदेश सचिव एवं भारतीय प्रधानमन्त्रीका विशेष दूत श्यामशरण नेपाल भ्रमणमा आए। बाह्र बुँदे समझदारी, बृहत् शान्ति सझौता र अन्तरिम सरकार गठनसम्मको शान्ति प्रकृयामा प्रत्यक्ष संलग्न रहेका, नेपाललाई नजिकबाट बुझेका, नेपाली नेताहरूसँग घनिष्ठ र आत्मीय सम्बन्ध भएका श्यामशरणको नेपाल भ्रमणको खास उद्देश्य के हो त? किन उनले संसदबाट गणतन्त्र घोषणाको माग उचित नभएको बताए? प्रस्तुत छ– सफल कूटनीतिज्ञ श्यामशरणसँग ऋषि धमलाले गरेको विशेष कुराकानी:
Q.
तपाइं नेपाल किन आउनुभयो?
A.
नेपालको शान्ति प्रकृयाको महत्त्वपूर्ण आधार बनेको संविधानसभा निर्वाचन मंसिर ६ गते हुन नसक्ने परिस्थिति उत्पन्न भएपछि हामीलाई के लाग्यो भने नेपालको राजनीतिक गतिरोध निकै जटिल अवस्थामा पुगेको छ। नेपालका प्रधानमन्त्री र प्रमुख नेताहरूसँग भेटेर सबैको दृष्टिकोण बुझ्न प्रधानमन्त्री मनमोहन सिंहको विशेष दूतका रूपमा आएको हुँ।
Q.
नेपालका शीर्ष नेताहरूको दृष्टिकोण कस्तो पाउनुभयो त?
A.
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्ड (पुष्पकमल दाहाल), पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, राप्रपा अध्यक्ष पशुपति शमशेर राणालगायतका नेताहरूसँग मेरो कुराकानी गम्भीर र निकै सकारात्मक रह्यो। शान्ति प्रकृया निरन्तर जारी रहने कुरामा म आशावादी छु। हामी चाहन्छौं– नेपालमा संविधानसभा निर्वाचन छिटोभन्दा छिटो होस्। त्यसका लागि निर्वाचनको नयाँ मिति तोक्न ढिलाइ गर्नुहँुदैन भनेर मैले नेपाली नेताहरूलाई भनेको छु। नयाँ नेपालको निर्माण गर्ने हरेक महत्त्वपूर्ण निर्णयका लागि जनताको मत अनिवार्य छ। जनमतबाटै हरेक फैसला गर्ने मान्यतामा नेपालका नेताहरू सकारात्मक र छिटोभन्दा छिटो निर्वाचन गराउने पक्षमा हुनुहुन्छ।
Q.
प्रधानमन्त्री कोइरालासँग दुई–दुई पटक भएको भेटमा के–के कुरा भए?
A.
शान्ति प्रकृया बिथोलिने हो कि भन्ने चिन्ता उहाँमा देखिन्छ। बाह्र बुँदे समझदारीदेखि हालसम्म निकै गहन भूमिकाका साथ माओवादीलाई शान्तिपूर्ण प्रतिस्पर्धाको मूलधारमा ल्याउन सफल हुनुभएका कोइराला बृहत् शान्ति सम्झौतालाई निष्कर्षमा पुर्‍याएरै छाड्ने अडानमा दृढ हुनुहुन्छ। संविधानसभा आफ्नो भीष्मप्रतिज्ञा नै भएकाले निर्वाचन गराएरै छाड्ने दृढता पनि उहाँले मसँग व्यक्त गर्नुभएको छ। तर माओवादीलाई मूलधारबाट अलग गराएर हुने निर्वाचनको पक्षमा पनी उहाँ हुनुहुन्न।
Q.
प्रधानमन्त्रीको धारणासँग तपाईं सहमत हुनुहुन्छ?
A.
निर्वाचनप्रति प्रधानमन्त्रीको जुन दृढता छ, हाम्रो धारणा पनि त्यही हो। म प्रधानमन्त्रीको धारणासँग सहमत छु। लोकतान्त्रिक विधि र पद्धति नै सर्वस्वीकार्य हुनुपर्छ। निर्वाचनको अब विकल्प छैन।
Q.
माओवादी अध्यक्ष प्रचण्डसँग के–के कुराकानी भयो त?
A.
प्रचण्ड (पुष्पकमल दाहाल) पनि शान्ति प्रकृया र निर्वाचनबाट भाग्ने मनस्थितिमा रहेको मेलै पाइनँ। उहाँहरूका केही बाध्यता र जटिलताहरू होलान्। एउटा हतियार बोकेको शक्ति शान्तिपूर्ण मूलधारमा आउँदा जटिलताहरू उत्पन्न हुनु स्वाभाविकै हो। तर हामीले नेपाली जनतालाई केन्द्रमा राखेर हेर्‍यौं भने ती जटिलताहरू स्वतः हट्न सक्छन्। अहिले सवैमा केही लचकताको आवश्यकता छ। मैले प्रचण्डजीलाई पनि केही लचकतापूर्वक प्रस्तुत हुनुपर्छ भनेको छु उहाँसंगको कुराकानी पनि सकारात्मक भएको छ।
Q.
निकासको उपयुक्त विकल्प के हो त?
A.
अब यो त हामीले भन्ने कुरा भएन। नेपाली राजनीतिक दल र जनता आफैले निर्धारण गर्ने विषय हो। नेपालको समस्या नेपालीले नै मिलेर समाधान गर्नुपर्छ भन्ने भारतको चाहना हो। संविधानसभालाई केन्द्रमा राखेर अन्य विषयहरूमा सबैले लचकता प्रदर्शन गरेमा निकासको उपयुक्त विकल्प प्राप्त हुन सक्छ।
Q.
संसदबाट गणतन्त्र घोषणा गरेर जान सकिँदैन?
A.
यो पनि सात दलको सहमतिमा भर पर्छ। जे निर्णय गरे पनि सात दलको सहमतिमा गर्नुपर्छ भन्ने हाम्रो आग्रह हो। सात दलको एकता टुट्नु हँुदैन। तर गणतन्त्रको बारेमा हाम्रो स्पष्ट मान्यता के हो भने त्यसको निर्णय गर्ने अधिकार जनतालाई दिनुपर्छ। गणतन्त्रजस्तो गहन र ऐतिहासिक निर्णय संसदबाट गर्दा वैधानिकताको पनि प्रश्न उठ्न सक्छ। यतिका वर्षसम्म हामीले पर्खियौं भने गणतन्त्र घोषणा गर्ने वा नगर्ने भन्ने बारेमा निर्वाचनको विधिलाई अब किन नपर्खिने? संविधानसभाबाटै यसको टुंगो लगाउँदा राष्ट्रिय–अन्तर्राष्ट्रिय वैधता पाउने छ।
Q.
संसदबाट गणतन्त्र घोषणा नभएमा माओवादीले सरकार नै ढाल्ने कुरो गरिरहेको छ नि?
A.
यसबारेमा म धेरै टिप्पणी गर्न चाहन्न। म के कुरामा विश्वस्त छु भने संसदको विशेष अधिवेशनमै सबै कुरा सहमतिपूर्वक समाधान हुनेछ। विशेष अधिवेशनलाई सहमतिको अधिवेशन बनाउने, लोकतान्त्रिक शक्तिहरूको एकता मजबुत पार्ने र मुठभेडको सम्भावनालाई निर्मूल पार्ने दिशामा नेपालका दलहरू सफल र सक्षम हुनेछन् भन्ने मलाई विश्वास छ।
Q.
तर प्रचण्डसँगको भेटमा त तपार्इंले गणतन्त्र र समानुपातिक निर्वाचन प्रणालीको अडान छाड्न सुझाव दिनुभएको छ भनिन्छ नि?
A.
मैले नेपालका नेताहरूलाई समाधानका लागि यही नै गर्नुपर्छ भनेर भन्न मिल्दैन। शान्ति प्रकृया जारी रहनुपर्छ, निर्वाचनको अन्यौल समाप्त हुनुपर्छ र सात दलको एकता मजबुत हुनुपर्छ भन्ने सुझाव दिएको छु। गणतन्त्रको विषयमा भने जनतालाई निर्णय गर्ने अधिकार दिनुपर्छ भनेर मैले स्पष्ट भनेको छु। जहाँसम्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रश्न छ, त्यसमा दलहरू समझदारीमा आउनुपर्छ भनेर भनेको छु।
Q.
नेपालको आन्तरिक समस्या समाधानका लागि तपार्इंले के बुटी ल्याउनुभएको थियो त?
A.
मैले अघि पनि भनें– हामीले समाधान गर्ने हैन, सुझाव मात्र दिने हो। समाधान खोज्ने काम नेपालका दलहरूको हो। जहाँसम्म समाधानको उपायको कुरा छ, मैले स्पष्ट पारिसकेको छु– संविधानसभालाई केन्द्रबिन्दु बनाएर लचकताका साथ समाधान खोज्नुपर्छ।
Q.
मधेसको समस्या समाधान गर्न तपाईंको सुझाव के रह्यो?
A.
मधेसका राजनीतिक मागहरू पूरा गर्न वार्ता आवश्यक छ। तर, गैर राजनीतिक मागहरू पूरा गर्न सकिँदैन। सीमामा आपराधिक गतिविधि रोक्न दुवै देश मिलेर एउटा बलियो संयन्त्र बनाउनुपर्छ। सुरक्षा व्यवस्था मजबुत पार्नुपर्छ। मधेसमा सुरक्षाको अवस्था सुदृढ गर्नेबारेमा दुवै देशको संयुक्त पहल आवश्यक छ। यसबारेमा मैले भारत सरकारसँग कुरा राख्नेछु। मधेसको समस्या जतिसक्दो चाँडो समाधान हुनुपर्छ भन्ने भारतको चाहना छ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.