REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
ऋषि धमला with  विपना थापा

चर्चित नायिका विपना थापासित तिहारको तयारी, विवाह, सेक्स अनि राजनीतिक विषयमा गरिएको कुराकानी
Q.
विपनाजी हालखबर के छ ?
A.
ठीकै छ, रुघाखोकीले अलि अस्वस्थ छु ।
Q.
तिहार कसरी मनाउँदै हुनुहुन्छ ?
A.
एकदमै मज्जासित मनाउने विचारमा छु । दाजुभाइ, दिदीबहिनीसित बसेर तिहार मनाउँछौं । घरमा आमाले हालेको सेलरोटी खान्छौं । तिहार अति रमाइलो लाग्छ । यो मेरो सबैभन्दा प्रिय चाड हो ।
Q.
तास पनि खेल्नुहुन्छ होला नि ?
A.
खेल्छु, किन नखेल्ने ? तासको मजा नै अर्को हुन्छ ।
Q.
कुन खेल मनपर्छ ?
A.
मलाई मनपर्ने म्यारिज, किटी, जुटपत्ती र फरास हो ।
Q.
कौडा पनि हान्नुहुन्छ ?
A.
परिवारमा बसेर हामी सबै खेल खेल्छौं । क्यासिनोमा गएर खेल्दैनौं । सबैजसो खेलेर मजा लिन्छौं ।
Q.
क्यासिनो साँच्चै जानुहुन्न त ?
A.
क्यासिनोमा गएर जुवा खेलेको छैन ।
Q.
तिहारमा अरु के के गर्नुहुन्छ ?
A.
लक्ष्मीको पूजा गर्छु, आफन्तसित भेट्छु । साथीभाइलाई बोलाउँछु ।
Q.
मंसिर लाग्दैछ, विवाहको तयारी के छ ?
A.
जन्म, विवाह र मृत्युको बारेमा भविष्यवाणी गर्न गाह्रो छ । तर, विवाहको दबाब धेरै परेको छ ।
Q.
कहिले हुन्छ त विवाह ?
A.
विवाह त म गरिहाल्छु । मितिचाहिँ अहिले नै नभनौं ।
Q.
केटा खोजिसक्नुभयो ?
A.
अहिले म त्यो कुरा भन्दिन । मन पराउने धेरै छन् । प्रस्ताव धेरैले राखेका छन् । तर, निर्ण्र्ाागरिसकेको छैन ।
Q.
कस्तो केटा खोज्नुभयो त ?
A.
एकदम ह्याण्डसम, मायालु अनि समझदार केटा र चलचित्र क्षेत्रलाई धेरै मन पराउने ।
Q.
त्यो केटा को हो त - नाम भन्नुस् न ?
A.
नाम नभनौं । विवाहमा तपाईंलाई बोलाइहाल्छु नि । तर, म निष्कर्षा नपुगे पनि मैले एउटा केटा मन पराएको छु । उसको बानीबेहोरा राम्रो छ ।
Q.
विदेशी हो कि स्वदेशी ?
A.
जहाँसुकैको होस् । जुनसुकै देशको भए पनि मलाई मनपर्छ भने जोसित पनि विवाह गर्न सकिन्छ ।
Q.
प्रेम विवाह कि मागी विवाह ?
A.
फिप्टी, फिप्टी । प्रेम विवाह पनि हुन सक्छ, प्रेमपछि मागी विवाह पनि हुन सक्छ । तर, पारिवारिक सहमतिमा विवाह हुन्छ ।
Q.
सेक्सलाई कसरी हेर्नुहुन्छ ?
A.
सेक्स एकदम आवश्यक छ । तर, सेक्सलाई त्यति ठूलो मुद्दा बनाउनु हुँदैन ।
Q.
सेक्स विवाहअघि कि विवाहपछि ?
A.
समझदारी भयो भने, विवाहअघिको सेक्सलाई पनि म आपत्ति मान्दिन । तर, सेक्स मर्यादित हुनु आवश्यक छ ।
Q.
भनेपछि विवाहअघि नै सेक्सको अनुभव लिइसक्नुभएछ होइन ?
A.
यस्तो कुरा नगर्नुस् । विवाहअघि को कोसित सेक्स भयो वा भएन भन्ने कुरा सबै तपाईंलाई बताउन चाहन्न । तपाईं त्यस्तो प्रश्न नसोध्नोस् ।
Q.
भन्नुस् न अहिलेसम्म कसैसित सेक्स भयो कि भएन ?
A.
मेरो को सित सेक्स भयो भएन, यो कसैको सरोकारको विषय होइन । म सेक्सलाई हलुका रुपमा लिन चाहन्न । म समझदारीमा विश्वास गर्छ, अहिलेको समाजमा सेक्सलाई गलत रुपमा प्रचार गर्नुहुँदैन । समाजमा यौन शिक्षा आवश्यक छ ।
Q.
राजनीति कस्तो लागिरहेको छ ?
A.
राजनीतिको बारेमा तपाईंलाई जति मलाई थाहा छैन । जुन रुपमा अघि बढ्नुपथ्र्यो, त्यति भएको छैन । जनआन्दोलनको मर्म र भावनाअनुसार काम भएको छैन ।
Q.
गणतन्त्र त आउने भयो होइन ?
A.
म गणतन्त्रवादी हुँ । गणतन्त्रको विकल्प छैन । अव गणतन्त्रलाई कसैले छेक्न सक्दैन ।
Q.
तपाईंलाई मनपर्ने नेता को हो ?
A.
गिरिजाप्रसाद कोइराला र प्रचण्ड मलाई मनपर्छ ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.