REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
ऋषि धमला with  सुशील कोइराला

कांग्रेसलाई एम्बुसमा पार्न खोजिदैछ : सुशील कोइराला, कार्यवाहक सभापति, नेपाली कांग्रेस
Q.
सात दल किन अनिर्णयको बन्दी भइरहेको छ?
A.
कहाँ अनिर्णयको बन्दी भएको छ र ? कुराकानी चलिरहेको छ र सहमतिका लागि घनीभूत छलफल भइरहेको छ। सहमतिका लागि नै सात दलको बैठक पनि स्थगन गरिएको छ। अहिलेसम्मका कामहरु सहमतिकै आधारमा भइरहेको छ।
Q.
सहमतिमा चाहिं कहिले पुग्नुहुन्छ त?
A.
जुन सहमति भएको थियो, त्यसलाई विशेष अधिवेशनमा माओवादीले आह्वान गरेपछि त्यसमा केही अप्ठेराहरु आए। अहिले त्यही सहमतिमा पुग्नका लागि कोसिस भइरहेको छ। एउटै हातले ताली बज्दैन।
Q.
माओवादी त गणतन्त्र घोषणा र पूर्ण समानुपातिकबाट पछाडि हट्दिन भन्छ नि?
A.
माओवादीले जे जे भन्छ, सबै गर्न मिल्ने भए त नेपाली कांग्रेस नै माओवादीमा विलय भए भइहाल्यो नि। कांग्रेसले जुन मुल्य मान्यता र आदर्श बोकेको छ, त्यसलाई धरापमा पार्न सकिंदैन।  जेका लागि आजसम्म संघर्षशील रह्यो, त्यसको निम्ति जुनसुकै मुल्य चुकाउन पनि कांग्रेस तयार छ। माओवादीले भनेजति माग पूर्ति गर्दै जाने हो कसरी सहमति हुन्छ र ? 
Q.
कांग्रेसको रणनीतिचाहिं के हो?
A.
हाम्रो गोप्य रणनीति केही छैन। हाम्रा भनाइ, विचार र अडानहरुलाई हामीले खुल्ला राखेका छौं। समस्या समाधानार्थ केको रणनीति बनाइरहनुपर्छ। व्यापक छलफल र सहमतिमा अन्तरिम संविधानमा गणतन्त्र र पूर्ण समानुपातिकको विषयमा सहमति भइसकेको विषयलाई अहिले माओवादीले फेरि सर्त राखेर अड्को थाप्न मिल्छ। 
Q.
कांग्रेसको अडानचाहिँ के हो स्पष्ट पार्नुस न?
A.
हाम्रो केही अडान छैन, माओवादीको अडानले कुरा बिग्रिरहेको छ। हामीले त सात दलकै सहमतिमा बनेको संविधानमा जे उल्लेख भएको छ, त्यहीअनुसार जाउँ भनेका छौं।  
Q.
तपाईंहरु संसद्बाट गणतन्त्र घोषणाको लागि तयार हुनुभएको हो?
A.
 कांग्रेसको पहिलेदेखिको जे भनाइ हो, त्यो अझै कायमै छ। कसले भन्यो हामीले हाम्रो पुरानो अडान छोड्यौं भनेर। 
Q.
बाहिर त कांग्रेस गणतन्त्र घोषणाको लागि तयार राजी छ भन्ने हल्ला नि?
A.
कौवाले कान लग्यो भनेर कौवाको पछि लाग्ने कि आफ्नो कान समात्ने। यो निराधार हल्ला हो। हामी अन्तरिम संसद्बाट गणतन्त्र घोषणाको पक्षमा छैनौं। 
Q.
गणतन्त्र घोषणामा कांग्रेसको धारणाचाहिं के हो?
A.
संविधानसभाको पहिलो वैठकबाट निर्णय गर्ने भनेर पहिल्यै सात दलबीच सहमति भएको हो। हामी त्यही सहमतिकै आधारमा अघि बढ्न चाहन्छौं। त्यो सहमतिलाई त कांग्रेस मात्र होइन, सबैले मान्नुपर्‍यो नि। 
Q.
संसद्को बहुमतले पारित गरेको प्रस्तावलाई कार्यान्वयन गर्ने पक्षमा कांग्रेस छ कि छैन?
A.
हामी त हाम्राे अडानमा दृढ छौ नि। नत्र त त्यही दिन सहमति भइहाल्थ्यो नि। 
Q.
पूर्ण समानुपातिकमा त कांग्रेस जाला नि?
A.
एकपटक भइसकेको निर्णयलाई कांग्रेस पुनर्विचार गर्ने पक्षमा छैन, त्यसैले काग्रेस पूर्ण समानुपातिकमा जान सक्दैन। तर माओवादीका अन्य मागका सम्बन्धमा छलफल गरेर सहमतिमा जान सकिन्छ। 
Q.
तपाईंहरुको अहिलेको पहिलो प्राथमिकता के हो?
A.
हामी तत्काल मिति तोकेर संविधानसभाको निर्वाचन ०६४ भित्र होस् भन्ने पक्षमा छौं। 
Q.
माओवादीविना पनि निर्वाचन सम्भव छ त?
A.
माओवादीले अब पनि चुनाव हुन दिएन वा चुनावमा जान चाहेन भने चुपचाप बस्न मिल्छ। त्यसैले माओवादी पनि चुनावबाट भाग्न मिल्दैन। उनीहरु चुनावमा सहभागी हुन्छौं भनिरहेका छन्। बुधवारै प्रचण्डले चुनावमा जान्छौं भनिसक्नुभएको छ। अब सरकार यथाशीघ्र निर्वाचनको मिति घोषणा गर्न अघि बढ्नुपर्छ। माओवादीले एकपछि अर्काे माग थप्दै अवरोध सिर्जना गर्नुहुन्न। 
Q.
अब सहमति बन्छ कि बन्दैन बताइदिनुहोस् न?
A.
यदि मुलुकप्रति हाम्रो प्रतिबद्धता हो भने सहमतिको विकल्प छैन। 
Q.
कांग्रेसका मन्त्रीहरुले केही गर्न सकेनन् भन्ने गुनासो आउन थाल्यो नि?
A.
कडाइका साथ शान्तिसुरक्षाको पालना गरेर जानुपर्छ। प्रभावकारी रुपमा काम गर्नुपर्‍यो जनताको पक्षमा। 
Q.
मन्त्रीहरु परिवर्तन गर्ने रणनीति छ कि छैन?
A.
हामीले प्रधानमन्त्रीलाई भनिसकेका छौं। अविलम्ब शान्तिसुरक्षा कडाइका साथ कायम गर्नु पर्‍यो भनेर। 
Q.
कायम गर्न सकेन भने मन्त्रीलाई सरकारबाट हटाउने योजना छ?
A.
हामीले जनता र कार्यकर्ताकै भावनाअनुसार सरकारले शान्तिसुरक्षा दिन सकेन भनेर प्रधानमन्त्रीकै अगाडि भनिसकेको छ। 
Q.
भनेपछि प्रधानमन्त्रीले मन्त्रीहरु हटाउनुहुन्छ?
A.
त्यो कुरा मलाई नसोध्नुहोस्। 
Q.
तपाईंले मन्त्रीको राजीनामा त मागिसक्नुभएको छ रे?
A.
त्यो फजुल र झुठ कुरा हो। 
Q.
माओवादीले सत्ताकब्जा गर्दैछ रे हो?
A.
त्यति सजिलै सत्ताकब्ज्ाा गर्न सक्छ। उनीहरुको तयारीबारे मलाई केही थाहा छैन। संसद्मा छन्, सरकारमा आए फेरि आउँदैछन्। 
Q.
माओवादीसँग भएको सहमति कार्यान्वयन भएको छ?
A.
कार्यान्वयन भएको छैन, यदि नगर्ने हो भने जनताबाट उनीहरु ठेगान लाग्नेछन्। कार्यान्वयन गर्नैपर्छ। 
Q.
मधेस समस्या समाधानका लागि सेना परिचालन गर्नुपर्ने स्थिति आएको हो?
A.
हाम्राे पहिलो प्रयत्न वार्ताद्वारा समस्या समाधान गरौं भन्ने हो। हिजो माओवादी पनि सशस्त्र युद्धमा थिए। अहिले राजनीतिक मूलधारमा आए भने भोलि मधेसको समस्या पनि वार्ताद्वारा समाधान गर्न सकिन्छ। 
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.