REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
ऋषि धमला with  जिमी कार्टर

पूव राष्ट्रपति कार्टर भन्नुहुन्छ, "कोइरालाकै नेतृत्वमा संविधानसभाको चुनाव हुन्छ ।" ६ महिनामा दुइपटक नेपाल आएका अमेरिकी पर्ूर््व राष्ट्रपति जिमी कार्टरले जाँदाजाँदै विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्न आप\mनो रोडम्याप र्सार्वजनिक गरेका छन् । संसदबाट गणतन्त्रको संकल्प प्रस्ताव पारित गरी संविधानसभाबाट अनुमोदन गराउने र एम एम पी आर निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने कार्टरको धारणा छ । त्यसअनुसार ४ सय ८० सिटमध्ये ७० प्रतिशत समानूपातिक र ३० प्रतिशत व्यक्तिगत रुपमा चुनाव लड्न पाउने छन् । यसै वर्षभत्र संविधानसभा निर्वाचन गराउन अन्तर्रर्ााट्रय दबाब सिर्जना गरेका नेपालका हितैषी कार्टरको आप\mलो दोस्रो नेपाल यात्रा र्सार्थक भएको छ । "प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपालमा संविधानसभा निर्वाचन हुने कुरामा म पर्ूण्ा विश्वस्त छु," कार्टरले रिपोर्र्टर्स नेपाल डट कमका लागि संक्षिप्त कुरा गर्दै भने, "मलाई लाग्छ, अहिलेको राजनीतिक गतिरोध १३ गतेअघि नै अन्त्य हुने छ र यसै वर्षभत्र चुनाव हुन्छ ।" नेपालमा लोकतन्त्रको भविष्य उज्ज्वल देख्ने कार्टरले दलहरुबीच सहमतिको बाटो पहिल्याउन घच्घचाएका छन् । लोकतान्त्रिक गणतन्त्रमा जानका लागि निश्चित विधि र प्रक्रियामा जोड दिएका छन् उनले । "त्यसो भए मात्र अन्तर्रर्ााट्रय समुदायले स्वीकार गर्छ," उनको भनाइ थियो । कार्टरले प्रधानमन्त्री कोइरालासित दर्ुइपटक र माओवादी अध्यक्ष प्रचण्डसित एकपटक भेट र अर्कोपटक टेलिफोनमा कुराकानी गरे । "प्रचण्डसितको कुराकानी निकै सौहार्द रह्यो । मैले उनीसित धेरै प्रश्नहरु राखेँ । उनले सहज रुपमा उत्तर दिए," नोवल पुरस्कार विजेता कार्टरले प्रफुल्ल मुद्रामा भने, "माओवादी गल्ती सुधार्न र चुनावमा जान चाहन्छ ।" आफूले वाइसिएलको गतिविधिबारेमा पनि माओवादी अध्यक्षलाई सोधेको उनको भनाइ थियो । नेपालको शान्ति सुरक्षाको अवस्थाबारे चिन्तित कार्टरले मधेसका सुरक्षाकर्मीलाई काठमाडौंको सहयोग नपाएको गुनासो भेटेको बताए । सुरक्षा स्थितिमा कडाइ गरिनुपर्ने उनको भनाइ थियो । अमेरिका र माओवादीको सम्बन्धबारे सोधिएको प्रश्नमा उनले भने, "अमेरिका माओवादीसित सम्बन्ध सुधार्न चाहन्छ । राजदूत नान्सी पावेल पनि अनौपचारिक कुराकानी र चिठीपत्र आदानप्रदान भएको छ । अव छिटै औपचारिक सम्बन्ध बन्न सक्छ, माओवादीसित सम्बन्ध सुधार्दा अमेरिकालाई नराम्रो हुँदैन ।" शनिबार बिहान प्रधानमन्त्री कोइरालासितको दोस्रो भेटको प्रारम्भमा कार्टरले भने, "प्रधानमन्त्रीज्यू, पहिलोपटक नेपाल आउँदा मैले तपाईंलाई लोकतन्त्रको हिरो भनेको थिएँ । तपाईं मेरो अभिन्न मित्र हुनुहुन्छ, गणतन्त्र र पर्ूण्ा समानुपातिकको बीचको बाटो मसित छ ।" प्रधानमन्त्रीले कार्टरको प्रस्तावबारे माओवादीसित राख्ने बताए । कोइरालाको भनाइ थियो, "तपाईंको प्रस्तावलाई म सम्मान गर्छर्ुु तर पर्ूण्ा समानुपातिकमा जानुहुन्न भन्नेमा म अझै अडि्ग छु । तर, त्यो मिलिहाले पनि अर्को अड्को थाप्छ माओवादीले ।" कार्टरले सात दलको नेता भएकाले कोइरालाले नै सहमति खोजेर तत्काल चुनावको मिति घोषणा गर्न सुझाव दिएका छन् । साथै उनले त्यसका निम्ति अमेरिकाले सक्दो सहयोग गर्ने आश्वासन दिए । माओवादी अध्यक्ष प्रचण्डसित पनि पटक पटक कुराकानी गर्नुभयो उनले । पछिल्लो समय माओवादीसितको सम्बन्ध सुधार भएको अनुभूति भएको उनको भनाइ थियो । प्रचण्डले बुस प्रशासनसित हात मिलाउन चाहेको आफूले पाएको उनले बताए । प्रचण्डको भनाइ उद्धृत गर्दै कार्टरले भने, "हामी तपाईंमार्फत सम्बन्ध सुधार्र्छौ । हामी हाम्रा गल्ती सच्चाउँछौ्र ।" तर, र्फकने बेला उनले वाइसिएलको हिंसात्मक गतिविध्रि्रति गहिरो चिन्ता गरे । नेपाल यात्रामा कार्टरले प्रधानमन्त्री कोइराला, माओवादी अध्यक्ष प्रचण्डका साथै, एमाले महासचिव माधवकुमार नेपाल, पर्ूव प्रधानमन्त्री शेरबहादुर देउवा, नागरिक समाज, नेताहरु, युरोपेली संघका राजदूतहरु, भारतीय राजदूत शिवशंकर मुखर्जी, निर्वाचन आयोगका पदाधिकारीसित भेटेका थिए । प्रधानसेनापति रुक्मांगत कटवालसित भेट्दै उनले सेनाको लोकतन्त्रप्रति प्रतिबद्धताको सराहना गरेका थिए । त्यस्तै उनले अनमिनको भूमिकाको प्रशंसा गर्दै उसको भूमिका थपिने आशा व्यक्त गरे । चुनाव स्थगित भएको प्रसंगले निकै पिरोलेको रहेछ कार्टरलाई । 'आजको दिन ऐतिहासिक हुनेथियो,' कार्टरले प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलसित भने, "विगतबाट सिकेर दलहरु स्थगन नहुनेगरी चुनावको मिति तोक्न अगाडि बढ्छन् भन्ने आशा राखेको छु ।"
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.